खेलकुद

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

Breaking News 2, अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले एकीकृत पानी तथा ढल व्यवस्थापन (Integrated Water and Sewerage Management) क्षेत्रका लागि एशियाली विकास बैंक बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी सम्झौता टुंग्याउन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन हुने उक्त टोलीले सम्झौता तथा सम्बन्धित कागजातलाई अन्तिम रूप दिन वार्ता गर्नेछ। त्यस्तै, सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको जग्गासम्बन्धी पुरानो निर्णय सच्याएको छ। यसअघि २०७५ भदौ २१ को निर्णयअनुसार सो जग्गा राष्ट्रपतिको नाममा हस्तान्तरण गर्ने भनिएकोमा अब उक्त निर्णय खारेज गरी जग्गा पुनः प्रतिष्ठानकै प्रयोगमा रहने निर्णय गरिएको छ। बैठकले स...
अनुशासनमा रहेर मिहिनेत गरे सफल भइन्छः क्रिकेटर सन्दीप लामिछाने

अनुशासनमा रहेर मिहिनेत गरे सफल भइन्छः क्रिकेटर सन्दीप लामिछाने

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
२ वैशाख, हेटौंडा । क्रिकेटमा भविष्य खोजिरहेका युवा खेलाडीलाई प्रेरणा दिन राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने हेटौँडा आइपुगेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ गर्दोइस्थित हेटौँडा स्पोर्ट्स एकेडेमीले सञ्चालन गरेको ग्रासरुट क्रिकेट प्रशिक्षण केन्द्रमा रहेका खेलाडीहरूसँग अनुभव साटासाट गर्न उनी बुधबार हेटौँडा पुगेका हुन् । उनले एकेडेमीमा करिब दुई घण्टा बिताउँदै प्रशिक्षण लिइरहेका खेलाडीहरूसँग अन्तरक्रिया गरेका थिए । नेपाली क्रिकेटका चर्चित खेलाडी लामिछानेले अन्तर्राष्ट्रियस्तरका विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । उनले युवा खेलाडीलाई निरन्तर अभ्यास, अनुशासन र आत्मविश्वासका साथ खेल्दै अगाडि बढ्न सुझाव दिएका थिए । ‘क्रिकेटमा भविष्य बनाउन मिहिनेत अत्यन्त आवश्यक छ । अनुशासनमा रहेर दृढ विश्वासका साथ अघि बढे सफल हुन सकिन्छ,’ उनले भने । एकेडे...
दुई पटकको विश्वविजेतालाई हराउदै नेपाल जित्यो ऐतिहासिक सिरिज 

दुई पटकको विश्वविजेतालाई हराउदै नेपाल जित्यो ऐतिहासिक सिरिज 

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
१३ असोज, हेटौंडा । दुई पटकको टी–२० विश्वविजेता वेष्ट इन्डिजलाई पराजित गर्दै नेपालले ऐतिहासिक सिरिज जित्न सफल भएको छ। सोमबार भएको दोस्रो खेलमा नेपालले ९० रनको सानदार जित निकाल्दै तीन खेलको सिरिजमा अग्रता लिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे। अन्त्यतिर आक्रमक पारी खेलेका दीपेन्द्रसिंह ऐरीले समेत महत्वपूर्ण योगदान दिए । बलिङतर्फ आदिल आलमले घातक स्पेल गर्दै ४ विकेट हात पारे भने कुशल भुर्तेलले ३ विकेट झारे। करण केसी, ललित राजबंशी र ऐरीले समान १/१ विकेट लिए। बलिङ, ब्याटिङ र फिल्डिङ तीनै विभागमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले सहज जित दर्ता गर्‍यो । यसअघि पहिलो खेलमा नेपालले १९ रनले जित हात पारेको थियो। लगातार दुई खेल जितेसँगै नेपालले सिरिज नै आफ्नो पक्षमा पारेको छ। टेष्ट राष्ट्रसँग नेपालले पहिलोपटक कुनै...
हेटौँडा–२ ले ग¥यो क्रिकेटका दुई राष्ट्रिय खेलाडीलाई  सम्मान

हेटौँडा–२ ले ग¥यो क्रिकेटका दुई राष्ट्रिय खेलाडीलाई सम्मान

खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
२१ असार, हेटोँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ ले क्रिकेटका दुई राष्ट्रिय खेलाडीलाई खेल सामाग्रीसहित सम्मान गरेको छ। वडामा स्थायी बसोबास गर्ने राष्ट्रिय खेलाडी रिजन ढकाल र शुभ कंसाकारलाई शुक्रबार आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको हो । वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले दुवै खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गरेका हुन् । उपमेयर बानियाँले आर्थिक अभावका कारण प्रतिभाशाली खेलाडीहरू कुनै पनि प्रतियोगिताबाट वञ्चित बन्न नपरोस् भन्नेतर्फ उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । सम्मान कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, वडा सदस्य सुरज बर्तौला, इन्द्रप्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियो । वडा सचिव अमोद प्रसाद मैनालीले ढकाल र कंसाकारलाई कुल ८० हजार रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरिएको जानकारी दिए । ...
राखेप-एनओसी विवादले खेलाडी मर्कामा, खेलाडी संघको गम्भीर चिन्ता 

राखेप-एनओसी विवादले खेलाडी मर्कामा, खेलाडी संघको गम्भीर चिन्ता 

Breaking News 1, खेलकुद, ताजा अपडेट, राजनीति, समाचार
१७ असार, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको पछिल्लो विवादले नेपाली खेलाडीको भविष्यमा प्रतिकूल असर पार्ने देखिएपछि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गम्भीर चिन्ता व्यक्त गरेको छ। संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'खेलकुद नेतृत्व गर्ने संस्थाबीच समयसमयमा देखिने विवादको प्रत्यक्ष मार सधैं खेलाडीमाथि पर्न गएको छ। अहिलेको परिस्थितिले पनि खेलाडीको हक, अवसर र भविष्यमा प्रत्यक्ष असर पार्ने खतरा बढेको छ।' खेलाडीको हित सुनिश्चित गर्नु सबै सरोकारवालाको साझा जिम्मेवारी भएको उल्लेख गर्दै संघले सेनेगलमा सन् २०२५ मा हुने युथ ओलम्पिक र जापानमा सन् २०२६ मा हुने २० औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता सुनिश्चित गर्न सबै पक्षलाई तत्काल पहल गर्न आग्रह गरेको छ । 'खेलाडी मर्कामा पर्दा नेतृत्वको औचित्यमाथि नै प्रश्न उठ...
बागमती प्रदेश सरकारद्वारा ओलम्पियनलाई मासिक भत्ता दिने घोषणा

बागमती प्रदेश सरकारद्वारा ओलम्पियनलाई मासिक भत्ता दिने घोषणा

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१५ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आफ्ना ओलम्पियन खेलाडीलाई मासिक रुपमा भत्ता दिने भएको छ । प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँको दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजन र बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा चितवनको सौराहामा भएको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको समापन समारोह तथा चौथो ओलम्पियन पुनर्मिलन र सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले उक्त घोषणा गरेका हुन् । यसअघि गण्डकी प्रदेशले दुई वर्षदेखि ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिँदै आएको छ भने सुदूरपश्चिम प्रदेशले पनि हालै मासिक भत्ता उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । कार्यक्रममा सन् १९९२, १९९६ र २००० का ओलम्पिक खेलमा सहभागी अनिता श्रेष्ठ, सिताराम शाही, विमला राना मगर, भगवती ख...
राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
१० असार, हेटौँडा । नेपाल स्पोर्ट सेन्टर (नेकोस)को आयोजनामा हेटौँडामा जारी नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। लिग चरणका खेलहरु सकिँदा प्रतियोगिताको अन्तिम चारमा दुई विभागीय टोलीहरु एपीएफ क्लब र नेपाल पुलिस क्लबसँगै गण्डकी प्रदेश र न्यू डाइमण्ड युथ क्लब पुगेका छन्। मंगलबार हुने सेमिफाइनलमा एपीएफ र पुलिस क्लब तथा गण्डकी प्रदेश र न्यू डाइमण्ड युथ भिड्ने छन्। समूह ‘क’बाट नेपाल पुलिस समूह विजेता तथा गण्डकी प्रदेश उपविजेता हुँदे सेमिफाइनलमा पुगेका हुन्। समूह ‘ख’बाट न्यू डाइमण्ड विजेता र एपीएफ उपविजेता हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्। सोमबार सम्पन्न लिग चरणका अन्तिम खेलमा डाइमण्डले मधेश प्रदेशलाई २५–६, २५–१८, २५–८ को सोझो सेटमा हराउँदै समूहको शीर्ष स्थान पक्का ग¥यो। मधेश प्रदेशले प्रतियोगितामा एउटा पनि खेल जित्न सकेन। यस्तै, पुलिस क्ल...
नेकोस कप राष्ट्रिय महिला भलिबलः एपिएफ र गण्डकी विजयी

नेकोस कप राष्ट्रिय महिला भलिबलः एपिएफ र गण्डकी विजयी

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
९ असार, हेटौँडा । नेपाल स्पोर्टस् सेन्टर (नेकोस) को आयोजनामा हेटौँडामा जारी राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिताको दोस्रो दिन सम्पन्न भएका खेलहरूमा सशस्त्र प्रहरी बल ९एपिएफ० क्लब र गण्डकी प्रदेश विजयी भएका छन्। हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले मधेश प्रदेश र गण्डकीले बागमती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेका हुन्। जारी प्रतियोगिताको पहिलो खेलमा एपिएफले एकपक्षीय खेल प्रदर्शन गर्दै मधेश प्रदेशलाई २५–८, २५–११ र २५–७ को सोझो सेटमा पराजित गर्‍यो । यस्तै, आइतबार नै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई २५–११, २५–१२ र २५–१९ को सोझो सेटमा पराजित गर्दै जित निकाल्यो। प्रतियोगितामा विभागीय दुई टोलीसहित कुल सात टिमको सहभागिता रहेको प्रतियोगितामा विभागीय टोलीहरू नेपाल पुलिस क्लब र नेपाल एपिएफ क...
नेकोस कप राष्ट्रिय महिला भलिबलः पुलिस र न्यु डाइमन्डको विजयी सुरुवात

नेकोस कप राष्ट्रिय महिला भलिबलः पुलिस र न्यु डाइमन्डको विजयी सुरुवात

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
७ असार, हेटौँडा । नेपाल स्पोर्टस् सेन्टर (नेकोस) को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब र न्यू डाइमण्ड युथ स्पोर्टस क्लब विजयी भएका छन् । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न पहिलो दिनको खेलमा विभागीय नेपाल पुलिस क्लबले बागमती प्रदेश र न्यु डाइमण्डले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै विजयी सुरुवात गरेका हुन् । शनिबारको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सोझो सेटमा पराजित गर्दै प्रभावशाली सुरुवात गरेको हो। पुलिसले बागमतीलाई २५–१, २५–४ र २५–८ स्कोरमा सहज जित निकाल्यो । यस्तै, शनिबार नै भएको दोस्रो खेलमा न्यू डाइमण्डले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई २७–२५, २५–१५ र २५–२२ को सेटमा पराजित गर्दै महत्वपूर्ण जित हासि...
खुला दौड प्रतियोगितामा सिर्जना सिंतान र मिङमर तामाङ प्रथम

खुला दौड प्रतियोगितामा सिर्जना सिंतान र मिङमर तामाङ प्रथम

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१४ जेठ, हेटौँडा । गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजित खुला दौड प्रतियोगितामा महिलातर्फ सिर्जना सिंतान र पुरुषतर्फ मिङमर सिंगी तामाङ विजयी भएका छन् । बुधबार हेटौँडामा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा र मकवानपुर जिल्ला खेलकुद विकास समितिको संयोजनमा सम्पन्न भएको दौड प्रतियोगिता बुद्धचोकबाट सुरु भई कान्तिलोकपथ, भैरवरोड, लक्ष्मी स्कुल, सूर्यचोक, थाहा चोक हुँदै पुनः बुद्धचोकमा समापन भएको थियो । पाँच किलोमिटरको दूरी रहेको उक्त प्रतिस्पर्धामा महिलातर्फ सिर्जना सिंतान पहिलो, शुष्मा दर्लामी दोस्रो र कृषिका क्षेत्री तेस्रो स्थानमा रहिन् । यस्तै, पुरुषतर्फ मिङमर सिंगी तामाङ पहिलो, राजकुमार गोले दोस्रो र विजन सुनार तेस्रो स्थानमा रहे । विजेता प्रतियोगीहरूले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानका लागि १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछ...