समाचार

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, हेटौँडा
१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले जेठ १४ गतेदेखि १७ गतेसम्म सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । मकवानपुर प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ ३५ ग्राम १० मिलिग्राम, चरेसजस्तो पदार्थ २६० मिलिग्राम, गाँजा २३ ग्राम २१० मिलिग्राम तथा ट्रामाडोल दुई क्याप्सुल बरामद गरिएको छ। प्रहरीका अनुसार पहिलो घटनामा बारा कलैया उपमहानगरपालिका– १४ निवासी ३० वर्षीय राजन जैसवाल, निजगढ नगरपालिका– ९ निवासी २१ वर्षीय सर्जुक साह तथा रौतहट बौधीमाई नगरपालिका– २ निवासी २१ वर्षीय रोहित पटेलको साथबाट ३४ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद गरिएको छ। त...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभा बैठकमा तीव्र विरोध भएको छ। प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सदस्यहरूले त्यसलाई राष्ट्रघाती, आपत्तिजनक र राष्ट्रिय हितविपरीत रहेको आरोप लगाएका छन्। सोमबार बसेको बागमती प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा अधिकांश सांसदहरूले प्रधानमन्त्रीको भनाइको आलोचना गर्दै सार्वजनिक रूपमा माफी माग्न र आवश्यक परे पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई “इतिहासकै कालो धब्बा”को संज्ञा दिँदै संसद्मार्फत नेपाली जनतासँग माफी माग्नुपर्ने बताए। उनले बागमती प्रदेशसभाले प्रधानमन्त्...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको मैदानको उद्घाटन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिलालेख अनावरण गर्दै गरेका हुन् । उद्घाटनसँगै बागमती प्रदेशले पहिलोपटक आफ्नै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदान पाएको छ । उद्घाटन कार्यक्रममा क्रिकेट एसोसियसन अफ नेपाल ९क्यान०का सचिव पारस खड्का, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा पूर्वसदस्यसचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले गौरीटार रंगशालालाई प्रदेशको गौरव र पहिचानसँग जोडिएको परियोजनाका रूपमा विकास गरिने बताए। उनले आगामी आर्थिक वर्षको बजेटमार्फत आवश्यक स्रोत सुनिश्चित गरेर रंगशालाको बाँकी पूर्वाधार निर्माणलाई ...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्रदेश प्रमुख सिफारिश गर्ने निर्णयसहित तीन वटा निर्णय गरेको छ। बागमती प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वानदेखि मन्त्रालय पुनर्संरचना र अस्पताल व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रदेशसभाको अधिवेशन आगामी जेठ ११ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम, बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारीस्वरूप अधिवेशन बोलाउने निर्णय गरेको जनाएको छ । प्रदेश प्रमुखबाट संविधानअनुसार अधिवेश...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

Breaking News 2, कैलास, ताजा अपडेट, बागमती प्रदेश, शिक्षा, समाचार
७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको सुरुवात गरेको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीको व्यवहार सुधार, सिकाइ क्षमता वृद्धि, घर(विद्यालय समन्वय सुदृढीकरण तथा समूदायमा सकरात्मक परिवर्तन ल्याउनुनै कार्यक्रमको मुख्य उद्देश्य रहेको शिक्षा शाखा प्रमुख समीर जोशीले बताए । बालबालिका सम्बन्धी जनचेतनामूलक गतिविधि, अभिभावक शिक्षा, सामाजिक सचेतना तथा सरोकारवालाबीच अन्तरक्रियाले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कैलाश २ मा अवस्थित कमलादेवी माविमा वडा २ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक राजेन्द्र घिसिङको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएको चित्लाङले बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सिमराको नवजनजागृती क्लबलाई ५–१ गोलले पराजित गर्दै उपाधिनजिक पुगेको हो। सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। चित्लाङको जितमा विदेशी खेलाडी सोलोमन किङ र एरोन थापाले दुई–दुई गोल गरे भने समीर तामाङले एक गोल थपे। खेलको ४३औँ मिनेटमा सोलोमनले पहिलो गोल गर्दै चित्लाङलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको चित्लाङले दोस्रो हाफमा थप आक्रामक खेल प्रस्तुत गर्‍यो। ७८औँ मिनेटमा एरोनले अग्रता दोब्बर बनाए भने त्यसको एक मिनेटपछि समीर तामाङले गोल गर्दै चित्लाङलाई ३–० को अवस्थामा पुर्‍...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर आठवटामा सीमित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए। उनका अनुसार उक्त निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ। प्रशासनिक संरचनालाई छरितो, प्रभावकारी र मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाइएको उनको भनाइ छ। प्रदेश सरकारले नयाँ संरचनाअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठवटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ। निर्णयअनुसार अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय रहनेछन्। यसैगरी कृषि, पशुपन्छी, व...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरको फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै बागमतीले उपाधिनजिकको यात्रा तय गरेको हो। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट टुंगिएको हो। खेलको पहिलो हाफमै फ्रेन्ड्स क्लबले अग्रता लिएको थियो। कप्तान रुपेश केसीले ११औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए। तर, दोस्रो हाफको अन्तिम समयमा बागमतीले बराबरी गरेपछि खेल टाइब्रेकरमा धकेलिएको हो। ८५औँ मिनेटमा आयुष मगरले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ मा ल्याएका थिए। टाइब्रेकरमा बागमतीका अनिष महर्जन, भूपाल मगर, आयुष मगर, अमन लामा र युवराज ढकालले सफल प्रह...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार सहिद स्मृति रंगशालामा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा चित्लाङ एफसीले काठमाडौंको मछिन्द्र एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको निर्णायक गोल चित्लाङका एरोन थापाले ८६औँ मिनेटमा गरेका थिए । अन्तिम क्षणमा आएको उक्त गोलले चित्लाङलाई ऐतिहासिक जित दिलायो । उत्कृष्ट प्रदर्शन गरेका थापा ‘प्लेयर अफ दी म्याच’ घोषित भए र उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । हारसँगै मछिन्द्र एफसी प्रतियोगिताबाट बाहिरिएको छ। मछिन्द्र छैटौँ संस्करणको बागमती गोल्डकप विजेता टोली हो भने गत संस्करणको उपविजेता पनि हो । चित्लाङ एफसीले अब सिमराको नवजनजागृति क्लब ९एनजेसी०सँग सेमिफाइनल खेल्नेछ। य...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार सूचना जारी गर्दै ‘सरकारी कामकाजी भाषा ऐन, २०७९’ कार्यान्वयनमा आएको दिनलाई स्मरण गर्दै हरेक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने र सो दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको जनाएको छ । मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार सो दिन प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय तथा निकाय बन्द रहनेछन् । यसअघि ०८२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले भाषा दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरी प्रदेश सरकारको वार्षिक क्यालेन्डरमै समावेश गरेको थियो। सोही निर्णयअनुसार ०८३ वैशाख २४ गतेका दिन प्रदेशभर सार्वजनिक बिदा लागू गरिएको हो। प्रदेश सरकारले भाषा, पहिचान र प्रशासनिक कामकाजमा मातृभाषाको प्रयोगलाई प्रोत्स...