
हेटौँडा–२ ले ग¥यो क्रिकेटका दुई राष्ट्रिय खेलाडीलाई सम्मान
२१ असार, हेटोँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ ले क्रिकेटका दुई राष्ट्रिय खेलाडीलाई खेल सामाग्रीसहित सम्मान गरेको छ। वडामा स्थायी बसोबास गर्ने राष्ट्रिय खेलाडी रिजन ढकाल र शुभ कंसाकारलाई शुक्रबार आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले दुवै खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गरेका हुन् । उपमेयर बानियाँले आर्थिक अभावका कारण प्रतिभाशाली खेलाडीहरू कुनै पनि प्रतियोगिताबाट वञ्चित बन्न नपरोस् भन्नेतर्फ उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।
सम्मान कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, वडा सदस्य सुरज बर्तौला, इन्द्रप्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियो । वडा सचिव अमोद प्रसाद मैनालीले ढकाल र कंसाकारलाई कुल ८० हजार रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरिएको जानकारी दिए ।
...