Day: March 14, 2026

गोरखामा इभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

गोरखामा इभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
३० फागुन, हेटौँडा । मनकामना दर्शन गरेर फर्किँदै गरेको इभी माइक्रो गोरखाको सहिद लखन गाउँपालिका–३, कनटारमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा थप सातजना घाइते भएका छन्। प्रहरीका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो मनकामना दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेको हो। मनकामनाबाट दर्शनार्थी बोकेर आबुँखैरेनीतर्फ आउदै गरेको ईभि गाडी गति अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो । चालक सहित १४ जना सवार मध्ये ७ जना ५ जना पुरुष, २ जना महिलाको घटनास्थलमानै मृत्यु भएको र ७ जना घाईते भई उपचारको लागि आबुँखैरेनीतर्फ पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।...
तुइन खोला क्षेत्रमा राति ढुंगा खस्ने जोखिमपछि फ्लड लाइट जडान

तुइन खोला क्षेत्रमा राति ढुंगा खस्ने जोखिमपछि फ्लड लाइट जडान

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
३० फागुन, हेटौँडा । नारायणघाट–मुग्लिन सडकखण्डको तुइन खोला क्षेत्रमा सडक छेउमा फ्लड लाइट जडान गरिएको छ। रातको समयमा भिरबाट ढुंगा खस्ने जोखिम बढेपछि चालक तथा यात्रुलाई सतर्क गराउनका लागि फ्लड लाइट जडान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। बिहीबार परेको हिउँदे वर्षापछि तुइन खोलास्थित सडक माथिको भिरबाट ढुंगा खस्न थालेको थियो। यस क्षेत्र वर्षायाममा पनि पहिरोको उच्च जोखिममा पर्ने भएकाले यसअघि खसेको पहिरोका कारण लामो समयसम्म राजमार्ग अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालयका अनुसार पुल नजिकैको भिरबाट जुनसुकै समयमा ढुंगा खस्न सक्ने सम्भावना रहेकाले रातको समयमा पनि स्पष्ट देखिने गरी सडक किनारमा दुई वटा फ्लड लाइट जडान गरिएको हो। यसले राति यात्रा गर्ने सवारी चालकलाई जोखिमयुक्त क्षेत्र पहिचान गर्न र सावधानी अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।...
एमालेले समानुपातिक सांसदका लागि१६ जनाको नाम टुङ्ग्यायो

एमालेले समानुपातिक सांसदका लागि१६ जनाको नाम टुङ्ग्यायो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
३० फागुन, हेटौंडा । नेकपा (एमाले) ले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूको नाम टुङ्गो लगाएको छ। आज बसेको पार्टी सचिवालय बैठकले समानुपातिक सांसदहरूको नामावली अन्तिम रूप दिएको एमालेका सचिव महेश बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न क्लस्टरका आधारमा सांसद चयन गरेको हो। प्रतिनिधिसभा निर्वाचनमा एमालेले समानुपातिकतर्फ १६ सिट जितेको छ। सोहीअनुसार विभिन्न समुदाय र समूहबाट सांसद चयन गरिएको पार्टीले जनाएको छ। जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य चयन भएका छन्। खस आर्य क्लस्टरबाट पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र), गुरु प्रसाद बराल र पुष्पराज कंडेल चयन भएका छन्। थारु क्लस्टरबाट कृपाराम राणा, दलित क्लस्टरबाट विष्णुमाया वी.के. र नीता घटानी चयन भएका छन्। त...
लेबननमा नेपाली शान्ति सैनिकको क्याम्प नजिक हवाई हमला

लेबननमा नेपाली शान्ति सैनिकको क्याम्प नजिक हवाई हमला

अन्तरराष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
३० फागुन, हेटौंडा । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच लेबननमा तैनाथ नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टर नजिक हवाई हमला भएको छ। शुक्रबार दक्षिणपूर्वी लेबननको अल–जाबेल क्षेत्रस्थित ब्लु लाइन नजिक संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टर आसपास हमला भएको हो। लेबननको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपाली शान्ति सैनिकको क्याम्प क्षेत्रमा गोला खसेको समाचार सार्वजनिक गरेका छन्। यद्यपि उक्त घटनामा मानवीय क्षति नभएको बताइएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले घटनाबारे जानकारी आएको पुष्टि गर्दै विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्। यस घटनाबारे इसराइली सेनाले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले घटनाको पुष्टि गर्दै सामान्य भ...
पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउने नीति लागू

पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउने नीति लागू

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
३० फागुन, हेटौँडा । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोग गर्ने नीति लागू गरेको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ शुक्रबार राजपत्रमा प्रकाशित भएसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो। आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताअनुसार प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ। आवश्यकताअनुसार मन्त्रिपरिषद्ले यो अनुपात घटबढ गर्न सक्ने व्यवस्था पनि गरिएको छ। सरकारले स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्द्धन, कृषि अवशेषको उपयोग बढाउने, रोजगारी सिर्जना गर्ने तथा ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने लक्ष्यसहित यो नीति ल्याएको जनाएको छ। इथानोल उत्पादनका लागि मोलासेस, नेपियर घाँस, पराल, मकैको ढोड, गहुँको छ्वाली, कास्साभा लगायतका कच्चापदार्थ प्रयोग गर्न सकिनेछ। खाद्यान्नका रूपमा प्रयोग हुने अन्न भन...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन वडा अध्यक्ष सिग्देलको आग्रह

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन वडा अध्यक्ष सिग्देलको आग्रह

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, स्वास्थ्य
३० फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन आग्रह गरेका छन्। प्रतिष्ठानमार्फत स्वास्थ्य सेवा, अध्यापन र अनुसन्धान क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै त्यसलाई कमजोर बनाउने प्रयास नगर्न उनले सबै पक्षलाई अपिल गरेका हुन्। वडा अध्यक्ष सिग्देलले करिब ६ वर्षअघि हेटौँडा अस्पतालको अवस्था कमजोर रहेको स्मरण गर्दै त्यसबेला दैनिक करिब २०० बिरामी आउने, ५० शय्याको अस्पतालमा १५–१६ जना डाक्टर र ४५ जना नर्सको दरबन्दी मात्र रहेको बताए। त्यतिबेला अस्पताललाई मुख्यतः बिरामी रिफर गर्ने केन्द्रका रूपमा मात्र हेरिने गरिएको उनको भनाइ छ। उनका अनुसार बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा २०७६ सालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि अस्पतालको स्तरमा उल्लेखनीय ...
उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ करिब १० ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ करिब १० ब्यालेस्टिक मिसाइल प्रहार

अन्तरराष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
३० फागुन, हेटौँडा । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले शनिबार पूर्वी सागरतर्फ करिब १० वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफ ९जेसीएस०ले उक्त प्रक्षेपणको पुष्टि गरेको हो। जेसीएसका अनुसार स्थानीय समयअनुसार दिउँसो १ बजेर २० मिनेटतिर उत्तर कोरियाको सुनान क्षेत्रबाट ती मिसाइलहरू प्रहार गरिएका हुन्। मिसाइलहरू पूर्वी सागरतर्फ प्रक्षेपण गरिएको जनाइएको छ। दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त सैन्य अभ्यास सञ्चालन गरिरहेका बेला उत्तर कोरियाले यो मिसाइल परीक्षण गरेको हो। यस घटनाले कोरियाली प्रायद्वीप क्षेत्रमा सुरक्षा चिन्ता थप बढाएको विश्लेषण गरिएको छ। यसअघि जापानको रक्षा मन्त्रालयले पनि मिसाइल प्रक्षेपणको सम्भावनाबारे पुष्टि गरेको थियो। मन्त्रालयले आफ्नो आधिकारिक एक्स ९पूर्व ट्विटर० खातामार्फत ‘उत्तर कोरियाबाट ब्य...
बागमतीमा मन्त्रालय ८ मा झार्न र ७०१ कर्मचारी दरबन्दी कटौतीको सिफारिस

बागमतीमा मन्त्रालय ८ मा झार्न र ७०१ कर्मचारी दरबन्दी कटौतीको सिफारिस

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
३० फागुन, हेटौँडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्न तथा ७०१ कर्मचारी दरबन्दी कटौती गर्नुपर्ने सुझाव दिइएको छ । हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ मन्त्रालय र पाँच हजारभन्दा बढी कर्मचारी दरबन्दी छ । प्रदेश प्रशासनिक पुनर्संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले संरचना र कर्मचारीको बोझिलो संरचना कटौती गर्दै प्रशासनिक संरचना पुनर्संरचना गर्न सरकारलाई सुझावसहित प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको हो । पूर्वसचिवसमेत रहेका समितिका संयोजक विमल वाग्लेले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र उच्चस्तरीय प्रदेश प्रशासनिक पुनर्संरचना निर्देशक समितिका संयोजक तथा कृषिमन्त्री मधुसूदन पौडेललाई प्रतिवेदन हस्तान्तरण गरे । समितिले मन्त्रालय र कार्यान्वयन इकाइबिच अनावश्यक संरचना भए हटाउनुपर्ने सुझाव दिएको छ । प्रदेश दुग्ध विकास बोर्ड र सञ्चार रजिस्ट्रार का...
हेटौँडा–४ का २६ टोल विकास संस्थाहरुको बैठक, सडक सरसफाइदेखि तालिम सञ्चालनसम्मका निर्णय

हेटौँडा–४ का २६ टोल विकास संस्थाहरुको बैठक, सडक सरसफाइदेखि तालिम सञ्चालनसम्मका निर्णय

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
३० फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का टोल विकास संस्थाको संयुक्त बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ । वडाभित्रका २६ वटा टोल विकास संस्थाका प्रतिनिधि सहभागी बैठकले स्थानीय सरसफाइ, तालिम सञ्चालन तथा टोल व्यवस्थापनसँग सम्बन्धित विभिन्न सात निर्णय गरेको हेटौँडा ४ का वडा अध्यक्ष नविन सिग्देलले जानकारी दिए । बैठकले वडाभित्रका सबै सडकलाई सरसफाइ गर्दै कच्ची, खाल्डाखुल्डी तथा हिलो–धुलोमुक्त बनाउन वडा कार्यालयले ल्याएको योजना २०८२ भित्र कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको उनको भनाई छ। यस्तै, वडा कार्यालयको आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा चैत्र १२ गते ‘भान्सा नै औषधालय’ कार्यक्रम वडा नम्बर ४ का सबै टोल विकास संस्थाको सहभागितामा सञ्चालन गर्ने निर्णय गरिएको छ । बैठकले वडा कार्यालयको समन्वयमा सञ्चालन हुने निःशुल्क मन्टेश्वरी तथा कुक तालिममा सूचनामा उ...