Day: २०८२, ६ आश्विन सोमबार १४:४२

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र तेल ट्याङकर आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीका अनुसार चितवनबाट बिरगंजतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको चालक साइडको टायर पड्किएपछि बस अनियन्त्रित बनेको थियो । उक्त बस हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको र त्यसपछि सो ट्रक अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ जाँदै गरेको ना ७ ख १७७४ नम्बरको खाली तेल ट्याङकरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ३१ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरू मध्यम तथा सामान्य चोटपटकसहित हेटौंडा अस्पताल मकवानपुर र सिएमसी चुरेहिल अस्पतालमा उपचाररत छन् । दुर्घटनापछि इलाका प्रहरी कार्यालय...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक यातायात सहज र अवरोधबिना सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विशेष व्यवस्था स्वरूप रुट परमिट खुला गरेको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब गाडीहरू रुट नलिईकनै गन्तव्यसम्म जान पाउनेछन् । तर, विशेष कारणले कुनै बाटोमा चल्न निषेध गरिएका सवारी साधनका हकमा भने पूर्ववत् प्रतिबन्ध कायम नै रहनेछ । रुट परमिटको यो व्यवस्था आउँदो असोज २२ गतेसम्म मात्र लागू हुने स्वाँरले जानकारी दिनुभयो । साथै यात्रुहरूले सार्वजनिक गाडीमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्ने महासङ्घले स्पष्ट पारेको छ । चाडपर्वको समयमा खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानीलाई सहज बनाउन सरकारको निर्णयअनुसार ट्रेलरजस्ता ठूला गाडी भने आजदेखि पूर्णिमासम्म नारायण...
बडादशैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

बडादशैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
६ असोज, हेटौँडा। नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइने यस पर्वको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरिएको छ । घटस्थापनाका दिन बिहानै नित्यकर्म पूरा गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँ घरमा कलश स्थापनासहित देवी दुर्गाको आह्वान गरी पूजाआराधना गर्ने परम्परा छ । सो क्रममा यव ९जौ० रोपेर जमरा राख्ने गरिन्छ । यस वर्ष घटस्थापनाको साइत बिहान ९ बजेर १३ मिनेटमा परेको थियो । विजयादशमी अर्थात् १६ गतेसम्म दुर्गा देवीको पूजा आराधना गरी दशैँको अन्तिम दिन मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गर्ने चलन रहिआएको छ । दशैँ सुरु भएसँगै बजारमा किनमेल गर्ने र गाउँ फर्किनेको चहलपहल पनि बढेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज