मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन वडा अध्यक्ष सिग्देलको आग्रह

३० फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन आग्रह गरेका छन्। प्रतिष्ठानमार्फत स्वास्थ्य सेवा, अध्यापन र अनुसन्धान क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै त्यसलाई कमजोर बनाउने प्रयास नगर्न उनले सबै पक्षलाई अपिल गरेका हुन्।

वडा अध्यक्ष सिग्देलले करिब ६ वर्षअघि हेटौँडा अस्पतालको अवस्था कमजोर रहेको स्मरण गर्दै त्यसबेला दैनिक करिब २०० बिरामी आउने, ५० शय्याको अस्पतालमा १५–१६ जना डाक्टर र ४५ जना नर्सको दरबन्दी मात्र रहेको बताए। त्यतिबेला अस्पताललाई मुख्यतः बिरामी रिफर गर्ने केन्द्रका रूपमा मात्र हेरिने गरिएको उनको भनाइ छ।

उनका अनुसार बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा २०७६ सालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि अस्पतालको स्तरमा उल्लेखनीय सुधार आएको हो। प्रतिष्ठानले उपचार, अध्यापन र अनुसन्धान गरी तीनवटा मुख्य क्षेत्रमा काम गर्दै आएको उनले बताए।

उपचार सेवाअन्तर्गत हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभेर हाल ५०० शय्याको अस्पताल सञ्चालनमा रहेको उनले जानकारी दिए। अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामीको उपचार भइरहेको, ६० जना विशेषज्ञसहित करिब १५० जना डाक्टर तथा प्राध्यापक कार्यरत रहेको उनको भनाइ छ। साथै तीन वटा अक्सिजन प्लान्ट, सुविधा सम्पन्न मातृ–शिशु कक्ष, दैनिक करिब ३० जनालाई डायलाइसिस सेवा, सिटी स्क्यान, एमआरआई, इको कार्डियोग्राम, टीएमटी, हल्टर, आईसियू, एचडियू तथा भिडियो एक्स–रे जस्ता आधुनिक सेवाहरू उपलब्ध रहेको उनले उल्लेख गरे।

अध्यापनतर्फ प्रतिष्ठानमा बीएससी नर्सिङमा १२०, ल्याब टेक्निसियनमा १६०, पब्लिक हेल्थमा ९५, फार्मेसीमा १२० तथा एमबीबीएसमा ५० विद्यार्थी अध्ययनरत रहेको सिग्देलले बताए। त्यस्तै एमडी कार्यक्रममा ८ जना अध्ययनरत रहेका छन् भने थप २७ जना भर्ना हुने प्रक्रियामा रहेको जानकारी उनले दिए। अनुसन्धानतर्फ ड्रग्स एण्ड टक्सिकोलोजी लगायत विभिन्न स्वास्थ्य समस्याको पहिचान र समाधानका विषयमा हालसम्म प्रतिष्ठानबाट ५५ वटा अनुसन्धान सम्पन्न भएको उनले बताए।

यद्यपि अझै सुधार गर्नुपर्ने पक्षहरू रहेको स्वीकार गर्दै सिग्देलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई निरुत्साहित बनाउने गतिविधि रोक्नुपर्ने धारणा व्यक्त गरे। प्रतिस्पर्धा र प्रक्रिया अनुसार मात्रै कर्मचारी भर्ना हुने गरेको दाबी गर्दै उनले अस्पताललाई ‘राजनीतिक भर्ती केन्द्र’ भनेर आरोप लगाउनु उचित नभएको बताए। स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले यसलाई राजनीतिक खेल मैदान बनाउने प्रयास नगर्न उनले सबै पक्षलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...