मगर संघले हेटौँडामा मनायो स्थापना दिवस

१५ फागुन, हेटौंडा । नेपाल मगर संघले ४३ औं स्थापना दिवसका अवसरमा बिहीबार हेटौंडामा बिबिध कार्यक्रम गरी दिवस मनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्र चौरमा मनाइएको दिवसमा मगर समुदायको पोशाकमा सजिएर आएका महिला तथा पुरुषले झाँकीसहित नगर परिक्रमा गरेका थिए । ¥यालीमा नेपाल मगर संघर संघसँग आबद्ध पालिका समिति, भात्रृ संस्थाहरु, मगर गुठीहरु लगायतको उपस्थिति रहको थियो ।

मगर जातीको मौलीका खाना समेटिएको फुड फेस्टिबलसहित भएको साँस्कृतिक कार्यक्रममा मगर भेषभूषासहित मगर समुदायमा प्रचलित कौराहा, घाटु, मारुनी, हुर्रा लगायतका प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका राधिका हमाल पुन, राष्ट्रिय कलाकार तथा नृत्यकार सशी पुन मगर, लोकप्रिय गायक शिव थापा मगर, लोकदोहोरी गायक अजित लोप्चन लगायतको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले मुलुकमा लोकतन्त्र स्थापनापश्चात् सबै जातजाति र धर्मावलम्बी संगठित भएर अगाडि बढ्ने अवसर पाएको बताइन् । उनले भाषा र सँस्कृति लोप भएमा जातीय पहिचान नै संकटमा पर्ने भएकाले सबै जातजातिले आफ्नो भाषा र सँस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय सदस्य अशोक सारुमगरले मुलुकको परिवर्तनमा मगर समुदायले बलिदान दिँदै आएको चर्चा गर्दै अझै पनि मगरहरु नीतिनिर्माण तहमा पुग्न नसकेको भन्दै गुनासो गरे । उनले मगर समुदायलाई विभिन्न आन्दोलनमा प्रयोग गरिए पनि अवसरबाट वञ्चित गरिँदै आएको बताए ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार विश्व आलेमगर, प्रदेश उपाध्यक्ष खेम जर्गा मगर, प्रदेश प्रशासन सचिव रामकुमार बोगटी थापा मगर, प्रदेश निवर्तमान सहकोषाध्यक्ष शंकर थापा, विभिन्न जातीय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मगर समुदायले बिहिबार देशैभर ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाएको हो । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघको स्थापना भएको अवसरमा फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...