Breaking News 2

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र लेखक पक्राउ

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र लेखक पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१४ चैत, हेटौँडा । केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । भदौ २३ र २४ गते ‘जेन–जी’ नाममा भएको आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै ओली र लेखकलाई शनिवार बिहान् पक्राउ गरिएको हो । प्रहरी स्रोतका अनुसार आवश्यक अनुसन्धानका लागि कानुनी प्रक्रिया पूरा गरी दुवै जनालाई नियन्त्रणमा लिइएको हो । ओली र लेखकको पक्राउसँगै देशको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । समर्थकहरूले घटनाको विरोध जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी एमाले लगायतका दलहरूले पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका छन् । उनीहरूले उक्त कदमलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गरेका छन् ।...
राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य केसीले लिए शपथ

राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य केसीले लिए शपथ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
११ चैत, हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवास मा बुधबार आयोजित समारोहमा केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । ज्येष्ठ सदस्यले प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालन गर्ने संवैधानिक व्यवस्था अनुसार केसीले अब संसद् बैठक सञ्चालन तथा अन्य प्रारम्भिक प्रक्रिया अघि बढाउनेछन् ।...
अफिमजस्तो लागुऔषधसहित एक जना पक्राउ

अफिमजस्तो लागुऔषधसहित एक जना पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनहरी, राजनीति
६ चैत । मकवानपुरको मनहरीमा अफिमजस्तो देखिने प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा मनहरी गाउँपालिका–७ स्थित मनकामना सामुदायिक वन क्षेत्रबाट शंकास्पद अवस्थामा हिँडिरहेका ३२ वर्षीय देबचन्द्र घलानलाई पक्राउ गरेको हो । उनी सोही गाउँपालिका–६ रुपाचुरी निवासी हुन् । प्रहरीले रीतपूर्वक खानतलासी गर्दा घलानको साथबाट तीन वटा पोका अफिमजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ। उक्त पदार्थको तौल गर्दा जम्मा ३ किलो ४७८ ग्राम रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत बाट लागुऔषध सम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
बालेन्द्र शाहले १३ गते प्रधानमन्त्री पदको शपथ लिने  तयारी

बालेन्द्र शाहले १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
६ चैत, हेटौँडा । नवनिर्वाचित सांसदहरूले शपथ लिने १३ चैतमा, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने र प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन्। रास्वपाका शीर्ष नेताहरूले सरकार गठन र मन्त्रिपरिषद्को संरचनाबारे छलफल गर्दै १५ मन्त्रालयको सीमामा समझदारी गरेका छन्। रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहितको बैठकमा प्रधानमन्त्रीको शपथ र मन्त्रिपरिषद् गठनबारे विस्तृत छलफल भएको हो। बिहीबार भएको बैठकमा, सरकारको सुरुवाती प्राथमिकताबारे पनि परामर्श भएको छ। प्रतिनिधिसभामा झन्डै दुई तिहाइको सशक्त बहुमत प्राप्त भएको कारण, सांसदको शपथ १२ चैतमा लिइने र त्यसपछि मात्र प्रधानमन्त्री पदको शपथ लिने निर्णय रास्वपाका नेताहरूले गरेका छन्। यस क्रममा, प्रधानमन्त्रीको शपथ लिने दिनै मन्त्...
आज पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

आज पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
ज्ञ चैत, हेटोँडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावका कारण देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लागेको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ। देशका हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । त्यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा ह...
एमालेले समानुपातिक सांसदका लागि१६ जनाको नाम टुङ्ग्यायो

एमालेले समानुपातिक सांसदका लागि१६ जनाको नाम टुङ्ग्यायो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
३० फागुन, हेटौंडा । नेकपा (एमाले) ले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूको नाम टुङ्गो लगाएको छ। आज बसेको पार्टी सचिवालय बैठकले समानुपातिक सांसदहरूको नामावली अन्तिम रूप दिएको एमालेका सचिव महेश बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न क्लस्टरका आधारमा सांसद चयन गरेको हो। प्रतिनिधिसभा निर्वाचनमा एमालेले समानुपातिकतर्फ १६ सिट जितेको छ। सोहीअनुसार विभिन्न समुदाय र समूहबाट सांसद चयन गरिएको पार्टीले जनाएको छ। जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य चयन भएका छन्। खस आर्य क्लस्टरबाट पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र), गुरु प्रसाद बराल र पुष्पराज कंडेल चयन भएका छन्। थारु क्लस्टरबाट कृपाराम राणा, दलित क्लस्टरबाट विष्णुमाया वी.के. र नीता घटानी चयन भएका छन्। त...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन वडा अध्यक्ष सिग्देलको आग्रह

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन वडा अध्यक्ष सिग्देलको आग्रह

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, स्वास्थ्य
३० फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन आग्रह गरेका छन्। प्रतिष्ठानमार्फत स्वास्थ्य सेवा, अध्यापन र अनुसन्धान क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै त्यसलाई कमजोर बनाउने प्रयास नगर्न उनले सबै पक्षलाई अपिल गरेका हुन्। वडा अध्यक्ष सिग्देलले करिब ६ वर्षअघि हेटौँडा अस्पतालको अवस्था कमजोर रहेको स्मरण गर्दै त्यसबेला दैनिक करिब २०० बिरामी आउने, ५० शय्याको अस्पतालमा १५–१६ जना डाक्टर र ४५ जना नर्सको दरबन्दी मात्र रहेको बताए। त्यतिबेला अस्पताललाई मुख्यतः बिरामी रिफर गर्ने केन्द्रका रूपमा मात्र हेरिने गरिएको उनको भनाइ छ। उनका अनुसार बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा २०७६ सालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि अस्पतालको स्तरमा उल्लेखनीय ...
हेटौँडा–४ का २६ टोल विकास संस्थाहरुको बैठक, सडक सरसफाइदेखि तालिम सञ्चालनसम्मका निर्णय

हेटौँडा–४ का २६ टोल विकास संस्थाहरुको बैठक, सडक सरसफाइदेखि तालिम सञ्चालनसम्मका निर्णय

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
३० फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का टोल विकास संस्थाको संयुक्त बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ । वडाभित्रका २६ वटा टोल विकास संस्थाका प्रतिनिधि सहभागी बैठकले स्थानीय सरसफाइ, तालिम सञ्चालन तथा टोल व्यवस्थापनसँग सम्बन्धित विभिन्न सात निर्णय गरेको हेटौँडा ४ का वडा अध्यक्ष नविन सिग्देलले जानकारी दिए । बैठकले वडाभित्रका सबै सडकलाई सरसफाइ गर्दै कच्ची, खाल्डाखुल्डी तथा हिलो–धुलोमुक्त बनाउन वडा कार्यालयले ल्याएको योजना २०८२ भित्र कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको उनको भनाई छ। यस्तै, वडा कार्यालयको आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा चैत्र १२ गते ‘भान्सा नै औषधालय’ कार्यक्रम वडा नम्बर ४ का सबै टोल विकास संस्थाको सहभागितामा सञ्चालन गर्ने निर्णय गरिएको छ । बैठकले वडा कार्यालयको समन्वयमा सञ्चालन हुने निःशुल्क मन्टेश्वरी तथा कुक तालिममा सूचनामा उ...
२५ वर्षका कान्छा सांसद प्रशान्त भन्छन्,– ‘यो मेरो होइन, जनताको जित हो’

२५ वर्षका कान्छा सांसद प्रशान्त भन्छन्,– ‘यो मेरो होइन, जनताको जित हो’

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२४ फागुन, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित संभवत सबैभन्दा कान्छ सांसद प्रशान्त उप्रेतीले आफ्नो जितलाई जनताको जितको रूपमा व्याख्या गरेका छन् । २०५७ साल जेठ १० गते मकवानपुरको मनहरीमा जन्मिएका उनी अहिले २५ बर्ष १० महिनाका भए ।राष्ट्रिय स्वतन्त्र पार्टी । रास्वपाबाट निर्वाचित उनले निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै नागरिकहरूले परिवर्तनको चाहना व्यक्त गर्दै मतमार्फत स्पष्ट सन्देश दिएको बताए । ‘यो हाम्रो भन्दा पनि जनताको जित हो । नागरिकहरूले परिवर्तन चाहनुभएको थियो र लोकतन्त्रमा आफ्नो सबैभन्दा ठूलो अधिकार प्रयोग गर्दै ब्यालेटमार्फत त्यसको उत्तर दिनुभएको छ,’ उनले भने । उनले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न इमान्दारपूर्वक काम गर्ने बताएका छन् । ‘मतदाताले राष...
चुनावी परिणामपछि एमाले मकवानपुर अध्यक्ष पोखरेलद्वारा राजीनामा घोषणा

चुनावी परिणामपछि एमाले मकवानपुर अध्यक्ष पोखरेलद्वारा राजीनामा घोषणा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२४ फागुन, हेटौँडा । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि नेकपा (एमाले) मकवानपुरमा राजनीतिक हलचल देखिएको छ। जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। पोखरेलले आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमिक्षा आवश्यक भएको उनले उल्लेख गरेका छन्। नेकपा माले हुँदै एमालेसम्मको आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्रा स्मरण गर्दै उनले अहिले पार्टीले भोगेको परिणामको वास्तविक कारण पहिचान गर्नुपर्ने बताएका छन्। समस्याको जरो नखोजी गोलमटोल भाषामा प्रतिक्रिया दिने र इर्ष्या तथा घमण्डपूर्ण प्रवृत्तिबाट समाधान सम्भव नहुने उनको भनाइ छ। “यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन। त्यसैले तलदेखि माथिसम्म सबैले ...