११ चैत, हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवास मा बुधबार आयोजित समारोहमा केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा शपथ लिएका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
ज्येष्ठ सदस्यले प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालन गर्ने संवैधानिक व्यवस्था अनुसार केसीले अब संसद् बैठक सञ्चालन तथा अन्य प्रारम्भिक प्रक्रिया अघि बढाउनेछन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।