मकवानपुरमा ऐतिहासिक राजनीतिक फेरबदल, रास्वपाको क्लिन स्विप
२४ फागुन, हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ ले मकवानपुरको राजनीतिक धरातलमा ऐतिहासिक मोड ल्याएको छ। २०४८ सालदेखि निरन्तर कायम रहँदै आएको वामपन्थी वर्चस्व यसपटक समाप्त भएको छ। जिल्लाका दुवै प्रतिनिधिसभा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार विजयी भएपछि मकवानपुर ३४ वर्षपछि प्रतिनिधिसभामा कम्युनिस्ट जनप्रतिनिधिविहीन बनेको हो।
आइतबार सम्पन्न मतगणनापछि मकवानपुर क्षेत्र नम्बर–१ बाट रास्वपाका प्रकाश गौतम र क्षेत्र नम्बर–२ बाट प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मकवानपुर–१ मा रास्वपाका गौतम ३६ हजार ३३ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले १४ हजार ३८ मत प्राप्त गरेकी छन्। गौतम २१ हजार ९९५ मतान्तरले विजयी भएका हुन्।
यस क्षेत्रमा एमालेका रामेश्वर राना मगरले १२ हजार ७८३ मत प्राप्त गरेका ...
















