३० फागुन, हेटौँडा । नारायणघाट–मुग्लिन सडकखण्डको तुइन खोला क्षेत्रमा सडक छेउमा फ्लड लाइट जडान गरिएको छ। रातको समयमा भिरबाट ढुंगा खस्ने जोखिम बढेपछि चालक तथा यात्रुलाई सतर्क गराउनका लागि फ्लड लाइट जडान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
बिहीबार परेको हिउँदे वर्षापछि तुइन खोलास्थित सडक माथिको भिरबाट ढुंगा खस्न थालेको थियो। यस क्षेत्र वर्षायाममा पनि पहिरोको उच्च जोखिममा पर्ने भएकाले यसअघि खसेको पहिरोका कारण लामो समयसम्म राजमार्ग अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालयका अनुसार पुल नजिकैको भिरबाट जुनसुकै समयमा ढुंगा खस्न सक्ने सम्भावना रहेकाले रातको समयमा पनि स्पष्ट देखिने गरी सडक किनारमा दुई वटा फ्लड लाइट जडान गरिएको हो। यसले राति यात्रा गर्ने सवारी चालकलाई जोखिमयुक्त क्षेत्र पहिचान गर्न र सावधानी अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।