चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर गैँडाको मृत्यु

२८ चैत, हेटौँडा । चितवन राष्ट्रिय निकुञ्जभित्र गोली लागेर एक पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्ज सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि प्रतिकारस्वरूप चलाइएको गोली लाग्दा करिब २४ वर्ष उमेरको पोथी गैँडाको घटनास्थलमै मृत्यु भएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार शुक्रबार दिउँसो नयाँ गोरख गणअन्तर्गत नवलपुर सेक्टरको सेरी सुरक्षा पोष्टबाट पैदल गस्तीमा गएका चार जना सिपाहीमाथि गैँडाले आक्रमण गरेको थियो । घटना अमलटारी सेक्टरबाट करिब पाँच किलोमिटर टाढा निकुञ्जको कोर क्षेत्रमा भएको हो ।

अर्धवयस्क बच्चासहितको आमा गैँडासँग जम्काभेट भएपछि गैँडाले सिपाहीको टोलीमाथि आक्रमण गरेको थियो । सुरक्षाकर्मीले भाग्ने प्रयास गरे पनि गैँडाले लखेट्न नछोडेपछि सुरुवातमा १० राउन्ड हवाइ फायरिङ गरेको निकुञ्जले जनाएको छ ।

तर हवाइ फायरिङपछि पनि गैँडाले आक्रमण जारी राखेपछि गस्तीमा रहेका सिपाही विकास घर्तीलाई लडाएर लछारपछार गर्न थालेको थियो। साथीको ज्यान जोगाउन गस्तीमा रहेका सुरक्षाकर्मीले थप दुई राउन्ड गोली चलाउँदा गैँडालाई गोली लागेको र घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी थापा मगरले बताए ।

सुरक्षाकर्मीले चलाएको गोली गैँडाको पेटभन्दा माथि करङ क्षेत्रमा लागेको थियो । निकुञ्जका प्राविधिक टोलीले मृत गैँडाको पोस्टमार्टम गरिसकेको छ । निकुञ्जका अनुसार गैँडाको खाग र खुर सुरक्षित अवस्थामा रहेको छ । घटनामा गैँडाको आक्रमणबाट सिपाही विकास घर्ती गम्भीर घाइते भएका छन् । उनको ढाड, कम्मरलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको बताइएको छ । हाल उनको काठमाडौंस्थित वीरेन्द्र अस्पताल, छाउनीको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...