२० चैत, हेटौंडा । मकवानपुर पादरी संघले हेटौंडामा रक्तदान कार्यक्रम गरेको छ । पादरी संघका जिल्ला अध्यक्ष पाष्टर सुबास गोपाली र योगदान राष्ट्रका लागि अभियानका प्रदेश अध्यक्ष पाष्टर पदम सेढाईले रक्तदान गरेपछि शुरु भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।
हेटौंडाको बुद्ध चोकमा गरिएको रक्तदान गूड् फ्राइडेको अवसरमा गरिएको हो । स्टर सण्डे ( आइतबार ) कादिन हेटौंडामा बिहान मोटरसाइकल र्याली गर्ने संघ जिल्ला अध्यक्ष गोपालीले जानकारी दिए ।
येशुख्रीष्टको मृत्यु र पुनरुत्थानको सम्झनामा यस्ता कार्यक्रमहरु गर्ने गरेको इसाईहरु बताउँछन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।