
दशैंको टिकापछि अति भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह
१४ असोज, हेटौंडा । जल तथा मौसम विज्ञान विभागले दशैंको टिकापछि केही जिल्लामा अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले मंगलबार विशेष मौसम बुलेटिन जारी गर्दै असोज १७ देखि १९ गतेसम्म देशका विभिन्न भागमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको हो ।
हाल मनसुनी वायु केही कमजोर भए पनि बंगालको खाडीमा विकसित न्यून चापिय प्रणाली भारतको ओडिसाबाट जमिनतर्फ प्रवेश गरी क्रमशः मध्य भारत सरिरहेको विभागले जनाएको छ । सो प्रणालीको प्रभावसँगै नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्ने भएकाले दशैं अवधिभर मनसुनी गतिविधि सक्रिय रहने पूर्वानुमान गरिएको छ ।
असोज १७ (एकादशी) मा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भागमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
असोज १८ (द्वादशी) मा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ...