३० फागुन, हेटौंडा । नेकपा (एमाले) ले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूको नाम टुङ्गो लगाएको छ।
आज बसेको पार्टी सचिवालय बैठकले समानुपातिक सांसदहरूको नामावली अन्तिम रूप दिएको एमालेका सचिव महेश बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न क्लस्टरका आधारमा सांसद चयन गरेको हो।
प्रतिनिधिसभा निर्वाचनमा एमालेले समानुपातिकतर्फ १६ सिट जितेको छ। सोहीअनुसार विभिन्न समुदाय र समूहबाट सांसद चयन गरिएको पार्टीले जनाएको छ।
जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य चयन भएका छन्।
खस आर्य क्लस्टरबाट पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र), गुरु प्रसाद बराल र पुष्पराज कंडेल चयन भएका छन्।
थारु क्लस्टरबाट कृपाराम राणा, दलित क्लस्टरबाट विष्णुमाया वी.के. र नीता घटानी चयन भएका छन्।
त्यस्तै मधेसी क्लस्टरबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल तथा मुस्लिम क्लस्टरबाट साजिदा सिद्दीकी चयन भएका छन्।
एमालेले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले विभिन्न समुदाय र क्षेत्रलाई समेटेर समानुपातिक सांसद चयन गरेको जनाएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।