चेपाङ संस्कृति संरक्षणमा प्रदेश सरकार तत्पर स् मन्त्री श्रेष्ठ

२२ भदौ, चितवन । बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले चेपाङ समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ प्रतिबद्ध रहने बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आज आयोजित चेपाङ समुदायको मौलिक पर्व न्वागी विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चिउरी, चमेरो र चेपाङ एकीकृत बस्ती जस्ता कार्यक्रमलाई निरन्तरता दिने आश्वासन दिए ।

‘हाम्रो संस्कार, संस्कृति, भाषा र भेषभूषा जोगाउन सकेनौँ भने अरूले जोगाइ दिँदैनन । त्यसैले यसलाई जीवित राख्न सरकारले विशेष प्राथमिकताका साथ काम गर्नेछ,’ मन्त्री श्रेष्ठले भने । उनले चेपाङ समुदायको भाषा संकटमा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै ८४ हजारभन्दा बढी जनसंख्या भएको समुदायमध्ये आधाभन्दा कमले मात्र मातृभाषा बुझ्ने तथ्य गम्भीर रहेको उल्लेख गरे । ‘यो पहिचान जोगाउन मन्त्रालय निरन्तर सहयोग गर्नेछ,’ उनले जोड दिए ।

प्रदेश सरकारले भदौ २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिई चेपाङ समुदायलाई सम्मान गरेको स्मरण पनि मन्त्री श्रेष्ठले गराए । कार्यक्रममा मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले बागमती प्रदेशभित्रका तमाम मूर्त तथा अमूर्त सम्पदाको संरक्षणमा मन्त्रालय प्रतिबद्ध रहेको जनाए । उनले चेपाङलाई पर्यटनको हब बनाउन सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताए ।

यस्तै, नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द चेपाङले अब समुदायको पहिचान र प्रवर्द्धनमा युवा पुस्ताले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याए । पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री सन्तराम चेपाङले न्वागी पर्वलाई समुदायको जीवनशैली, संस्कृति र धार्मिक आस्थासँग गाँसिएको भन्दै यसको संरक्षणमा सबैको ध्यान आवश्यक रहेको बताए ।

चेपाङ समुदायमा नयाँ अन्न वा फलफूल पितृलाई अर्पण नगरी खान नहुने धार्मिक मान्यता रहेको छ । त्यसैले न्वागी पर्वका दिन घैया धान, काउनो, पिँडालु लगायतका अन्नपात तथा फलफूल पितृलाई चढाइने गरिन्छ । झाँक्री ९पान्दे०हरूले ढ्याङ्ग्रो बजाउँदै कुखुराको बली दिने, नातागोता भेला भई भोज खाने, नाचगान गर्ने परम्परा पनि यसै पर्वसँग जोडिएको छ ।

नेपालका छ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले पालैपालो यो पर्व विशेष रूपमा मनाउँदै आएका छन् । अघिल्लो वर्ष धादिङमा आयोजना गरिएको न्वागी पर्व यस वर्ष चितवनको इच्छाकामनामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज