३० फागुन, हेटौँडा । मनकामना दर्शन गरेर फर्किँदै गरेको इभी माइक्रो गोरखाको सहिद लखन गाउँपालिका–३, कनटारमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा थप सातजना घाइते भएका छन्।
प्रहरीका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो मनकामना दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेको हो। मनकामनाबाट दर्शनार्थी बोकेर आबुँखैरेनीतर्फ आउदै गरेको ईभि गाडी गति अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
चालक सहित १४ जना सवार मध्ये ७ जना ५ जना पुरुष, २ जना महिलाको घटनास्थलमानै मृत्यु भएको र ७ जना घाईते भई उपचारको लागि आबुँखैरेनीतर्फ पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।