चुनावी परिणामपछि एमाले मकवानपुर अध्यक्ष पोखरेलद्वारा राजीनामा घोषणा

२४ फागुन, हेटौँडा । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि नेकपा (एमाले) मकवानपुरमा राजनीतिक हलचल देखिएको छ। जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

पोखरेलले आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमिक्षा आवश्यक भएको उनले उल्लेख गरेका छन्।

नेकपा माले हुँदै एमालेसम्मको आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्रा स्मरण गर्दै उनले अहिले पार्टीले भोगेको परिणामको वास्तविक कारण पहिचान गर्नुपर्ने बताएका छन्। समस्याको जरो नखोजी गोलमटोल भाषामा प्रतिक्रिया दिने र इर्ष्या तथा घमण्डपूर्ण प्रवृत्तिबाट समाधान सम्भव नहुने उनको भनाइ छ।

“यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन। त्यसैले तलदेखि माथिसम्म सबैले आत्मसमिक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो,” उनले फेसबुकमा लेखेका छन्।

पोखरेलले पार्टीलाई सही दिशामा अघि बढाउन शीर्ष नेतृत्वदेखि तल्लो तहसम्म सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमिक्षा गर्नुपर्ने बताएका छन्। आवश्यक परे नेतृत्व तहले जिम्मेवारी लिँदै राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि बाटो खोल्नुपर्ने उनको धारणा छ।

“पार्टी अध्यक्षदेखि महासचिवलगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमिक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वलाई बाटो प्रशस्त गर्नुपर्छ,” उनले उल्लेख गरेका छन्।

यसै सन्दर्भमा आजकै दिनदेखि लागू हुने गरी आफूले जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएको उनले बताएका छन्।

पोखरेलले अब आउने युवा पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने धारणा व्यक्त गर्दै उनीहरूलाई आफ्नो पूर्ण साथ र सहयोग रहने बताएका छन्। साथै उनले प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सबैप्रति जनमतको कदर गर्दै धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...