दुई पटकको विश्वविजेतालाई हराउदै नेपाल जित्यो ऐतिहासिक सिरिज 

१३ असोज, हेटौंडा । दुई पटकको टी–२० विश्वविजेता वेष्ट इन्डिजलाई पराजित गर्दै नेपालले ऐतिहासिक सिरिज जित्न सफल भएको छ। सोमबार भएको दोस्रो खेलमा नेपालले ९० रनको सानदार जित निकाल्दै तीन खेलको सिरिजमा अग्रता लिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे। अन्त्यतिर आक्रमक पारी खेलेका दीपेन्द्रसिंह ऐरीले समेत महत्वपूर्ण योगदान दिए ।

बलिङतर्फ आदिल आलमले घातक स्पेल गर्दै ४ विकेट हात पारे भने कुशल भुर्तेलले ३ विकेट झारे। करण केसी, ललित राजबंशी र ऐरीले समान १/१ विकेट लिए। बलिङ, ब्याटिङ र फिल्डिङ तीनै विभागमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले सहज जित दर्ता गर्‍यो ।

यसअघि पहिलो खेलमा नेपालले १९ रनले जित हात पारेको थियो। लगातार दुई खेल जितेसँगै नेपालले सिरिज नै आफ्नो पक्षमा पारेको छ। टेष्ट राष्ट्रसँग नेपालले पहिलोपटक कुनै सिरिज जित्न सफल भएको हो ।

अब सिरिजको अन्तिम खेल औपचारिकतामात्र बाँकी रहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...