मनहरी

अफिमजस्तो लागुऔषधसहित एक जना पक्राउ

अफिमजस्तो लागुऔषधसहित एक जना पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनहरी, राजनीति
६ चैत । मकवानपुरको मनहरीमा अफिमजस्तो देखिने प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा मनहरी गाउँपालिका–७ स्थित मनकामना सामुदायिक वन क्षेत्रबाट शंकास्पद अवस्थामा हिँडिरहेका ३२ वर्षीय देबचन्द्र घलानलाई पक्राउ गरेको हो । उनी सोही गाउँपालिका–६ रुपाचुरी निवासी हुन् । प्रहरीले रीतपूर्वक खानतलासी गर्दा घलानको साथबाट तीन वटा पोका अफिमजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ। उक्त पदार्थको तौल गर्दा जम्मा ३ किलो ४७८ ग्राम रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत बाट लागुऔषध सम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
मकवानपुर–२ मा बुद्ध लामाको अभियान तीव्र विकास र सुशासनका लागि कांग्रेसलाई जिताउन आग्रह

मकवानपुर–२ मा बुद्ध लामाको अभियान तीव्र विकास र सुशासनका लागि कांग्रेसलाई जिताउन आग्रह

Breaking News 1, samachar, इन्द्रसरोवर, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, थाहा, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
७ फागुन, हेटौंडा । आसन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेस का उम्मेदवार बुद्ध लामा ले आफ्नो चुनावी अभियान तीव्र पारेका छन् । कघरदैलो तथा भेटघाट कार्यक्रममा सहभागी हुँदै लामाले विकास, सुशासन र राजनीतिक स्थायित्वका लागि कांग्रेसलाई जिताउनुपर्ने बताएका छन् । उनले लामो समयदेखि क्षेत्र नं. २ मा विद्यमान सुकुम्बासी, भूमिहीन, शिक्षा, स्वास्थ्य, सडक तथा बेरोजगारीलगायतका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । लामाले यस क्षेत्रमा कम्युनिष्ट दलहरूले पटकपटक निर्वाचन जित्दै आए पनि स्थानीयस्तरमा अपेक्षाअनुसार विकासको गति बढाउन नसकेको दाबी गरे । रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सेवा प्रवाह सुदृढीकरणमा कमजोरी देखिएको उनको भनाइ छ । निर्वाचन जितेमा पूर्वाधार विकास, सडक सञ्जाल विस्तार तथा सामाजिक क्षेत्रका समस्याको समाधानका लागि नीतिगत पहल गर...
मनहरी पास्टर एसोसिएसनद्वारा विशेष आत्मिक कार्यक्रम सम्पन्न

मनहरी पास्टर एसोसिएसनद्वारा विशेष आत्मिक कार्यक्रम सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनहरी, समाचार
२९ मङ्सिर, हेटौँडा । इसाई धर्मावलम्बिहरुको महान पर्व क्रिसमसको अवसर पारेर मनहरी पास्टर एसोसिएसनको आयोजनामा मनहरीमा एक दिने विशेष आत्मिक कार्यक्रम सम्पन्न भएको छ । मनहरी पास्टर एसोसिएसनका अध्यक्ष पास्टर नागेन्द्र मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा क्यापिटल मिनिस्ट्रीजका एशिया निर्देशक एवं पास्टर कुमार सिंह प्रजा प्रमुख वक्ता रहनुभएको थियो । उहाँले ‘यो पृथवीमा प्रभु येशू किन जन्मिनुभयो ?’ र ‘वास्तविक क्रिसमस कसरी मनाउने ?’ भन्ने बिषयमा प्रवचन दिनुभएको थियो । उहाँले क्रिसमस केवल एउटा पर्व मात्र नभई, येशू ख्रीष्टलाई हृदयमा ग्रहण गर्नु नै वास्तविक क्रिसमस भएको कुरामा जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथिहरु पास्टर छवि लाल मुक्तान, पास्टर महिपाल प्रजा, पास्टर सुनिल मुक्तान तथा पास्टर बाबुराम थिङ लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । पास्टर मिन बहादुर तामाङले सहजिक...
भ्रम छर्नेलाई भन्दा काम गर्नेलाई छान्न मुख्यमन्त्री बानियाँको आग्रह

भ्रम छर्नेलाई भन्दा काम गर्नेलाई छान्न मुख्यमन्त्री बानियाँको आग्रह

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, मनहरी, राजनीति, समाचार
२ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी निर्वाचन नजिकिँदै गर्दा ‘भ्रम छर्ने’ र ‘मिठा भाषण सुनाउने’ नेताहरूबाट सचेत रहन मतदातालाई आग्रह गरेका छन् । उनले काम नगर्ने तर सामाजिक सञ्जालमा आकर्षक भाषण मात्र गर्ने पात्रहरूबाट जनता भ्रमित हुन नहुने बताए । मंगलबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ तल्लो मकरीस्थित राधाकृष्ण मन्दिर रोड स्ल्याब ढलानको सुरुवात कार्यक्रममा मुख्यमन्त्री बानियाँले निर्वाचनको बेला देखिने भ्रम फैलाउने प्रवृत्तिबाट जनता जागरूक हुनुपर्नेमा जोड दिए । 'फेसबुक–युट्युबमा राम्रा भाषण गर्ने तर व्यवहारमा काम नगर्ने धेरै हुन्छन्,’ उनले भने, ‘जनताले अब यस्ता पात्रलाई चिन्नुपर्छ । कुरा र काम दुवै गर्नेलाई रोज्नुपर्छ ।’ उनले भ्रम सिर्जना गर्ने व्यक्ति तथा दललाई गाउँ–गाउँबाट नै लखेट्नुपर्ने उल्लेख गर्दै जनताले नेतासँग गरेको काम र आगामी लक...
मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले व्यक्तिगत लगानीमा सडक स्तरोन्नती गर्दै

मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले व्यक्तिगत लगानीमा सडक स्तरोन्नती गर्दै

Breaking News 2, अर्थ, ताजा अपडेट, मनहरी, समाचार
२९ कात्तिक, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो व्यक्तिगत लगानीमा गाउँपालिका–२ स्थित कर्मचोकदेखि वडा कार्यालय जाने सडक स्ल्याब ढलान गरिदिने भएका छन् । ६ मिटर चौडाई र २०० मिटर लम्बाई रहेको उक्त सडक स्ल्याब ढलानका लागि अध्यक्ष कालाखेतीले शनिबार प्राविधिक जाँच गरी लागत स्टिमेट तयार गराएका छन्। स्टिमेट अनुसार सो सडक स्ल्याब ढलान गराउन २० लाख रुपैयाँ खर्च हुनेछ। शनिबार मनहरी २ कर्मचोकमा आयोजित एक औपचारिक कार्यक्रममा अध्यक्ष कालाखेतीले अबको केही दिनभित्रै सडक स्ल्याब ढलानको काम सुरु गरिने जानकारी दिए। जेनजी आन्दोलनपछि गाउँपालिकामा भएको भौतिक क्षतिका कारण बजेट कटौती हुँदा केही विकासे आयोजनाहरू समेत कटौतीमा परेपछि स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै आफू र आफ्नो पहलमा निजी खर्चमै सडक स्ल्याब ढलान गराउन लागिएको अध्यक्ष कालाखेतीले बताए। आफू जनप्रतिनिधि भएर आएप...

चेपाङ संस्कृति संरक्षणमा प्रदेश सरकार तत्पर स् मन्त्री श्रेष्ठ

Breaking News 2, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
२२ भदौ, चितवन । बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले चेपाङ समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ प्रतिबद्ध रहने बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आज आयोजित चेपाङ समुदायको मौलिक पर्व न्वागी विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चिउरी, चमेरो र चेपाङ एकीकृत बस्ती जस्ता कार्यक्रमलाई निरन्तरता दिने आश्वासन दिए । ‘हाम्रो संस्कार, संस्कृति, भाषा र भेषभूषा जोगाउन सकेनौँ भने अरूले जोगाइ दिँदैनन । त्यसैले यसलाई जीवित राख्न सरकारले विशेष प्राथमिकताका साथ काम गर्नेछ,’ मन्त्री श्रेष्ठले भने । उनले चेपाङ समुदायको भाषा संकटमा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै ८४ हजारभन्दा बढी जनसंख्या भएको समुदायमध्ये आधाभन्दा कमले मात्र मातृभाषा बुझ्ने तथ्य गम्भीर रहेको उल्लेख गरे । ‘यो पहिचान जोगाउन मन्त्रालय निरन्तर सहयोग गर्...
मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरिँदै

मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरिँदै

Breaking News 2, ताजा अपडेट, मनहरी, समाचार, स्वास्थ्य
१४ भदौ, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरमार्फत उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार यसअन्तर्गत गाउँपालिकाभित्र ५२ प्रकारका संक्रमणजन्य रोगहरूको सूक्ष्म निगरानी गरिनेछ। ‘नेपाल सरकारले तोकेको ५२ प्रकारका महामारीजन्य रोगहरूको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र समस्याको तत्काल समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’ उनले भने । शुक्रबार पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई औपचारिक रूपमा कार्यक्रम सञ्चालनसम्बन्धी जानकारीपत्र हस्तान्तरण गरेका थिए । ...
चेपाङ बसोबास क्षेत्रलाई स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणा गर्न माग

चेपाङ बसोबास क्षेत्रलाई स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणा गर्न माग

कैलास, ताजा अपडेट, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
९ भदौ, हेटौँडा । बागमती प्रदेशका तीन जिल्ला मकवानपुर, धादिङ र चितवन तथा गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य बसोबास रहेको सीमान्तकृत चेपाङ समुदायले बागमती सरकारसँग आफूहरु बस्दै आएको क्षेत्रलाई ‘चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र’ घोषणा गर्न माग गरेको छ। बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै नेपाल चेपाङ संघ मकवानपुरले नेपालको संविधानले व्यवस्था गरेबमोजिम चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणाको प्रक्रिया अघि बढाउन माग गरेको हो। संघका मकवानपुर अध्यक्ष महेश कुमार चेपाङ नेतृत्वको टोलीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै नेपालको संविधानको धारा ५६ ९५० बमोजिम चेपाङ समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक स्तरोन्नतिका लागि ‘चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र’ घोषणा गर्न सम्भाव्यता अध्ययन गरी नीतिगत व्यवस्था गर्न माग गरे। उनीहरुले ने...
रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

Breaking News 2, कैलास, ताजा अपडेट, थाहा, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
८ भदौ, हेटौंडा । बागमती प्रदशेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरुसँग जोड्न ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासंग सिमाना जेडिएका अन्य ३ पालिका समेटेर ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने बताएका हुन् । थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए । रुट निर्धारण गरी ‘रुपचन्द विष्ट थाहा मार्ग’ नामकरण सहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै उक्त मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उनको भनाई छ । सो कार्य थाहा नगरपालिका तथा सम्बन्धित ३ वटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाहरुको पूर्ण सहमति...
मनहरीका विपन्न परिवारलाई काजकिरिया खर्चसहित घरमै पुगेर घटना दर्ता

मनहरीका विपन्न परिवारलाई काजकिरिया खर्चसहित घरमै पुगेर घटना दर्ता

Breaking News 2, ताजा अपडेट, मनहरी, समाचार
६ साउन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक अभावका कारण काजकिरिया रोक्नुपर्ने अवस्थालाई अन्त्य गर्न थालेको सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ । पालिकाले मृतकका घरमै पुगेर श्रद्धाञ्जलीसहित काजकिरिया खर्च र घटना दर्ता सेवा उपलब्ध गराइरहेको छ । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र वडा नं. ८ का अध्यक्ष नारायण उप्रेतीसहितको टोलीले मंगलबार मनहरी–८ का चार जना मृतकका परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ काजकिरिया खर्च तथा श्रद्धाञ्जली पत्र प्रदान गरेका हुन्। काजकिरिया खर्च प्राप्त गर्नेमा कृष्णबहादुर प्रजा, लोकप्रसाद सुवेदी, बाबुराम स्याङ्तान र बिमन विकका परिवार छन् । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरेको यस कार्यक्रम अन्तर्गत परिवारको सदस्यको निधन भएको सूचना प्राप्त भएलगत्तै पालिका प्रतिनिधि मृतकका घरमै पुग्ने, मृत्यु दर्ता गर्ने र नगद सहयोग उपलब्ध गराउने गर्छन् ।...