अर्को मनसुनी प्रणाली सक्रिय हुँदै, थप भारी वर्षाको सम्भावना स् मौसम पूर्वानुमान महाशाखा

१८ असोज, हेटौँडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि देशभर थप वर्षा हुने सम्भावना रहेको जनाएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण हाल देशका धेरैजसो भागमा मुसलधारे वर्षा भइरहेको छ भने अर्को मनसुनी प्रणाली सक्रिय हुन लागेको महाशाखाले जनाएको हो ।

हाल मधेश प्रदेशमा अत्यधिक वर्षा भइरहेको छ। विशेषगरी पर्सा, सर्लाही, रौतहट, धनुषा, महोत्तरीमा भारी वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार बितेका १२ घण्टामा सबैभन्दा धेरै वर्षा पर्साको वीरगञ्जमा १४४ मिलिमिटर मापन गरिएको छ । यसैगरी बारामा १४०.४, रौतहटको गौरमा १२९ र महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ।

देशको मध्य भाग हुँदै पूर्वी भू–भागमा बढी वर्षा भइरहेको छ । नवलपरासीपूर्वदेखि धनकुटासम्मको तराई तथा पहाडी क्षेत्रमा लगातार पानी परिरहेको छ । सिन्धुपाल्चोकदेखि दोलखा तथा काठमाण्डौ उपत्यका लगायत १४ जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। साथै, ५० भन्दा बढी स्थानमा ३० देखि ५० मिलिमिटरसम्म वर्षा भएको पुष्टि भएको छ।

महाशाखाले बारा, पर्सा लगायतको क्षेत्रलाई विशेष सतर्क रहन आग्रह गरेको छ। बाढी, पहिरो तथा जलमग्नता हुन सक्ने भएकाले सावधानी अपनाउन सर्वसाधारण, स्थानीय प्रशासन तथा सरोकारवाला निकायलाई आग्रह गरिएको छ।न्तर अपडेट लिइरहन मौसम महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...