शनिबारयता विपत्तिमा ५२ जनाको मृत्यु

१९ असोज, हेटौँडा । शनिबारदेखिको लगातारको वर्षा, पहिरो र चट्याङ लगायतका प्राकृतिक विपत्तिबाट देशभर ५२ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार मृत्यु हुनेमध्ये कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ ।

कोशी प्रदेशभित्र सबैभन्दा बढी इलाम जिल्लामा ३७ जनाले ज्यान गुमाएका छन् । पहिरो, बाढी र घर भत्किँदा धेरै जनाको मृत्यु भएको जनाइएको छ। अन्य प्रभावित जिल्लाहरूमा पनि खोज तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै, मधेश प्रदेशमा तीन र बागमती प्रदेशमा एकजनाको मृत्यु भएको छ। मधेशको रौतहटमा चट्याङ लागेर तीनजनाको ज्यान गएको हो भने बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा सुक्खा पहिरोमा परेर एकजनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बलका अनुसार विभिन्न स्थानमा अझै पनि बेपत्ता नागरिकहरूको खोजी कार्य भइरहेको छ ।

विपद् जोखिम न्यूनीकरण प्राधिकरण र स्थानीय प्रशासनहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । विपद्का घटनाले विशेषगरी पहाडी भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको र लगातारको वर्षाले उद्धार कार्यमा समेत कठिनाइ भएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

२२ असोज, हेटौँडा । काठमाडौंपछि मकवानपुरमा पनि काठमाडौं महानगरका प्रमुख बालेन साह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहे...
विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

२१ असोज, हेटौँडा । मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले ५ करोड ४० लाख रुपैयाँ बजेट ...
चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

२२ असोज, हेटौँडा । चितवन जिल्लामा जापानीज इन्सेफ्लाइटिस ९जेई० को संक्रमण फैलिँदै जाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जनस्वास्थ...
आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

२१ असोज, हेटौँडा । गत भदौ २० गते घरमा आगलागी हुँदा घाइते भई असोज १ गते मृत्यु भएका बकैया–५ श्रीपुरका लिलाराम जिम्बाको परिवारलाई बा...
पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

१८ असोज, हेटौँडा। पाँचथरमा भएको एक भीषण सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहर...
अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

१८ असोज, हेटौँडा। देशका विभिन्न भागमा परिरहेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । यसैबीच सरकारले थप दुई दिन — आइतबार र सोमबार...
अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

१८ असोज, हेटौंडा । शनिवार बिहानदेखि परिरहेको अविरल वर्षाका कारण बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरो र नदीनालाहरुमा जलसतह बढ्दा...
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन असोज १८ देखि २० गतेसम्म सञ्चालनमा रोक

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन असोज १८ देखि २० गतेसम्म सञ्चालनमा रोक

१७ असोज, हेटौँडा । सरकारले असोज १८, १९ र २० गते काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज