कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको सुरुवात गरेको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीको व्यवहार सुधार, सिकाइ क्षमता वृद्धि, घर(विद्यालय समन्वय सुदृढीकरण तथा समूदायमा सकरात्मक परिवर्तन ल्याउनुनै कार्यक्रमको मुख्य उद्देश्य रहेको शिक्षा शाखा प्रमुख समीर जोशीले बताए ।
बालबालिका सम्बन्धी जनचेतनामूलक गतिविधि, अभिभावक शिक्षा, सामाजिक सचेतना तथा सरोकारवालाबीच अन्तरक्रियाले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कैलाश २ मा अवस्थित कमलादेवी माविमा वडा २ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक राजेन्द्र घिसिङको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले गाउँपालिकाले अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमलाई नीति तथा कार्यक्रममा राखेर यसवर्षदेखी कार्यक्रम सञ्चालन गरिएको बताए ।
बालबालिकाको निगरानी अभिभावकको हो, शिक्षा नीति अनुरुप अभिभावकलाई शिक्षा दिनु आवश्यक रहन्छ, मुक्तानले भने । बालबालिकाको सोच परिवर्तन गरि शिक्षा प्रदान गरिनुका साथै अभिभावकको सुझाव अनुसार स्थानीय सरकारले आवश्यक नीति निर्माण गरिने बताए ।

सामाजिक सञ्जालले विद्यार्थीहरु मात्र नभई अभिभावकमा पनि ठुलो असर पर्दै गइरहेको अध्यक्ष मुक्तानले बताए । ‘सञ्जालले सकरात्मक भन्दा नकरात्मक विषयवस्तु बढि पाइने भएकाले पठनपाठनमा समेत असर पुगेको देखिन्छ । कैलाशमा शिक्षामा सुधार भइरहेको छ, सिक्ने र सिकाउने कार्य निरन्तर रहिरहने भएकाले विद्यालयमा मात्र नभई आफ्ना बच्चाहरुलाई घरमा पनि अभिभावकहरुले पठनपाठनमा ध्यान दिनुपर्छ,’ उनले भने ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले विद्यार्थीलाई शिक्षित बनाउन अभिभावकको ठुलो भूमिका रहने बताए । प्रविधिसँग जोडिनु राम्रो हो तर अहिले मोवाईल प्रयोगले पठनपाठनमा समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालले विद्यार्थीको पढाईमा असर पुगेको र त्यसमा अभिभावकले ध्यान दिनु जरुरी रहेको बताए । ‘विद्यालयमा मात्र होइन बालबालिकाले घरमा पनि कसरी पठनपाठनमा सहयोग पुर्याउने हो त्यसतर्फ ध्यान दिनुपर्छ,’ उनले भने, ‘बलबालिकाको पहिलो पाठशाला घर र विद्यायलमा शिक्षक अभिभावक हुन् ।’

कार्यक्रममा वडाध्यक्ष राजेन्द्र घिसिङले बालबालिकाको पढाईमा शिक्षक र अभिभावक दुबैको दायित्व रहने बताए । अभिभावकले घरमा संस्कार सिकाउनुपर्यो र शिक्षकले विद्यालयमा शिक्षा दिनुपर्यो, यी दुबै भएपछि मात्रै असल र सफल विद्यार्थी बन्ने बताए । सामूदायिक विद्यालयमा पढाएर पनि विद्यार्थीको भविष्य राम्रो रहने बताउँदै पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले विद्यार्थी र अभिभावकको दुरी लम्बिएको बताए । माध्यामिक शिक्षाको जग प्राथमिक शिक्षा हो, हामीले प्राथमिक शिक्षालाई प्राथमिकतामा राखेर पठनपाठन गरिनुपर्ने बताए ।

कार्यक्रममा मुख्य प्रशिक्षक अभिषेक घिमिरेले अभिभावक शिक्षा र सचेतना सम्बन्धी कार्यपत्र प्रस्तुत गरी शिक्षा प्रदान गरेका थिए । विहीबार कमलादेवी मावि र वडा ६ मा रहेको व्यास माविको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख समीर जोशीले जानकारी दिए । कार्यक्रममा २ नम्बर वडामा रहेका विभिन्न विद्यालयका अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...