मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन वडा अध्यक्ष सिग्देलको आग्रह

३० फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन आग्रह गरेका छन्। प्रतिष्ठानमार्फत स्वास्थ्य सेवा, अध्यापन र अनुसन्धान क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै त्यसलाई कमजोर बनाउने प्रयास नगर्न उनले सबै पक्षलाई अपिल गरेका हुन्।

वडा अध्यक्ष सिग्देलले करिब ६ वर्षअघि हेटौँडा अस्पतालको अवस्था कमजोर रहेको स्मरण गर्दै त्यसबेला दैनिक करिब २०० बिरामी आउने, ५० शय्याको अस्पतालमा १५–१६ जना डाक्टर र ४५ जना नर्सको दरबन्दी मात्र रहेको बताए। त्यतिबेला अस्पताललाई मुख्यतः बिरामी रिफर गर्ने केन्द्रका रूपमा मात्र हेरिने गरिएको उनको भनाइ छ।

उनका अनुसार बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा २०७६ सालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि अस्पतालको स्तरमा उल्लेखनीय सुधार आएको हो। प्रतिष्ठानले उपचार, अध्यापन र अनुसन्धान गरी तीनवटा मुख्य क्षेत्रमा काम गर्दै आएको उनले बताए।

उपचार सेवाअन्तर्गत हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभेर हाल ५०० शय्याको अस्पताल सञ्चालनमा रहेको उनले जानकारी दिए। अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामीको उपचार भइरहेको, ६० जना विशेषज्ञसहित करिब १५० जना डाक्टर तथा प्राध्यापक कार्यरत रहेको उनको भनाइ छ। साथै तीन वटा अक्सिजन प्लान्ट, सुविधा सम्पन्न मातृ–शिशु कक्ष, दैनिक करिब ३० जनालाई डायलाइसिस सेवा, सिटी स्क्यान, एमआरआई, इको कार्डियोग्राम, टीएमटी, हल्टर, आईसियू, एचडियू तथा भिडियो एक्स–रे जस्ता आधुनिक सेवाहरू उपलब्ध रहेको उनले उल्लेख गरे।

अध्यापनतर्फ प्रतिष्ठानमा बीएससी नर्सिङमा १२०, ल्याब टेक्निसियनमा १६०, पब्लिक हेल्थमा ९५, फार्मेसीमा १२० तथा एमबीबीएसमा ५० विद्यार्थी अध्ययनरत रहेको सिग्देलले बताए। त्यस्तै एमडी कार्यक्रममा ८ जना अध्ययनरत रहेका छन् भने थप २७ जना भर्ना हुने प्रक्रियामा रहेको जानकारी उनले दिए। अनुसन्धानतर्फ ड्रग्स एण्ड टक्सिकोलोजी लगायत विभिन्न स्वास्थ्य समस्याको पहिचान र समाधानका विषयमा हालसम्म प्रतिष्ठानबाट ५५ वटा अनुसन्धान सम्पन्न भएको उनले बताए।

यद्यपि अझै सुधार गर्नुपर्ने पक्षहरू रहेको स्वीकार गर्दै सिग्देलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई निरुत्साहित बनाउने गतिविधि रोक्नुपर्ने धारणा व्यक्त गरे। प्रतिस्पर्धा र प्रक्रिया अनुसार मात्रै कर्मचारी भर्ना हुने गरेको दाबी गर्दै उनले अस्पताललाई ‘राजनीतिक भर्ती केन्द्र’ भनेर आरोप लगाउनु उचित नभएको बताए। स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले यसलाई राजनीतिक खेल मैदान बनाउने प्रयास नगर्न उनले सबै पक्षलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...