टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बुधबार सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरको फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै बागमतीले उपाधिनजिकको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट टुंगिएको हो। खेलको पहिलो हाफमै फ्रेन्ड्स क्लबले अग्रता लिएको थियो। कप्तान रुपेश केसीले ११औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए। तर, दोस्रो हाफको अन्तिम समयमा बागमतीले बराबरी गरेपछि खेल टाइब्रेकरमा धकेलिएको हो। ८५औँ मिनेटमा आयुष मगरले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ मा ल्याएका थिए।

टाइब्रेकरमा बागमतीका अनिष महर्जन, भूपाल मगर, आयुष मगर, अमन लामा र युवराज ढकालले सफल प्रहार गर्दै टोलीलाई फाइनलमा पुर्‍याए।

फ्रेन्ड्सका लागि सुजन चौधरी, राजेश दाहाल, विवेक मगर र रुपेश केसीले गोल गरे पनि प्रशान्त लक्षमको प्रहार बाहिरिएपछि टोली पराजित भयो। उत्कृष्ट प्रदर्शन गरेका बागमतीका आयुष मगर ‘प्लेयर अफ दी म्याच’ घोषित भए। उनले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

बागमतीको लगातार उत्कृष्ट प्रदर्शन
बागमती युथले प्रतियोगितामा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो। उसले क्वार्टरफाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समितिलाई पराजित गरेको थियो भने क्वार्टरफाइनलमा सातौँ संस्करणको विजेता चर्च ब्वाइज युनाइटेडलाई हराउँदै अन्तिम चारमा पुगेको थियो।

अब बागमती युथले फाइनलमा चित्लाङ एफसी र नवजनजागृति क्लब ९सिमरा०बिचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल बिहीबार हुनेछ।

प्रतियोगिताको फाइनल खेल वैशाख २६ गते हुनेछ। विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार रुपैयाँ प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...