३० फागुन, हेटौँडा । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले शनिबार पूर्वी सागरतर्फ करिब १० वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफ ९जेसीएस०ले उक्त प्रक्षेपणको पुष्टि गरेको हो।
जेसीएसका अनुसार स्थानीय समयअनुसार दिउँसो १ बजेर २० मिनेटतिर उत्तर कोरियाको सुनान क्षेत्रबाट ती मिसाइलहरू प्रहार गरिएका हुन्। मिसाइलहरू पूर्वी सागरतर्फ प्रक्षेपण गरिएको जनाइएको छ।
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त सैन्य अभ्यास सञ्चालन गरिरहेका बेला उत्तर कोरियाले यो मिसाइल परीक्षण गरेको हो। यस घटनाले कोरियाली प्रायद्वीप क्षेत्रमा सुरक्षा चिन्ता थप बढाएको विश्लेषण गरिएको छ।
यसअघि जापानको रक्षा मन्त्रालयले पनि मिसाइल प्रक्षेपणको सम्भावनाबारे पुष्टि गरेको थियो। मन्त्रालयले आफ्नो आधिकारिक एक्स ९पूर्व ट्विटर० खातामार्फत ‘उत्तर कोरियाबाट ब्यालेस्टिक मिसाइल प्रहार भएको हुन सक्छ’ भन्दै जानकारी सार्वजनिक गरेको थियो।
यो सन् २०२६ मा उत्तर कोरियाले गरेको तेस्रो ब्यालेस्टिक मिसाइल परीक्षण भएको बताइएको छ। यस विषयमा उत्तर कोरियाको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।