
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला
६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक यातायात सहज र अवरोधबिना सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विशेष व्यवस्था स्वरूप रुट परमिट खुला गरेको हो ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब गाडीहरू रुट नलिईकनै गन्तव्यसम्म जान पाउनेछन् । तर, विशेष कारणले कुनै बाटोमा चल्न निषेध गरिएका सवारी साधनका हकमा भने पूर्ववत् प्रतिबन्ध कायम नै रहनेछ । रुट परमिटको यो व्यवस्था आउँदो असोज २२ गतेसम्म मात्र लागू हुने स्वाँरले जानकारी दिनुभयो ।
साथै यात्रुहरूले सार्वजनिक गाडीमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्ने महासङ्घले स्पष्ट पारेको छ । चाडपर्वको समयमा खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानीलाई सहज बनाउन सरकारको निर्णयअनुसार ट्रेलरजस्ता ठूला गाडी भने आजदेखि पूर्णिमासम्म नारायण...