हेटौँडा

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध हालै चालिएको कदमप्रति गम्भीर आपत्ति जनाएको छ । जिल्ला सभापती बुद्ध लामाद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा सरकारद्वारा सम्पत्ति शुद्धीकरण अनुसन्धानको नाममा अस्वाभाविक तथा राजनीतिक पूर्वाग्रहबाट प्रेरित कार्य गरिएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कदमले लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनमाथि प्रत्यक्ष प्रहार गरेको उल्लेख गरिएको छ । जिल्ला सभापति बुद्ध लामा द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी गरिएको अनुसन्धानप्रति आपत्ति जनाउँदै निष्पक्षता र पारदर्शिताको सिद्धान्त विपरीतका गतिविधि अस्वीकार्य हुने स्पष्ट पारिएको छ । कांग्रेस मकवानपुरले लामो समयदेखि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध व्यक्...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू विरोधमा उत्रिएका छन् । सोमबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङबाट र्‍याली निकाल्दै उनीहरू जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेका थिए । प्रदर्शनकारीले सुकुमवासी बस्ती हटाउने सरकारी कदमको विरोध गर्दै व्यवस्थापनको मागसहित प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र प्रशासनमार्फत बुझाएका छन्। नाराबाजीसहित भएको प्रदर्शनमा सहभागीहरूले ‘उठीवास होइन, व्यवस्थापन गर’ भन्ने माग अघि सारेका थिए । उनीहरूले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख वसन्त अधिकारी र हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालाई ज्ञापानपत्रसमेत बुझाएका हुन् । सरकारले केही दिनदेखि काठमाडौं उपत्यकाका अतिक्रमित बस्ती खाली गर्न थालेपछि गृह मन्त्रालयले अन्य जिल्लामा पनि लगत संक...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, हेटौँडा
६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थप गर्ने भएको छ । विद्यालयले शैक्षिक वर्ष २०८३र८४ देखि व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट र शिक्षा विषय सञ्चालनमा ल्याउने तयारी गरेको हो । यसअघि विज्ञान, सिभिल इन्जिनियरिङ र व्यवस्थापन विषय अध्यापन गराउँदै आएको विद्यालयले समयअनुकूल सीपमुखी र रोजगारी उन्मुख शिक्षा प्रदान गर्ने उद्देश्यसहित नयाँ विषय थप गर्न लागेको जनाएको छ । होटल म्यानेजमेन्ट अध्ययनका लागि आवश्यक सुविधा सम्पन्न ल्याबसमेत स्थापना गरिने जानकारी दिइएको छ । आइतबार आयोजित कक्षा १२ का विद्यार्थीको बधाई तथा विदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नवीन सिग्देलले प्रविधिमैत्री, व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिँदै कक्षाहरू ...
मकवानपुर पादरी संघको रक्तदान

मकवानपुर पादरी संघको रक्तदान

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, हेटौँडा
२० चैत, हेटौंडा । मकवानपुर पादरी संघले हेटौंडामा रक्तदान कार्यक्रम गरेको छ । पादरी संघका जिल्ला अध्यक्ष पाष्टर सुबास गोपाली र योगदान राष्ट्रका लागि अभियानका प्रदेश अध्यक्ष पाष्टर पदम सेढाईले रक्तदान गरेपछि शुरु भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । हेटौंडाको बुद्ध चोकमा गरिएको रक्तदान गूड् फ्राइडेको अवसरमा गरिएको हो । स्टर सण्डे ( आइतबार ) कादिन हेटौंडामा बिहान मोटरसाइकल र्याली गर्ने संघ जिल्ला अध्यक्ष गोपालीले जानकारी दिए । येशुख्रीष्टको मृत्यु र पुनरुत्थानको सम्झनामा यस्ता कार्यक्रमहरु गर्ने गरेको इसाईहरु बताउँछन् ।...
एसईईमा अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

एसईईमा अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, हेटौँडा
२० चैत, हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक एसइई परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८२ चैत २० गते बिहान करिब ८ बजे हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसइई परीक्षा केन्द्रमा अर्काको नामको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएका एक युवकलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका–४ घर भई हाल हेटौँडा–४ मा बस्दै आएका तथा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत करिब १७/१८ वर्षीय बिराज विक रहेका छन् । प्रहरीले जनाएको अनुसार विकले मकवानपुर हेटौँडा–१२ पदमपोखरी बस्ने किशोर श्रेष्ठका छोरा करिब १९ वर्षीय अंकिश श्रेष्ठको नामको प्रवेशपत्रमा आफ्नो फोटो राखेर परीक्षा दिन आएको प्र...
हेटौँडा १५ भोर्लेमा गोठमा आगलागी हुँदा १० वटा बाख्रा जलेर मरे

हेटौँडा १५ भोर्लेमा गोठमा आगलागी हुँदा १० वटा बाख्रा जलेर मरे

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, हेटौँडा
२० चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ भोर्ले बस्ने सानुकाजी स्याङ्वोको काठ र जस्ताबाट बनेको गोठमा आगलागी हुँदा १० वटा बाख्रा जलेर मरेका छन् । आगलागिबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी रातोमाटेका अनुसार, माघ १९ गते साँझ करिब ७ः१५ बजे आगो लागेको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक गौरिशंकर साहको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । दमकल र स्थानीयको सहयोगमा करिब ७ः४० बजे आगो पूर्ण रूपमा निभाइएको थियो । आगलागीका कारण एउटा गाईको बाच्छी घाइते भएको छ भने गोठ पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार, आगलागीको कारण गोठको छेउमा मुसा धपाउन बालेको आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।...
हेटौँडा–४ का २६ टोल विकास संस्थाहरुको बैठक, सडक सरसफाइदेखि तालिम सञ्चालनसम्मका निर्णय

हेटौँडा–४ का २६ टोल विकास संस्थाहरुको बैठक, सडक सरसफाइदेखि तालिम सञ्चालनसम्मका निर्णय

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
३० फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का टोल विकास संस्थाको संयुक्त बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ । वडाभित्रका २६ वटा टोल विकास संस्थाका प्रतिनिधि सहभागी बैठकले स्थानीय सरसफाइ, तालिम सञ्चालन तथा टोल व्यवस्थापनसँग सम्बन्धित विभिन्न सात निर्णय गरेको हेटौँडा ४ का वडा अध्यक्ष नविन सिग्देलले जानकारी दिए । बैठकले वडाभित्रका सबै सडकलाई सरसफाइ गर्दै कच्ची, खाल्डाखुल्डी तथा हिलो–धुलोमुक्त बनाउन वडा कार्यालयले ल्याएको योजना २०८२ भित्र कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको उनको भनाई छ। यस्तै, वडा कार्यालयको आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा चैत्र १२ गते ‘भान्सा नै औषधालय’ कार्यक्रम वडा नम्बर ४ का सबै टोल विकास संस्थाको सहभागितामा सञ्चालन गर्ने निर्णय गरिएको छ । बैठकले वडा कार्यालयको समन्वयमा सञ्चालन हुने निःशुल्क मन्टेश्वरी तथा कुक तालिममा सूचनामा उ...
यातायात कार्यालय हेटौँडाका अधिकृतसहित दुईजना पक्राउ

यातायात कार्यालय हेटौँडाका अधिकृतसहित दुईजना पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, हेटौँडा
१२ फागुन, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय हेटौंडामा कार्यरत एक अधिकृत र एकजना बिचौलियालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। आयोगको हेटौँडा कार्यालयका सूचना अधिकारी बिमोचन घिमिरेका अनुसार सवारी सरुवा सहमतिको काम गरिदिने नाममा सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि खटिएको टोलीले दुईजनालाई नियन्त्रणमा लिएको हो। सूचना अधिकारी घिमिरेले बिचौलियाको भूमिका निर्वाह गर्ने लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई ११ हजार ५ सय रुपैयाँ लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका पौडेलको बयानका आधारमा घटनामा संलग्न रहेको पाइएपछि अख्तियारले छैटौं तहका अधिकृत अमृत भेटुवाललाई पनि नियन्त्रणमा लिएको हो। दुवैलाई यातायात व्यवस्था कार्यालय, हेटौँडाको परिसरबाटै नियन्त्रणमा लिइएको हो। आयोगको टोलीले घटनास्थलबाट ३ थान मोबाइल सेटसमेत बरामद गरेको जनाएको छ। पक्...
पार्टीको झण्डा जलाएको घटनाविरुद्ध मकवानपुरमा युवा संघको प्रदर्शन

पार्टीको झण्डा जलाएको घटनाविरुद्ध मकवानपुरमा युवा संघको प्रदर्शन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
८ फागुन, हेटौँडा । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताले नेपाल कम्युनिष्ट पार्टी एमालेको झण्डा जलाएको घटनाविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन गरिएको छ। राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको नेतृत्वमा हेटौँडामा निकालिएको जुलुसमा सहभागी युवाहरूले उक्त गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएका छन्। प्रदर्शनकारीहरूले झण्डा जलाउने कार्य अस्वीकार्य भएको भन्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन् । राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले झण्डा जलाउने कार्यले राजनीतिक संस्कार र सहिष्णुतामाथि प्रहार गरेको टिप्पणी गर्दै २४ घण्टाभित्र सम्बन्धित पक्षले स्पष्ट धारणा सार्वजनिक गरी कारबाही प्रक्रिया अघि नबढाए बृहत् आन्दोलनमा जाने चेतावनी दिए । उनले फागुन ११ गते बालेन शाह र रवि लामिछाने सहभागी हुने कार्यक्रममा संयमता अपनाउनसमेत आग्रह गरेका छन् । प्रदर्शन...
मकवानपुर–२ मा बुद्ध लामाको अभियान तीव्र विकास र सुशासनका लागि कांग्रेसलाई जिताउन आग्रह

मकवानपुर–२ मा बुद्ध लामाको अभियान तीव्र विकास र सुशासनका लागि कांग्रेसलाई जिताउन आग्रह

Breaking News 1, samachar, इन्द्रसरोवर, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, थाहा, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
७ फागुन, हेटौंडा । आसन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेस का उम्मेदवार बुद्ध लामा ले आफ्नो चुनावी अभियान तीव्र पारेका छन् । कघरदैलो तथा भेटघाट कार्यक्रममा सहभागी हुँदै लामाले विकास, सुशासन र राजनीतिक स्थायित्वका लागि कांग्रेसलाई जिताउनुपर्ने बताएका छन् । उनले लामो समयदेखि क्षेत्र नं. २ मा विद्यमान सुकुम्बासी, भूमिहीन, शिक्षा, स्वास्थ्य, सडक तथा बेरोजगारीलगायतका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । लामाले यस क्षेत्रमा कम्युनिष्ट दलहरूले पटकपटक निर्वाचन जित्दै आए पनि स्थानीयस्तरमा अपेक्षाअनुसार विकासको गति बढाउन नसकेको दाबी गरे । रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सेवा प्रवाह सुदृढीकरणमा कमजोरी देखिएको उनको भनाइ छ । निर्वाचन जितेमा पूर्वाधार विकास, सडक सञ्जाल विस्तार तथा सामाजिक क्षेत्रका समस्याको समाधानका लागि नीतिगत पहल गर...