राखेप-एनओसी विवादले खेलाडी मर्कामा, खेलाडी संघको गम्भीर चिन्ता 

१७ असार, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको पछिल्लो विवादले नेपाली खेलाडीको भविष्यमा प्रतिकूल असर पार्ने देखिएपछि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गम्भीर चिन्ता व्यक्त गरेको छ।

संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खेलकुद नेतृत्व गर्ने संस्थाबीच समयसमयमा देखिने विवादको प्रत्यक्ष मार सधैं खेलाडीमाथि पर्न गएको छ। अहिलेको परिस्थितिले पनि खेलाडीको हक, अवसर र भविष्यमा प्रत्यक्ष असर पार्ने खतरा बढेको छ।’

खेलाडीको हित सुनिश्चित गर्नु सबै सरोकारवालाको साझा जिम्मेवारी भएको उल्लेख गर्दै संघले सेनेगलमा सन् २०२५ मा हुने युथ ओलम्पिक र जापानमा सन् २०२६ मा हुने २० औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता सुनिश्चित गर्न सबै पक्षलाई तत्काल पहल गर्न आग्रह गरेको छ ।

‘खेलाडी मर्कामा पर्दा नेतृत्वको औचित्यमाथि नै प्रश्न उठ्ने स्थिति बन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो अवस्थामा कसको कमजोरीले अवस्था आएको हो भन्ने बहसभन्दा पनि समाधान र सहभागिता सुनिश्चिततामा ध्यान दिनुपर्ने जरुरी छ।’

संघले युवा तथा खेलकुद मन्त्रालय, राखेप, एनओसी र राष्ट्रिय खेल संघहरूलाई खेलाडीको सहभागिता सुनिश्चित गर्न आवश्यक पहल र सहकार्य गर्न अनुरोध गर्दै जिम्मेवारी बोध गर्न आह्वान समेत गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...