६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक यातायात सहज र अवरोधबिना सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विशेष व्यवस्था स्वरूप रुट परमिट खुला गरेको हो ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब गाडीहरू रुट नलिईकनै गन्तव्यसम्म जान पाउनेछन् । तर, विशेष कारणले कुनै बाटोमा चल्न निषेध गरिएका सवारी साधनका हकमा भने पूर्ववत् प्रतिबन्ध कायम नै रहनेछ । रुट परमिटको यो व्यवस्था आउँदो असोज २२ गतेसम्म मात्र लागू हुने स्वाँरले जानकारी दिनुभयो ।
साथै यात्रुहरूले सार्वजनिक गाडीमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्ने महासङ्घले स्पष्ट पारेको छ । चाडपर्वको समयमा खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानीलाई सहज बनाउन सरकारको निर्णयअनुसार ट्रेलरजस्ता ठूला गाडी भने आजदेखि पूर्णिमासम्म नारायणघाट–काठमाडौँ खण्डमा सञ्चालनमा रोक लगाइनेछ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।