Day: २०८१, १५ फाल्गुन बिहीबार २२:४५

मगर संघले हेटौँडामा मनायो स्थापना दिवस

मगर संघले हेटौँडामा मनायो स्थापना दिवस

Breaking News 2, ताजा अपडेट, समाचार, हेटौँडा
१५ फागुन, हेटौंडा । नेपाल मगर संघले ४३ औं स्थापना दिवसका अवसरमा बिहीबार हेटौंडामा बिबिध कार्यक्रम गरी दिवस मनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्र चौरमा मनाइएको दिवसमा मगर समुदायको पोशाकमा सजिएर आएका महिला तथा पुरुषले झाँकीसहित नगर परिक्रमा गरेका थिए । ¥यालीमा नेपाल मगर संघर संघसँग आबद्ध पालिका समिति, भात्रृ संस्थाहरु, मगर गुठीहरु लगायतको उपस्थिति रहको थियो । मगर जातीको मौलीका खाना समेटिएको फुड फेस्टिबलसहित भएको साँस्कृतिक कार्यक्रममा मगर भेषभूषासहित मगर समुदायमा प्रचलित कौराहा, घाटु, मारुनी, हुर्रा लगायतका प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका राधिका हमाल पुन, राष्ट्रिय कलाकार तथा नृत्यकार सशी पुन मगर, लोकप्रिय गायक शिव थापा मगर, लोकदोहोरी गायक अजित लोप्चन लगायतको प्रस्तुति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी ...
कैलाशमा मनाईयो मगर दिवस, पालिकाबाट वाद्यवाधनका सामाग्री प्रदान

कैलाशमा मनाईयो मगर दिवस, पालिकाबाट वाद्यवाधनका सामाग्री प्रदान

कैलास, ताजा अपडेट, मनोरञ्जन, समाचार
१५ फागुन, हेटौँडा । नेपाल मगर संघको ४३औं स्थापना दिवसको अवसरमा मकवानपुरको कैलाश गाउँपालिकामा विविध मगर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विहिबार नेपाल मगर संघ कैलाश गाउँ कार्य समितिले नेपाल मगर मजुवा गुठीको व्यवस्थापनमा कैलाश ६ मजुवामा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम संघको गाउँ समितिका अध्यक्ष तुलराज दर्लामी मगरको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले पालिका भित्र रहेका कला संस्कृति र परम्परालाई जोगाउनु स्थानीय सरकारको दायित्व रहेको बताए । मगर भाषा मात्रै नभइ अन्य जातीहरुकको आफ्नो भाषा संस्कृति पनि विस्तारै हराउँदै गएकोले त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको उनको भनाई थियो । वाद्यबाधक सामाग्री, भेषभुषा लगायत अन्य सामाग्री खरिदका लागि पालिकाबाट यसवर्ष तीनलाख बजेट स्वीकृत गरिएक...
६ किलो अफिम र गाँजासहित सुमो र चालक नियन्त्रणमा

६ किलो अफिम र गाँजासहित सुमो र चालक नियन्त्रणमा

Breaking News 2, ताजा अपडेट, समाचार, हेटौँडा
१५ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले जिल्लाको मनहरीबाट लागूऔषध ठूलो मात्रामा अफिम र गाँजासहित सुमो गाढी र सुमोका चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ६ किलो १६० ग्राम अफिम, १२७ किलो ९४० ग्राम गाँजाको धुलो (पोल्याण्ड) र ३१ किलो ५६० ग्राम गाँजा नियन्त्रणमा लिएको हो । गत १० फागुनमा इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त परिमाणको लागुऔषध र सुमो गाडीसहित चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– ९ घर भई काठमाडौं महानगरपालिका–पेप्सीकोला बस्ने ३८ वर्षका लालबहादुर तामाङ रहेका छन् । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मकवानपुरको मनहरी– ६ नयाँ वस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा साईड लगाई रोकी राखेको बा ७ च ७०१८ नम्बरको सुमोलाई शंका लागि जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको हो...
स्वकीय सचिव मृत्यु प्रकरणः प्रदेशका सहकारीमन्त्रीको राजीनामा माग

स्वकीय सचिव मृत्यु प्रकरणः प्रदेशका सहकारीमन्त्रीको राजीनामा माग

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१५ फागुन, हेटौँडा । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्रीका स्वकीय सचिवको मृत्युको विषयलाई लिएर प्रदेशमा प्रतिपक्षीमा रहेका तीन दलले मन्त्रीको राजीनामा मागेका छन् । प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र तथा प्रतिपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानबिनका लागि सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका हुन् । मन्त्री श्रेष्ठका स्वकीय सचिव, धुनीबेँशी नगरपालिका– ९, धादिङनिवासी रवि थापाले १३ फागुनमा काठमाडौंको कलंकीस्थित साथीको घरमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्वकीय सचिव थापाले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट र सहकारीकासम्बन्धी सार्वजनिक भएको अडियोमा मन्त्री श्रेष्ठको नाम आएको र स्वकीय थापाको आत्महत्या बाध्यात्मक परिस्थिति...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज