स्वकीय सचिव मृत्यु प्रकरणः प्रदेशका सहकारीमन्त्रीको राजीनामा माग

१५ फागुन, हेटौँडा । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्रीका स्वकीय सचिवको मृत्युको विषयलाई लिएर प्रदेशमा प्रतिपक्षीमा रहेका तीन दलले मन्त्रीको राजीनामा मागेका छन् । प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र तथा प्रतिपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानबिनका लागि सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

मन्त्री श्रेष्ठका स्वकीय सचिव, धुनीबेँशी नगरपालिका– ९, धादिङनिवासी रवि थापाले १३ फागुनमा काठमाडौंको कलंकीस्थित साथीको घरमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्वकीय सचिव थापाले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट र सहकारीकासम्बन्धी सार्वजनिक भएको अडियोमा मन्त्री श्रेष्ठको नाम आएको र स्वकीय थापाको आत्महत्या बाध्यात्मक परिस्थितिमा भएको देखिएकोले मन्त्री श्रेष्ठले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने उनीहरूको माग छ ।

तीन दलका सचेतकहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा स्वकीय सचिव थापाको मृत्यु बाध्यात्मक देखिएकाले निष्पक्ष छानबिनका लागि माग गर्दै मन्त्रीको राजीनामा माग गरेको उल्लेख गरिएको छ । ‘स्वकीय सचिवको मृत्युपछि बाहिरिएको अडियो र सुसाइड नोटमा सहकारीमन्त्रीलगायत अन्य नेताहरूको समेत नाम सुनिएको छ । बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आसयका समाचारहरू पनि आएका छन् । यसकारण मन्त्रीज्यूले राजीनामा दिएर छानबिनमा मार्गप्रशस्त गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घटनाको विषयमा गम्भीरतापूर्वक विचार गर्न माग गर्दै प्रतिपक्षी दलहरूले घटनाको प्रदेश स्तरमै छानबिन गर्न संसदीय छानबिन समितिसमेत बनाउन माग गरेका छन् । यसैगरी उनीहरूले प्रदेश सभाको बैठक अविलम्ब आह्वान गर्न पनि भनेका छन् । ‘प्रदेश सभाको बैठक अविलम्ब सञ्चालन गरी स्वकीय सचिव थापाको मृत्युको छानबिन गर्न सर्वदलीय संसदीय छानबिन समिति निर्माण गर्न माग गर्दछौँ,’ उनीहरूले भनेका छन् ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज