११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन
७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्रदेश प्रमुख सिफारिश गर्ने निर्णयसहित तीन वटा निर्णय गरेको छ। बागमती प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वानदेखि मन्त्रालय पुनर्संरचना र अस्पताल व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रदेशसभाको अधिवेशन आगामी जेठ ११ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम, बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारीस्वरूप अधिवेशन बोलाउने निर्णय गरेको जनाएको छ । प्रदेश प्रमुखबाट संविधानअनुसार अधिवेश...















