अर्को मनसुनी प्रणाली सक्रिय हुँदै, थप भारी वर्षाको सम्भावना स् मौसम पूर्वानुमान महाशाखा

१८ असोज, हेटौँडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि देशभर थप वर्षा हुने सम्भावना रहेको जनाएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण हाल देशका धेरैजसो भागमा मुसलधारे वर्षा भइरहेको छ भने अर्को मनसुनी प्रणाली सक्रिय हुन लागेको महाशाखाले जनाएको हो ।

हाल मधेश प्रदेशमा अत्यधिक वर्षा भइरहेको छ। विशेषगरी पर्सा, सर्लाही, रौतहट, धनुषा, महोत्तरीमा भारी वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार बितेका १२ घण्टामा सबैभन्दा धेरै वर्षा पर्साको वीरगञ्जमा १४४ मिलिमिटर मापन गरिएको छ । यसैगरी बारामा १४०.४, रौतहटको गौरमा १२९ र महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ।

देशको मध्य भाग हुँदै पूर्वी भू–भागमा बढी वर्षा भइरहेको छ । नवलपरासीपूर्वदेखि धनकुटासम्मको तराई तथा पहाडी क्षेत्रमा लगातार पानी परिरहेको छ । सिन्धुपाल्चोकदेखि दोलखा तथा काठमाण्डौ उपत्यका लगायत १४ जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। साथै, ५० भन्दा बढी स्थानमा ३० देखि ५० मिलिमिटरसम्म वर्षा भएको पुष्टि भएको छ।

महाशाखाले बारा, पर्सा लगायतको क्षेत्रलाई विशेष सतर्क रहन आग्रह गरेको छ। बाढी, पहिरो तथा जलमग्नता हुन सक्ने भएकाले सावधानी अपनाउन सर्वसाधारण, स्थानीय प्रशासन तथा सरोकारवाला निकायलाई आग्रह गरिएको छ।न्तर अपडेट लिइरहन मौसम महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...