६ किलो अफिम र गाँजासहित सुमो र चालक नियन्त्रणमा

१५ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले जिल्लाको मनहरीबाट लागूऔषध ठूलो मात्रामा अफिम र गाँजासहित सुमो गाढी र सुमोका चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ६ किलो १६० ग्राम अफिम, १२७ किलो ९४० ग्राम गाँजाको धुलो (पोल्याण्ड) र ३१ किलो ५६० ग्राम गाँजा नियन्त्रणमा लिएको हो ।

गत १० फागुनमा इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त परिमाणको लागुऔषध र सुमो गाडीसहित चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– ९ घर भई काठमाडौं महानगरपालिका–पेप्सीकोला बस्ने ३८ वर्षका लालबहादुर तामाङ रहेका छन् ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मकवानपुरको मनहरी– ६ नयाँ वस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा साईड लगाई रोकी राखेको बा ७ च ७०१८ नम्बरको सुमोलाई शंका लागि जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको हो । डिएसपी अर्यालले उक्त सुमोको पछाडीको सिट मुनि लुकाई छिपाई गरी राखिएको अवस्थामा लागुऔषध फेला परेको जानकारी दिए ।

लागुऔषध र सुमो नियन्त्रणमा लिने क्रममा फरार भएका तामाङलाई भने प्रहरीले १३ फागुनमा पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो । सुमो चालक तामाङलाई खोजतलासको क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित जोरपाटीबाट नियन्त्रणमा लिइएको प्रवक्ता अर्यालले बताए ।

लेवटबाट ११ किलो ४२० ग्राम गाँजासहित दिपक ओझा पक्राउ
यस्तै, प्रहरीले हेटौंडा– ३ बसामाडी लेवटबाट ११ किलो ४२० ग्राम लागुऔषध गाँजासहित ४४ वर्षीय दिपक ओझालाई पक्राउ गरेको छ । लेवट प्रहरी चौकी अगाडी पूर्वपश्चिम लोकमार्गमा सवारी साधन जाँच गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ४ ख ३९३५ नम्बरको यात्रुबाहक बसमा सवार मनहरी– ३ हाँडीखोलाका ओझा पक्राउ परेका हुन् ।

प्रहरीले शंका लागि उनले बोकेका झोला खानतलासी गर्दा उक्त झोलामा ११ किलो ४२० किलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । लागूऔषध पक्राउ परेकाहरुलाई अदालतबाट थप म्याद लिई अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता आर्यालले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...