भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थप गर्ने भएको छ । विद्यालयले शैक्षिक वर्ष २०८३र८४ देखि व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट र शिक्षा विषय सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

यसअघि विज्ञान, सिभिल इन्जिनियरिङ र व्यवस्थापन विषय अध्यापन गराउँदै आएको विद्यालयले समयअनुकूल सीपमुखी र रोजगारी उन्मुख शिक्षा प्रदान गर्ने उद्देश्यसहित नयाँ विषय थप गर्न लागेको जनाएको छ । होटल म्यानेजमेन्ट अध्ययनका लागि आवश्यक सुविधा सम्पन्न ल्याबसमेत स्थापना गरिने जानकारी दिइएको छ ।

आइतबार आयोजित कक्षा १२ का विद्यार्थीको बधाई तथा विदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नवीन सिग्देलले प्रविधिमैत्री, व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिँदै कक्षाहरू सञ्चालन गरिने बताए । ‘समयसापेक्ष जनशक्ति उत्पादन गर्न विद्यालयले भौतिक र शैक्षिक सुधारलाई प्राथमिकता दिएको छ,’ उनले भने, ‘गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्न आवश्यक सबै अभ्यास गरिनेछ ।’

कार्यक्रमका सभाध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको मुख्य लक्ष्य रहेको बताए । उनले विद्यालयलाई शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट कक्षा’, ‘स्मार्ट विद्यालय’ र ‘स्मार्ट शिक्षा’ को अवधारणामा अघि बढाइएको जानकारी दिए ।

कार्यक्रममा कक्षा ११ र १२ संयोजक राम श्रेष्ठ, शिक्षक सरस्वती अधिकारी, विद्यार्थी प्रतिनिधि राधिका थिङलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण कंडेल, सहायक प्रधानाध्यापक वेदराज कोइरालालगायत शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

विदाई कार्यक्रममा कक्षा १२ का विद्यार्थीलाई कक्षागत सामूहिक फोटो मायाको चिनोका रूपमा प्रदान गरिएको थियो भने आगामी बोर्ड परीक्षाको सफलताका लागि शुभकामना दिइएको थियो । साथै, हालै सम्पन्न नगरस्तरीय परीक्षामा विद्यालयले कक्षा ८ मा चार जना विद्यार्थीलाई ४ जीपीएसहित उत्तीर्ण गराउँदै उल्लेखनीय नतिजा हासिल गरेको जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...