कैलास

चेपाङ संस्कृति संरक्षणमा प्रदेश सरकार तत्पर स् मन्त्री श्रेष्ठ

Breaking News 2, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
२२ भदौ, चितवन । बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले चेपाङ समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ प्रतिबद्ध रहने बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आज आयोजित चेपाङ समुदायको मौलिक पर्व न्वागी विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चिउरी, चमेरो र चेपाङ एकीकृत बस्ती जस्ता कार्यक्रमलाई निरन्तरता दिने आश्वासन दिए । ‘हाम्रो संस्कार, संस्कृति, भाषा र भेषभूषा जोगाउन सकेनौँ भने अरूले जोगाइ दिँदैनन । त्यसैले यसलाई जीवित राख्न सरकारले विशेष प्राथमिकताका साथ काम गर्नेछ,’ मन्त्री श्रेष्ठले भने । उनले चेपाङ समुदायको भाषा संकटमा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै ८४ हजारभन्दा बढी जनसंख्या भएको समुदायमध्ये आधाभन्दा कमले मात्र मातृभाषा बुझ्ने तथ्य गम्भीर रहेको उल्लेख गरे । ‘यो पहिचान जोगाउन मन्त्रालय निरन्तर सहयोग गर्...
कैलाशका लालकुमारलाई मुख्यमन्त्री बानियाँले घर निर्माण गर्न दिए २ लाख

कैलाशका लालकुमारलाई मुख्यमन्त्री बानियाँले घर निर्माण गर्न दिए २ लाख

Breaking News 1, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१६ भदौ, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका–४ धुस्राङका ५० वर्षीय लालकुमार प्रजा चेपाङ अब सुरक्षित आवासमा बस्न पाउने भएका छन् । जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका उनलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ सहयोग गरेका हुन् । लालकुमारका कुनै सन्तान छैनन् । उपचारका क्रममा सन्तान नहुने भएपछि उनी श्रीमती सानुमाया चेपाङसँगै बस्दै आएका छन् । सानै उमेरमा हात जलेर सानुमाया आंशिक अपाङ्ग बनेकी थिइन् । दम्पती गाउँमै करिब २ कट्ठा नम्बरी र ३र४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी कृषि र साना पशुपालन गर्दै जीविकोपार्जन गर्दै आएका छन् । विपन्न अवस्थाका कारण जीर्ण घर बनाउन नसकेपछि उनीहरू असुरक्षित बासमा जीवन बिताइरहेका थिए । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सिफारिसपछि मुख्यमन्त्री बानियाँले लालकुमारको घर निर्माणका लागि स...
चेपाङ बसोबास क्षेत्रलाई स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणा गर्न माग

चेपाङ बसोबास क्षेत्रलाई स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणा गर्न माग

कैलास, ताजा अपडेट, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
९ भदौ, हेटौँडा । बागमती प्रदेशका तीन जिल्ला मकवानपुर, धादिङ र चितवन तथा गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य बसोबास रहेको सीमान्तकृत चेपाङ समुदायले बागमती सरकारसँग आफूहरु बस्दै आएको क्षेत्रलाई ‘चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र’ घोषणा गर्न माग गरेको छ। बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै नेपाल चेपाङ संघ मकवानपुरले नेपालको संविधानले व्यवस्था गरेबमोजिम चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणाको प्रक्रिया अघि बढाउन माग गरेको हो। संघका मकवानपुर अध्यक्ष महेश कुमार चेपाङ नेतृत्वको टोलीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै नेपालको संविधानको धारा ५६ ९५० बमोजिम चेपाङ समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक स्तरोन्नतिका लागि ‘चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र’ घोषणा गर्न सम्भाव्यता अध्ययन गरी नीतिगत व्यवस्था गर्न माग गरे। उनीहरुले ने...
रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

Breaking News 2, कैलास, ताजा अपडेट, थाहा, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
८ भदौ, हेटौंडा । बागमती प्रदशेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरुसँग जोड्न ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासंग सिमाना जेडिएका अन्य ३ पालिका समेटेर ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने बताएका हुन् । थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए । रुट निर्धारण गरी ‘रुपचन्द विष्ट थाहा मार्ग’ नामकरण सहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै उक्त मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उनको भनाई छ । सो कार्य थाहा नगरपालिका तथा सम्बन्धित ३ वटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाहरुको पूर्ण सहमति...
१७ बषीया किशोरी बलात्कारको आरोपमा बालगृहका अधिकृत पक्राउ

१७ बषीया किशोरी बलात्कारको आरोपमा बालगृहका अधिकृत पक्राउ

Breaking News 2, कैलास, ताजा अपडेट, समाचार
२९ असार, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहमा आश्रय लिएकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत पक्राउ परेका छन् । सांग्रीला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका ४८ वर्षीय प्रमुख मधुसूदन राउतलाई प्रहरीले काठमाडौंको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको छ र आइतबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ । पीडित किशोरी चार वर्षदेखि सो बालगृहमा बस्दै आएकी थिइन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् । उनी मामाघरको हजुरआमासँग बस्दै आएकी थिइन् र कमजोर आर्थिक अवस्थाका कारण बाल संरक्षणको उद्देश्यले खोलिएको सो होस्टेलमा राखिएकी...
कैलाश गाउँपालिकाले ल्यायो ५३ करोड ८६ लाख बजेट

कैलाश गाउँपालिकाले ल्यायो ५३ करोड ८६ लाख बजेट

Breaking News 2, अर्थ, कैलास, ताजा अपडेट, राजनीति, समाचार
१० असार, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि ५३ करोड ८६ लाख २० हजार १ सय रुपैयाँको बजेट ल्याएको छ। मंगलबार ९आज० गाउँपालिकाको सभाहलमा भएको १६ औं गाउँसभामा पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । उपाध्यक्ष मल्लका अनुसार चालुतर्फ ३२ करोड ८२ लाख ३ हजार १ सय रुपैयाँ अर्थात् कुल बजेटको ६०।९ प्रतिशत र पूँजीगततर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३९।१ प्रतिशत बजेट छुट्याइएको छ । १० वटा स्थानीय तह रहेको मकवानपुरको सबैभन्दा विकट कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा ५ करोड बजेट बढाएर ल्याएको हो । चालु आर्थिक वर्षका लागि ४८ करोड ७८ लाख रुपैयाँ बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि पूँजीगत बजेट ६ करोड भन्दा बढी बढेको छ भने चालुखर्चतर्फ पनि १ करोड बढी बजेट बढाएर ल्याएको हो...
कैलाश गाउँपालिका पहिलोपटक पूर्ण खोप सुनिश्चित पालिका घोषणा

कैलाश गाउँपालिका पहिलोपटक पूर्ण खोप सुनिश्चित पालिका घोषणा

Breaking News 2, कैलास, ताजा अपडेट, समाचार, स्वास्थ्य
३१ जेठ, हेटौँडा । मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिका पहिलोपटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा भएको छ। शुक्रबार विशेष समारोहबिच बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले औपचारिक रूपमा पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन्। यस घोषणासँगै कैलाश गाउँपालिका पूर्ण संस्थागत गर्भजाँच सुनिश्चित भएको पालिका पनि बन्न सफल भएको छ। राष्ट्रिय पूर्ण खोप निर्देशिकाअनुसार १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए। जिल्ला पूर्ण खोप समन्वय समितिको सचिवालयले पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेसँगै यो उपलब्धि सार्वजनिक गरिएको अध्यक्ष मोक्तानले बताए। कार्यक्रममा खोप सुनिश्चित पालिका घोषणाका लागि सहयोग पुर्‍याउन...
कैलाशको केउरेनी–धुसा र पकनी पूर्ण सरसफाइ घोषणा

कैलाशको केउरेनी–धुसा र पकनी पूर्ण सरसफाइ घोषणा

Breaking News 2, कैलास, ताजा अपडेट, शिक्षा, समाचार, स्वास्थ्य
२४ जेठ, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ को केउरेनी(धुसा र वडा नम्बर ६ का पकनी क्षेत्रलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरिएको छ। नेपाल ग्रामीण पुनर्निर्माण संस्था(आरआरन)को सहजीकरण र डब्लुएचएचको आर्थिक सहयोगमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले दुवै वडाका केउरेनी–धुसा र पकनीलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरेका हुन्। उनले राज्यको एक घर एक धारा भन्ने नीतिअनुरूप नै गाउँपालिकाले साझेदार संस्थाहरूसँगको सहकार्यमा सरसफाइ र खानेपानीको क्षेत्रमा प्रत्येकको घरघरमा धारा र सुरक्षित खानेपानीको व्यवस्था गरिरहेको बताए। ‘हामीले अन्य वडाहरूमा पनि घोषणा गर्दै आइरहेका छौँ। सूचकहरू पूरा भएका अन्य क्षेत्रको घोषणाको तयारीमा छौँ,’ अध्यक्ष मुक्तानले भने। दिगो विकास लक्ष्यका लागि खानेपानी र सरसफाइको क्षेत्रमा कुनै पनि कसर...
मकवानपुरको कैलाश–८ भार्तामा एक महिने सिलाई कटाई तालिमको समापन

मकवानपुरको कैलाश–८ भार्तामा एक महिने सिलाई कटाई तालिमको समापन

Breaking News 2, अर्थ, कैलास
२० जेठ, हेटौंडा । कैलाश गाउँपालिका–८, भार्तामा सञ्चालन गरिएको एक महिने सिलाई कटाई तालिमको मंगलबार समापन गरिएको छ। कार्यक्रम वडा अध्यक्ष आशिष प्रजाको अध्यक्षता र गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । बैशाख १६ गतेदेखि सुरु भएको तालिममा १४ जना महिलाहरुले सहभागिता जनाएका थिए। तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले अघिल्लो वर्षझैं यस वर्ष पनि सिलाई तालिम सञ्चालन गरिएको उल्लेख गर्दै, महिलाहरुले प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे । 'कपडा सिलाउन अब मनहरी जानु पर्दैन, घरमै बसेर आफ्नो सीप प्रयोग गर्नुहोस्,' अध्यक्ष मुक्तानले भने । उनले सीपसँगै मेशिन पनि उपलब्ध हुने जानकारी दिँदै, सीपले आर्थिक स्तरमा सुधार ल्याउने बताए । साथै, गाउँपालिकाको उद्देश्य ग्रामीण महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण रहेको भन्दै उद्यमशील बन्न प्रेरित गरे। कार्यक्रममा...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

Breaking News 1, अर्थ, इन्द्रसरोवर, कैलास, ताजा अपडेट, थाहा, बकैया, बागमती, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकामा रहेको छ। बकैया गाउँपालिकाको बेरुजु प्रतिशत ०.६० मात्र रहेको छ, जुन जिल्लाभरकै सबै स्थानीय तहहरूमध्ये सबैभन्दा कम हो। दोस्रो स्थानमा ०.७५ प्रतिशत बेरुजुका साथ राक्सिराङ गाउँपालिका रहेको छ। त्यसैगरी, थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० पुगेको छ, जुन सबैभन्दा उच्च हो। यसपछि २.३३ प्रतिशत बेरुजु रहेको हेटौँडा उपमहानगरपालिका दोस्रो स्थानमा पर्छ । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वर्षेनि बेरुजु रकम बढ्दै गएको र वित्तीय पारदर्शिता तथा अनुशासनमा कमजोरी देखिएको औँल्याएको छ। यस्तो अवस्था...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज