Breaking News 2

हेटौंडामा जेनजी सरकार बिरोधी प्रदर्शन (फोटो फिचर) 

हेटौंडामा जेनजी सरकार बिरोधी प्रदर्शन (फोटो फिचर) 

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२२ भदौ, हेटौंडा । भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताका लागि सामाजिक सञ्जाल फिर्ता लगाएतको माग राख्दै जेनजी पुस्ता हेटौंडामा पनि सडकमा उत्रिएको छ । सरकारको उल्टो कदमको बिरुद्ध अहिले हेटौंडा उपमहानगरपालिकाको गेटबाट भएको प्रदर्सन हेटौंडाको मुख्य बजारमा प्रदर्सन गरेका छन् । उनीहरु स्वतस्फूर्त सडकमा उत्रिएका हुन । उनिहरु बिरोधी पम्प्लेट र व्यानर लिएर नारा लगाएका थिए । सरकारको उल्टो बाटोमा हिडिरहेकोले त्यसको बिरोधमा सडकमा आउनुपरेको उनिहरुको भनाई छ । उनिहरुले बुद्धचोकसम्म पैदल यात्रा उल्टो हिडेर पनि सांकेतीक रुपमा सरकारको विरोध गरेका थिए ।...

चेपाङ संस्कृति संरक्षणमा प्रदेश सरकार तत्पर स् मन्त्री श्रेष्ठ

Breaking News 2, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
२२ भदौ, चितवन । बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले चेपाङ समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ प्रतिबद्ध रहने बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आज आयोजित चेपाङ समुदायको मौलिक पर्व न्वागी विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चिउरी, चमेरो र चेपाङ एकीकृत बस्ती जस्ता कार्यक्रमलाई निरन्तरता दिने आश्वासन दिए । ‘हाम्रो संस्कार, संस्कृति, भाषा र भेषभूषा जोगाउन सकेनौँ भने अरूले जोगाइ दिँदैनन । त्यसैले यसलाई जीवित राख्न सरकारले विशेष प्राथमिकताका साथ काम गर्नेछ,’ मन्त्री श्रेष्ठले भने । उनले चेपाङ समुदायको भाषा संकटमा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै ८४ हजारभन्दा बढी जनसंख्या भएको समुदायमध्ये आधाभन्दा कमले मात्र मातृभाषा बुझ्ने तथ्य गम्भीर रहेको उल्लेख गरे । ‘यो पहिचान जोगाउन मन्त्रालय निरन्तर सहयोग गर्...
चैपाङ जातिको न्वागी  पर्वमा आइतबार बागमतिका तीन जिल्लामा सार्वजनिक विदा

चैपाङ जातिको न्वागी  पर्वमा आइतबार बागमतिका तीन जिल्लामा सार्वजनिक विदा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति
२० भदौ' हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वागी अर्थात छोनाम पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै आगामी आइतबार २२ भदौमा मकवानपुरसहित चितवन र धादिङ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रालय बागमती प्रदेश राजपत्रमा यसअघि प्रकाशित निर्णयअनुसार नै चैपाङ समुदायले मनाउने छोनाम पर्वमा चेपाङ समुदायको बाहुल्यता रहेका प्रदेशका ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको छ। यस निर्णयसँगै आइतबार चितवन, मकवानपुर र धादिङका सरकारी तथा सार्वजनिक निकाय बन्द रहनेछन् ।...
हेटौँडा अस्पतालको निर्देशकमा डा. सापकोटा नियुक्त

हेटौँडा अस्पतालको निर्देशकमा डा. सापकोटा नियुक्त

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
१६ भदौ, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडाअस्पतालको निर्देशक पदमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा। रामचन्द्र सापकोटा नियुक्त भएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरे । उक्त अवसरमा मन्त्री थापाले हेटौँडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्वको आवश्यकता भएकाले जिम्मेवारी दिएको बताए । उनले डा. सापकोटा जस्तो अनुभवी र दक्ष चिकित्सकको नेतृत्वमा अस्पतालको सेवा स्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण हुने विश्वास व्यक्त गरे । चितवन घर भएका वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटा हाल हेटौँडा अस्पतालका नि. निर्देशकको जिम्मेवारीमा थिए । पोखरास्थित मण...
बागमती प्रदेशसभामा लिपुलेक विवादबारे संकल्प प्रस्ताव पारित गर्न माग

बागमती प्रदेशसभामा लिपुलेक विवादबारे संकल्प प्रस्ताव पारित गर्न माग

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१६ भदौ, हेटौँडा । बागमती प्रदेशसभा सदस्यहरूले नेपाल–भारत–चीनबीचको त्रिदेशीय सीमा विवाद समाधानका लागि संसद्बाट संकल्प प्रस्ताव पारित गर्न माग गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकको विशेष समयमा सांसदहरूले सरकारले कूटनीतिक पहलमार्फत लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्रको विवाद समाधान गर्नुपर्नेमा जोड दिए । संख्यात्मक रूपमा बलियो सरकार भए पनि सीमा विवादजस्ता संवेदनशील विषयमा पहल गर्न नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरे । सांसदहरूले नेपालको सहमति बिना भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने गरी भएको सम्झौता राष्ट्रियता र सार्वभौमिकतामाथि प्रहार भएको टिप्पणी गरे । बैठकमा पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद युवराज दुलाल ‘शरद’ले तत्काल संसद्ले साझा धारणा स्वरूप संकल्प प्रस्ताव पारित गरेर अघि बढ्नुपर्ने बताए । उनले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण...
सरकार ‘गरिखाने वर्ग’को पक्षमा छः मुख्यमन्त्री बानियाँ

सरकार ‘गरिखाने वर्ग’को पक्षमा छः मुख्यमन्त्री बानियाँ

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१४ भदौ, हेटौँडा । बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार गरिखाने वर्गको पक्षमा रहेको बताएका छन् । सबै नागरिकलाई कामको नैतिकताका आधारमा हेर्ने गरी अघि बढेको उनले बताए । चितवन उद्योग संघको ३४ औं बार्षिक साधारणसभा एवम् १८ औं अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँ प्रदेश सरकारको प्राथमिकता उद्यमी र परिश्रमी नागरिकलाई समर्थन गर्नु रहेको स्पष्ट पारे । बारम्बारको सरकार परिवर्तनले देशको विकास र विशेषगरी ‘गरिखाने वर्ग’को प्रगतिमा बाधा पु¥याएको उनको भनाई छ । उनले वर्तमान गठबन्धन सरकार पाँचवर्षे स्थायित्व प्रदान गरी लोकतन्त्रलाई संस्थागत गर्न र देशको आर्थिक मेरुदण्डका रुपमा रहेका बताए । उद्योगी–व्यवसायीका लागि अनुकूल वातावरण सिर्जना गर्न वर्तमान सरकार गठन भएको उनले दावी गरे । मुख्यमन्त्री लामाले देशको राजनीतिक अस्थिरताको जड निर्वाचन प्रणालीमा रहेको औंल्याए । निर्वाचन प...
मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरिँदै

मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरिँदै

Breaking News 2, ताजा अपडेट, मनहरी, समाचार, स्वास्थ्य
१४ भदौ, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरमार्फत उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार यसअन्तर्गत गाउँपालिकाभित्र ५२ प्रकारका संक्रमणजन्य रोगहरूको सूक्ष्म निगरानी गरिनेछ। ‘नेपाल सरकारले तोकेको ५२ प्रकारका महामारीजन्य रोगहरूको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र समस्याको तत्काल समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’ उनले भने । शुक्रबार पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई औपचारिक रूपमा कार्यक्रम सञ्चालनसम्बन्धी जानकारीपत्र हस्तान्तरण गरेका थिए । ...
बागमती सरकारले एक महिनाभित्र सवारीचालक अनुमतिपत्र वितरण गर्ने

बागमती सरकारले एक महिनाभित्र सवारीचालक अनुमतिपत्र वितरण गर्ने

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१३ भदौ, हेटौँडा । यातायात व्यवस्थापनलाई आधुनिक, पारदर्शी र डिजिटल बनाउन इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम ९इडिएलएस० र भेहिकल रजिस्ट्रेसन सिस्टम ९भिआरएस० सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले अब एक महिनाभित्र सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० छापेर वितरण गर्ने भएको छ। यस प्रणालीमार्फत नागरिकले अनलाइनमार्फत आवेदन दिन, परीक्षण नतिजा हेर्न, नवीकरणका लागि निवेदन गर्न तथा प्रिन्टिङ प्रक्रियासम्म सहज पहुँच पाउने व्यवस्था गरिएको छ। प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले प्रतिघण्टा ७५० वटा लाइसेन्स छाप्न सक्ने क्षमता भएका पाँचवटा अत्याधुनिक प्रिन्टर खरिद गरिसकेको जानकारी दिए। उनका अनुसार आउँदो महिनादेखि सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ सेवा औपचारिक रूपमा सुरुवात हुनेछ। मन्त्री थापाले खरिद गरिएका प्रत्येक मेसिनले प्रतिघण्टा १५० वटा लाइसेन्स छाप्न सक्ने बताए। पाँचवटै मेसि...
बागमती प्रदेश सुरक्षा समितिको बैठक स् विपत् व्यवस्थापनदेखि चाडपर्व सुरक्षा तयारी

बागमती प्रदेश सुरक्षा समितिको बैठक स् विपत् व्यवस्थापनदेखि चाडपर्व सुरक्षा तयारी

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१२, भदौ, हेटौँडा । बागमती प्रदेशमा बढ्दो विपत् जोखिम, अवैध गतिविधि, सामाजिक चुनौती र चाडपर्वलाई मध्यनजर गर्दै प्रदेश सुरक्षा समितिले नयाँ रणनीति अघि सारेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा बसेको बैठकले विपतबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो। बैठकले विपत् पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्चस्तरीय एकीकृत संयन्त्र ९युनिफाइड टिम०लाई सक्रिय बनाउन निर्देशन दिएको छ। यसले सुरक्षा निकाय, स्थानीय तह र विपत् व्यवस्थापन निकायबिचको समन्वयलाई अझै मजबुत बनाउने अपेक्षा गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सुरक्षा समितिका संयोजक शिवराज अधिकारीले बताए। प्रदेशभित्र अवैध रूपमा हातहतियार लुकाएर राखिएको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै समितिले सूचना जारी गर्ने र जिल्ला प्रशासन कार्या...
गगनको दाबी: दुई जना महामन्त्री चुकेका छैनौँ, चुक्दैनौँ

गगनको दाबी: दुई जना महामन्त्री चुकेका छैनौँ, चुक्दैनौँ

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
१० भदौ, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू र अर्को महामन्त्री विश्वप्रकाश शर्मा गर्नुपर्ने कामबाट नचुकेको दाबी गरेका छन् । बुधबार नागरिक फ्रन्टलाइन संवाद कार्यक्रममा कुराकानी गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन् । ‘हामीसँगका अपेक्षाहरूप्रति हामी दुवै सचेत नै छौँ,’ महामन्त्री थापाले भने, ‘हामीले गर्नुपर्ने कामहरूबाट चुकेका छैनौँ, चुक्दैनौँ। समर्पण गरेका छैनौँ, गर्दैनौं। प्रयास निरन्तर छ, निरन्तर राख्छौँ ।’ तर कतिपय प्रयासले जुन परिणाम ल्याउनुपर्ने थियो त्यो परिणाम ल्याउन नसकेको भने उनले स्वीकार गरे । ‘त्यसमा कतिपय हाम्रा आफ्नो क्षमताले पनि भ्याएन होला। तर धेरै जसो कुराहरू हामीले चाहँदा चाहँदै पनि परिणामहरू आउन सकेन,’ महामन्त्री थापाले भने । त्यसका परिणाम नआउनुमा आफूहरू निर्णायक नहुनु नै रहेको उनले बताए । ‘जिम्मेवारीसहित महामन्त्रीको पदमा त पुग्यौँ, तर का...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज