Breaking News 2

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, हेटौँडा
८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्यांकर ठोक्किँएर भएको दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पर्वतको मोदी गाउँपालिका–६ की ३५ वर्षीया लक्ष्मी रानाको मंगलबार राति हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सोमबार दिउँसो भएको दुर्घटनामा ३९ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर थियो भने अन्य मध्यम र सामान्य घाइते थिए । अधिकांश घाइते उपचारपछि घर फर्किसकेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । अस्ति सोमबार चितवनबाट वीरगन्जतर्फ आउँदै गरेको ना ६ ख २११९ को यात्रुबाहक बस टायर पड्किँदा अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० मालबाहक...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र तेल ट्याङकर आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीका अनुसार चितवनबाट बिरगंजतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको चालक साइडको टायर पड्किएपछि बस अनियन्त्रित बनेको थियो । उक्त बस हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको र त्यसपछि सो ट्रक अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ जाँदै गरेको ना ७ ख १७७४ नम्बरको खाली तेल ट्याङकरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ३१ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरू मध्यम तथा सामान्य चोटपटकसहित हेटौंडा अस्पताल मकवानपुर र सिएमसी चुरेहिल अस्पतालमा उपचाररत छन् । दुर्घटनापछि इलाका प्रहरी कार्यालय...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक यातायात सहज र अवरोधबिना सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विशेष व्यवस्था स्वरूप रुट परमिट खुला गरेको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब गाडीहरू रुट नलिईकनै गन्तव्यसम्म जान पाउनेछन् । तर, विशेष कारणले कुनै बाटोमा चल्न निषेध गरिएका सवारी साधनका हकमा भने पूर्ववत् प्रतिबन्ध कायम नै रहनेछ । रुट परमिटको यो व्यवस्था आउँदो असोज २२ गतेसम्म मात्र लागू हुने स्वाँरले जानकारी दिनुभयो । साथै यात्रुहरूले सार्वजनिक गाडीमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्ने महासङ्घले स्पष्ट पारेको छ । चाडपर्वको समयमा खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानीलाई सहज बनाउन सरकारको निर्णयअनुसार ट्रेलरजस्ता ठूला गाडी भने आजदेखि पूर्णिमासम्म नारायण...
जेन जी आन्दोलनबाट क्षती पुगेका स्थानको मुख्यमन्त्री बानियाँले गरे निरिक्षण (तस्वीरहरु)

जेन जी आन्दोलनबाट क्षती पुगेका स्थानको मुख्यमन्त्री बानियाँले गरे निरिक्षण (तस्वीरहरु)

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२ असोज, हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ २३ र २४ गते भएको ‘जेन जी आन्दोलन’का क्रममा क्षती पुगेका सरकारी संरचनाहरुको बिहीबार स्थलगत निरिक्षण गरेका छन् । मुख्यमन्त्री बानियाँले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका प्रभावित निकायमा पुगेर अवस्थाको जानकारी लिएका हुन् । आन्दोलनको क्रममा बागमती प्रदेश सरकार अन्तर्गतका ९ वटा मन्त्रालय र मातहतका कार्यालयहरुमा तोडफोड तथा आगजनी भएको थियो । त्यस क्रममा सरकारी भवनहरु, फर्निचर, फाइल कागजात र सवारी साधनमा ठूलो क्षति पुगेको छ । मुख्यमन्त्री बानियाँले क्षतीग्रस्त स्थल अवलोकन गर्दै भौतिक संरचना पुनःनिर्माण र सेवाग्राही प्रभावित नहुने गरी आवश्यक कदम चालिने बताए। 'प्रदेश सरकार जनतासँगै उभिएको छ । यथासिघ्र क्षति...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, हेटौँडा
३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन्, जसमा ३ जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज दिउँसो करिब २ः५० बजे तनहुँस्थित २ नम्बर राजदल गणबाट धनुषातर्फ गइरहेका ४ वटा सेनाका ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको हो । उप सेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा गइरहेका ट्रकहरू मध्ये एक ट्रक पुलबाट करिब १०/१२ फिट तल खोल्सामा खसेको मकवानपुर प्रहरीले जनाएको  छ । दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको कमाण्डमा प्रहरी टोली, जिल्ला ट्राफिक कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर, रातोमाटे प्रहरी चौकी र अमलेखगञ्ज (बारा) बाट खटिएका टोलीले नेपाली सेनासँगको सहकार्यमा उद्धार गरेका...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु र निषेधाज्ञा हटेपछि सवारीसाधन सञ्चालनमा आएका छन् भने बजार र पसलहरू आंशिक रूपमा खुलेका छन् । यद्यपि शनिबार सरकारी बैंक, वित्तीय संस्था र शैक्षिक संस्थाहरू भने बन्द नै रहेका छन्। गत २३ भदौबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलन २४ गते हिंस्रक बनेपछि सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीका घटना भएको थियो। त्यसलगत्तै जिल्ला प्रशासन कार्यालयले दिउँसो निषेधाज्ञा र राति कर्फ्यु लागू गरेको थियो। सुरक्षा व्यवस्था कायम राख्न जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त उपस्थिति रहेको हेटौँडामा प्रशासनले बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र आवतजावतको अनुमति दिएको थियो। तर, शनिबार बिहानैदेखि बजार क्षेत्रमा चहलपहल ...
मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी

मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
२६ भदौ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको शान्तिसुरक्षा र जनसुरक्षालाई मध्यनजर गर्दै निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९६० बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबारदेखि लागू हुने गरी आदेश जारी गरिएको हो । जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार अर्को आदेश जारी नभएसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म निषेधाज्ञा रहनेछ । त्यस्तै, बिहान ६ बजेदेखि ९ बजेसम्म कर्फ्यु आदेश लागू हुने जनाइएको छ। साथै अत्यावश्यक कामका लागि बिहान ५ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ। निषेधाज्ञा तथा कर्फ्यु अवधिमा सभा, जुलुस, भेला, प्रदर्शन र िडभाड पूर्णतः निषेध गरिएको छ । तर, अत्यावश्यक सेवामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, दमकल, एम्बुलेन्स, शववाहन, औषधि तथा खाद्यान्न ढु...
हेटौँडामा जेनजीे आन्दोलनः सरकारी कार्यालय र एमाले कांग्रेसका नेताहरुको घरमा तोडफोड र आगजनी

हेटौँडामा जेनजीे आन्दोलनः सरकारी कार्यालय र एमाले कांग्रेसका नेताहरुको घरमा तोडफोड र आगजनी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, हेटौँडा
२४ भदौ, हेटौँडा । सोमबारबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलनले मंगलबार उग्र रूप लिँदा बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी भएका छन् । बिहान शान्तिपूर्ण रुपमा सुरू भएको प्रदर्शन दिउँसोतिर हिंसात्मक मोडमा परिणत भएको थियो । उनीहरुको तोडफोड र आगजनतीबाट करोडौको धनमाल नष्ट भएको छ भने, सरकारी कागजात जलेर नष्ट भएका छन् । आन्दोलनकारीहरूले बागमती प्रदेश सभा, प्रदेश सरकारका मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, पाटन उच्च अदालत हेटौँडा, मकवानपुर जिल्ला अदालत, राजस्व कार्यलय, लोकसेवा आयोग, हेटौँडा उपमहानगरपालिका, नापी विभाग, सञ्जयकोषको निर्माणधिन भवन, जिल्ला समन्वय समतिको कार्यलय, ४ र १० नम्बर वडा कार्यलयमा तोडफोड र आगजनी भएको छ । आन्दोलनकारीहरुले ती कार्यलयमा प्रवेश गरेर तोडफोड गर्नुका साथै कागजात र सवारीसाधन तथा भौतीक संरचनामा समेत आगो लग...
कांग्रेस–एमाले गठबन्धनको औचित्य सकियोः महामन्त्री थापा

कांग्रेस–एमाले गठबन्धनको औचित्य सकियोः महामन्त्री थापा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२३ भदौ, हेटौँडा । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमाले गठबन्धनको औचित्य समाप्त भएको बताएका छन् । सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा थापाले जनतालाई सुशासन दिने उद्देश्यले बनेको सरकार जनअपेक्षा पूरा गर्न असफल भएको भन्द्यै गठबन्धनलाई निरन्तरता दिन औचित्य नरहेको बताएका हुन् । कांग्रेसले यसबारे गम्भीर पुनर्विचार गर्नुपर्ने उनको भनाई छ । ‘सुशासन दिने उद्देश्यले बनेको यो सरकार जनअपेक्षा पूरा गर्न असफल भएको छ। त्यसैले यस गठबन्धनलाई निरन्तरता दिन औचित्य छैन। कांग्रेसले यसबारे गम्भीर पुनर्विचार गर्नुपर्छ,’ उनले भने । यस्तै महामन्त्री थापाले सोमबार भएको जेन–जीको प्रदर्शनमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । उनले सरकारले शान्तिपूर्ण आन्दोलनमा चरम दमन गरेको भन्दै घटनाको नैतिक जिम्मा प्रधानमन्त्रीकै कन्धामा जाने स्पष्ट...
जेन–जी प्रदर्शनको घटनापछि गृहमन्त्री लेखकको राजीनामा

जेन–जी प्रदर्शनको घटनापछि गृहमन्त्री लेखकको राजीनामा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२३ भदौ, हेटौँडा । जेन–जी पुस्ताले देशभर गरेको प्रदर्शन हिंसात्मक बन्दै ठूलो जनधनको क्षति भएको घटनापछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सरकारका एक मन्त्रीका अनुसार मन्त्री लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमै आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्। उनले जेन–जी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै राजीनामा दिएका हुन् । सोमबार भएको प्रदर्शन हिंसात्मक रूप लिँदा देशभर कम्तीमा १९ जनाले ज्यान गुमाएका छन् । घटनामा तीन सयभन्दा बढी घाइते भएका छन् । विभिन्न सहरमा सुरक्षा निकाय र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोलीसमेत चल्दा ठूलो जनधनको क्षति भएको हो।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज