६ किलो अफिम र गाँजासहित सुमो र चालक नियन्त्रणमा

१५ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले जिल्लाको मनहरीबाट लागूऔषध ठूलो मात्रामा अफिम र गाँजासहित सुमो गाढी र सुमोका चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ६ किलो १६० ग्राम अफिम, १२७ किलो ९४० ग्राम गाँजाको धुलो (पोल्याण्ड) र ३१ किलो ५६० ग्राम गाँजा नियन्त्रणमा लिएको हो ।

गत १० फागुनमा इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त परिमाणको लागुऔषध र सुमो गाडीसहित चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– ९ घर भई काठमाडौं महानगरपालिका–पेप्सीकोला बस्ने ३८ वर्षका लालबहादुर तामाङ रहेका छन् ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मकवानपुरको मनहरी– ६ नयाँ वस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा साईड लगाई रोकी राखेको बा ७ च ७०१८ नम्बरको सुमोलाई शंका लागि जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको हो । डिएसपी अर्यालले उक्त सुमोको पछाडीको सिट मुनि लुकाई छिपाई गरी राखिएको अवस्थामा लागुऔषध फेला परेको जानकारी दिए ।

लागुऔषध र सुमो नियन्त्रणमा लिने क्रममा फरार भएका तामाङलाई भने प्रहरीले १३ फागुनमा पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो । सुमो चालक तामाङलाई खोजतलासको क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित जोरपाटीबाट नियन्त्रणमा लिइएको प्रवक्ता अर्यालले बताए ।

लेवटबाट ११ किलो ४२० ग्राम गाँजासहित दिपक ओझा पक्राउ
यस्तै, प्रहरीले हेटौंडा– ३ बसामाडी लेवटबाट ११ किलो ४२० ग्राम लागुऔषध गाँजासहित ४४ वर्षीय दिपक ओझालाई पक्राउ गरेको छ । लेवट प्रहरी चौकी अगाडी पूर्वपश्चिम लोकमार्गमा सवारी साधन जाँच गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ४ ख ३९३५ नम्बरको यात्रुबाहक बसमा सवार मनहरी– ३ हाँडीखोलाका ओझा पक्राउ परेका हुन् ।

प्रहरीले शंका लागि उनले बोकेका झोला खानतलासी गर्दा उक्त झोलामा ११ किलो ४२० किलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । लागूऔषध पक्राउ परेकाहरुलाई अदालतबाट थप म्याद लिई अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता आर्यालले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...