चेपाङ संस्कृति संरक्षणमा प्रदेश सरकार तत्पर स् मन्त्री श्रेष्ठ

२२ भदौ, चितवन । बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले चेपाङ समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ प्रतिबद्ध रहने बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आज आयोजित चेपाङ समुदायको मौलिक पर्व न्वागी विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चिउरी, चमेरो र चेपाङ एकीकृत बस्ती जस्ता कार्यक्रमलाई निरन्तरता दिने आश्वासन दिए ।

‘हाम्रो संस्कार, संस्कृति, भाषा र भेषभूषा जोगाउन सकेनौँ भने अरूले जोगाइ दिँदैनन । त्यसैले यसलाई जीवित राख्न सरकारले विशेष प्राथमिकताका साथ काम गर्नेछ,’ मन्त्री श्रेष्ठले भने । उनले चेपाङ समुदायको भाषा संकटमा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै ८४ हजारभन्दा बढी जनसंख्या भएको समुदायमध्ये आधाभन्दा कमले मात्र मातृभाषा बुझ्ने तथ्य गम्भीर रहेको उल्लेख गरे । ‘यो पहिचान जोगाउन मन्त्रालय निरन्तर सहयोग गर्नेछ,’ उनले जोड दिए ।

प्रदेश सरकारले भदौ २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिई चेपाङ समुदायलाई सम्मान गरेको स्मरण पनि मन्त्री श्रेष्ठले गराए । कार्यक्रममा मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले बागमती प्रदेशभित्रका तमाम मूर्त तथा अमूर्त सम्पदाको संरक्षणमा मन्त्रालय प्रतिबद्ध रहेको जनाए । उनले चेपाङलाई पर्यटनको हब बनाउन सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताए ।

यस्तै, नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द चेपाङले अब समुदायको पहिचान र प्रवर्द्धनमा युवा पुस्ताले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याए । पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री सन्तराम चेपाङले न्वागी पर्वलाई समुदायको जीवनशैली, संस्कृति र धार्मिक आस्थासँग गाँसिएको भन्दै यसको संरक्षणमा सबैको ध्यान आवश्यक रहेको बताए ।

चेपाङ समुदायमा नयाँ अन्न वा फलफूल पितृलाई अर्पण नगरी खान नहुने धार्मिक मान्यता रहेको छ । त्यसैले न्वागी पर्वका दिन घैया धान, काउनो, पिँडालु लगायतका अन्नपात तथा फलफूल पितृलाई चढाइने गरिन्छ । झाँक्री ९पान्दे०हरूले ढ्याङ्ग्रो बजाउँदै कुखुराको बली दिने, नातागोता भेला भई भोज खाने, नाचगान गर्ने परम्परा पनि यसै पर्वसँग जोडिएको छ ।

नेपालका छ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले पालैपालो यो पर्व विशेष रूपमा मनाउँदै आएका छन् । अघिल्लो वर्ष धादिङमा आयोजना गरिएको न्वागी पर्व यस वर्ष चितवनको इच्छाकामनामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...