अर्थ

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

Breaking News 2, अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले एकीकृत पानी तथा ढल व्यवस्थापन (Integrated Water and Sewerage Management) क्षेत्रका लागि एशियाली विकास बैंक बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी सम्झौता टुंग्याउन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन हुने उक्त टोलीले सम्झौता तथा सम्बन्धित कागजातलाई अन्तिम रूप दिन वार्ता गर्नेछ। त्यस्तै, सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको जग्गासम्बन्धी पुरानो निर्णय सच्याएको छ। यसअघि २०७५ भदौ २१ को निर्णयअनुसार सो जग्गा राष्ट्रपतिको नाममा हस्तान्तरण गर्ने भनिएकोमा अब उक्त निर्णय खारेज गरी जग्गा पुनः प्रतिष्ठानकै प्रयोगमा रहने निर्णय गरिएको छ। बैठकले स...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सरकारसमक्ष प्रस्तुत गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष बिहीबार उक्त रणनीति पेश गरिएको हो। मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले तयार पारेको रणनीति गत चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत ऊर्जा खपत र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको हो। रणनीतिमा देशभित्र विद्युत्को खपत उल्लेख्य रूपमा वृद्धि गर्दै खपतपछि बचत हुने ऊर्जा निर्यात गर्ने दीर्घकालीन योजना अघि सारिएको छ। सबै घरधुरीमा शतप्रतिशत विद्युतीकरण सुनिश्चित गर्दै प्रसारण तथा वितरण प्रणाली सुधार गर्नुपर्नेमा जोड दिइएको छ। घरायसी क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग विस्तार, मि...
प्रदेशमा मन्त्रालय संख्या घटाउन र गाँजाको औषधीय प्रयोगलाई अनुमति दिन मुख्यमन्त्री बानियाँको प्रस्ताव

प्रदेशमा मन्त्रालय संख्या घटाउन र गाँजाको औषधीय प्रयोगलाई अनुमति दिन मुख्यमन्त्री बानियाँको प्रस्ताव

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
३ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउन र औषधीय उपयोगिताका लागि गाँजाको प्रयोगलाई कानुनी अनुमति दिने गरी कानुन बनाउन प्रस्ताव गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको छलफलमा मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०सँग संविधान संशोधन गरेर प्रदेश मन्त्रिपरिषद्को संख्या घटाउनुपर्ने धारणा राखेका हुन्। बानियाँले प्रदेश सभाको कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने व्यवस्थाले प्रदेशमा मन्त्रीहरूको संख्या बढी हुने गरेको बताए। त्यसका लागि संविधान नै संशोधन गरेर मन्त्रालयको संख्या सीमित गर्न सकिने धारणा राखेका थिए। ‘प्रधानमन्त्रीसँगको छलफलमा संविधान संशोधन गरेर प्रदेश मन्त्रिपरिषद्को संख्या सीमित गर्न सकिने धारणा राखेको छु,’ बैठकपछि बानियाँले भने...
बोडेमा जिब्रो छेड्ने सुजन बाग श्रेष्ठलाई प्रदेश सरकारको दुई लाख सहयोग

बोडेमा जिब्रो छेड्ने सुजन बाग श्रेष्ठलाई प्रदेश सरकारको दुई लाख सहयोग

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
३ वैशाख, हेटौंडा । भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा मनाइने ऐतिहासिक जिब्रो छेड्ने जात्रामा जिब्रो छेडेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले नगद दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मुख्यमन्त्री जोखिम संस्कृति संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकमसहित श्रेष्ठलाई सम्मान गरेको हो । मंगलबार आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले उनलाई नगद दुई लाख रुपैयाँ प्रदान गर्दै सम्मान गरेका थिए । वैशाख २ गते आयोजना भएको बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यस वर्षसहित श्रेष्ठले चौथोपटक जिब्रो छेडेका हुन्। प्रदेश सरकारले उक्त जात्राको परम्परा जोगाउन र यसमा सहभागी हुने व्यक्तिलाई प्रोत्साहन गर्न गत वर्षदेखि सहयोग उपलब्ध गराउदै आएको छ। मन्त्री श्रेष्ठका अनुसार जिब्रो छेड्ने परम्परा जोगाइराख्ने...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली औपचारिक रूपमा सुरु गरेको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त प्रणालीको उद्घाटन गरेसँगै पेन्सन सेवा पूर्ण रूपमा डिजिटल युगमा प्रवेश गरेको हो। नयाँ व्यवस्थाअनुसार देशभरका ३ लाख ५२ हजारभन्दा बढी पेन्सनरहरूले अब पेन्सन नवीकरण वा बुझ्नका लागि बैंक तथा सरकारी कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। उनीहरूले आफ्नै मोबाइल वा कम्प्युटरमार्फत घरमै बसेर सजिलै डिजिटल प्रमाणीकरण गर्न सक्नेछन्। यो प्रणाली क्ष्एःक्(ख्द्द ढाँचामा आधारित छ र यसमा ‘लाइभनेस भेरिफिकेसन’ प्रविधि जडान गरिएको छ। उक्त प्रविधिले पेन्सनरको अनुहारको हाउभाउ विश्लेषण गरी उनी जीवित रहेको प्रमाणित गर्छ। साथै, प्रणालीले राष्ट्रिय परिचयपत्र ९ल्क्ष्म्० को डाटा...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २८ गतेदेखि लागू हुने गरी नयाँ भाडादर कायम गरिएको जनाएको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबार बसेको बैठकले काठमाडौं उपत्यकासहित प्रदेशभर सञ्चालन हुने सवारीसाधनको भाडा वृद्धि गर्न सिफारिस गरेको थियो। सोहि सिफारिस अनुसार बागमती प्रदेश सरकारले सर्वाजनिक भाडादर समायोजन गरेको हो। भाडा निर्धारण तथा समायोजन समितिको सिफारिस अनुसार प्रदेश सरकारले नयाँ भाडा दर प्रदेश राजपत्रमा प्रकाशित गरेसँगै शनिवारदेखिनै लागू भएको हो। नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीको न्यूनतम भाडा २४ रुपैयाँ कायम गरिएको छ। यसअघि ५ किलोमिटरसम्मको भाड...
बागमतीमा सार्वजनिक सवारीको भाडा २५.९६ प्रतिशतसम्म बढ्ने

बागमतीमा सार्वजनिक सवारीको भाडा २५.९६ प्रतिशतसम्म बढ्ने

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२७ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाउने तयारी गरेको छ । भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबार बसेको बैठकले काठमाडौं उपत्यकासहित प्रदेशभर सञ्चालन हुने सवारी साधनको भाडा वृद्धि गर्न सिफारिस गरेको हो । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख प्रविण श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीको भाडा साविकको दरभन्दा २५.९६ प्रतिशतसम्म बढाउन सिफारिस गरिएको छ । त्यसैगरी उपत्यका बाहिर सञ्चालन हुने यात्रुवाहक सवारी साधनको भाडा १७.३५ प्रतिशतले वृद्धि गर्ने प्रस्ताव गरिएको छ । ट्याक्सीको भाडादर १२.३९ प्रतिशतले बढाउने तथा मालवाहक सवारी साधनको भाडा २६।७९ प्रतिशतले वृद्धि गर्ने निर्णय समितिले गरेको उनले जानकारी दिए । ‘प्रदेश भाडा निर्धारणरसमायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८’ को नि...
फेवातालको जग्गा अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन

फेवातालको जग्गा अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२३ चैत, हेटौंडा । सरकारले पोखरास्थित फेवातालको चार किल्लाभित्रको जग्गाको वर्तमान अवस्था अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । मन्त्रालयका अनुसार समितिले फेवातालको चार किल्ला सिमानाभित्र रहेको जग्गाको हालको अवस्था, निर्माण भएका संरचना तथा ताल क्षेत्रभित्र पर्ने सबै कित्ता जग्गाको यथार्थ विवरण संकलन गरी अभिलेखीकरण गर्नेछ। साथै ताल क्षेत्रमा पर्ने निजी तथा सरकारी जग्गाको दर्ता स्थिति र प्रयोगको अवस्थाबारे पनि विस्तृत अध्ययन गरिने जनाएको छ । फेवाताल क्षेत्रको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिलाई ताल क्षेत्रभित्रका सबै कित्ताको यकिन विवरणसहित प्रतिवेदन तयार गरी पेश गर्न सात दिनको समय दिइएको छ । ...
हेटौँडा १५ भोर्लेमा गोठमा आगलागी हुँदा १० वटा बाख्रा जलेर मरे

हेटौँडा १५ भोर्लेमा गोठमा आगलागी हुँदा १० वटा बाख्रा जलेर मरे

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, हेटौँडा
२० चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ भोर्ले बस्ने सानुकाजी स्याङ्वोको काठ र जस्ताबाट बनेको गोठमा आगलागी हुँदा १० वटा बाख्रा जलेर मरेका छन् । आगलागिबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी रातोमाटेका अनुसार, माघ १९ गते साँझ करिब ७ः१५ बजे आगो लागेको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक गौरिशंकर साहको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । दमकल र स्थानीयको सहयोगमा करिब ७ः४० बजे आगो पूर्ण रूपमा निभाइएको थियो । आगलागीका कारण एउटा गाईको बाच्छी घाइते भएको छ भने गोठ पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार, आगलागीको कारण गोठको छेउमा मुसा धपाउन बालेको आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।...
पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
१९ चैत, हेटौँडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरले बढाएको हो । मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ। यसअघि निगमले १ चैतमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १७२ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य १५२ रुपैयाँ पुर्‍याएको थियो । त्यसपछि १२ चैतमा फेरि १५ रुपैयाँ बढाउँदै पेट्रोलको मूल्य १८७ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य १६७ रुपैयाँ कायम गरिएको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले स्वदेशी बजारमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ । मूल्यवृद्धिसँगै उपभोक्तामाथि...