मगर संघले हेटौँडामा मनायो स्थापना दिवस

१५ फागुन, हेटौंडा । नेपाल मगर संघले ४३ औं स्थापना दिवसका अवसरमा बिहीबार हेटौंडामा बिबिध कार्यक्रम गरी दिवस मनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्र चौरमा मनाइएको दिवसमा मगर समुदायको पोशाकमा सजिएर आएका महिला तथा पुरुषले झाँकीसहित नगर परिक्रमा गरेका थिए । ¥यालीमा नेपाल मगर संघर संघसँग आबद्ध पालिका समिति, भात्रृ संस्थाहरु, मगर गुठीहरु लगायतको उपस्थिति रहको थियो ।

मगर जातीको मौलीका खाना समेटिएको फुड फेस्टिबलसहित भएको साँस्कृतिक कार्यक्रममा मगर भेषभूषासहित मगर समुदायमा प्रचलित कौराहा, घाटु, मारुनी, हुर्रा लगायतका प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका राधिका हमाल पुन, राष्ट्रिय कलाकार तथा नृत्यकार सशी पुन मगर, लोकप्रिय गायक शिव थापा मगर, लोकदोहोरी गायक अजित लोप्चन लगायतको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले मुलुकमा लोकतन्त्र स्थापनापश्चात् सबै जातजाति र धर्मावलम्बी संगठित भएर अगाडि बढ्ने अवसर पाएको बताइन् । उनले भाषा र सँस्कृति लोप भएमा जातीय पहिचान नै संकटमा पर्ने भएकाले सबै जातजातिले आफ्नो भाषा र सँस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय सदस्य अशोक सारुमगरले मुलुकको परिवर्तनमा मगर समुदायले बलिदान दिँदै आएको चर्चा गर्दै अझै पनि मगरहरु नीतिनिर्माण तहमा पुग्न नसकेको भन्दै गुनासो गरे । उनले मगर समुदायलाई विभिन्न आन्दोलनमा प्रयोग गरिए पनि अवसरबाट वञ्चित गरिँदै आएको बताए ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार विश्व आलेमगर, प्रदेश उपाध्यक्ष खेम जर्गा मगर, प्रदेश प्रशासन सचिव रामकुमार बोगटी थापा मगर, प्रदेश निवर्तमान सहकोषाध्यक्ष शंकर थापा, विभिन्न जातीय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मगर समुदायले बिहिबार देशैभर ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाएको हो । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघको स्थापना भएको अवसरमा फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...