मनहरी

चेपाङ संस्कृति संरक्षणमा प्रदेश सरकार तत्पर स् मन्त्री श्रेष्ठ

Breaking News 2, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
२२ भदौ, चितवन । बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले चेपाङ समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ प्रतिबद्ध रहने बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आज आयोजित चेपाङ समुदायको मौलिक पर्व न्वागी विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चिउरी, चमेरो र चेपाङ एकीकृत बस्ती जस्ता कार्यक्रमलाई निरन्तरता दिने आश्वासन दिए । ‘हाम्रो संस्कार, संस्कृति, भाषा र भेषभूषा जोगाउन सकेनौँ भने अरूले जोगाइ दिँदैनन । त्यसैले यसलाई जीवित राख्न सरकारले विशेष प्राथमिकताका साथ काम गर्नेछ,’ मन्त्री श्रेष्ठले भने । उनले चेपाङ समुदायको भाषा संकटमा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै ८४ हजारभन्दा बढी जनसंख्या भएको समुदायमध्ये आधाभन्दा कमले मात्र मातृभाषा बुझ्ने तथ्य गम्भीर रहेको उल्लेख गरे । ‘यो पहिचान जोगाउन मन्त्रालय निरन्तर सहयोग गर्...
मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरिँदै

मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरिँदै

Breaking News 2, ताजा अपडेट, मनहरी, समाचार, स्वास्थ्य
१४ भदौ, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरमार्फत उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार यसअन्तर्गत गाउँपालिकाभित्र ५२ प्रकारका संक्रमणजन्य रोगहरूको सूक्ष्म निगरानी गरिनेछ। ‘नेपाल सरकारले तोकेको ५२ प्रकारका महामारीजन्य रोगहरूको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र समस्याको तत्काल समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’ उनले भने । शुक्रबार पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई औपचारिक रूपमा कार्यक्रम सञ्चालनसम्बन्धी जानकारीपत्र हस्तान्तरण गरेका थिए । ...
चेपाङ बसोबास क्षेत्रलाई स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणा गर्न माग

चेपाङ बसोबास क्षेत्रलाई स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणा गर्न माग

कैलास, ताजा अपडेट, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
९ भदौ, हेटौँडा । बागमती प्रदेशका तीन जिल्ला मकवानपुर, धादिङ र चितवन तथा गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य बसोबास रहेको सीमान्तकृत चेपाङ समुदायले बागमती सरकारसँग आफूहरु बस्दै आएको क्षेत्रलाई ‘चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र’ घोषणा गर्न माग गरेको छ। बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै नेपाल चेपाङ संघ मकवानपुरले नेपालको संविधानले व्यवस्था गरेबमोजिम चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणाको प्रक्रिया अघि बढाउन माग गरेको हो। संघका मकवानपुर अध्यक्ष महेश कुमार चेपाङ नेतृत्वको टोलीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै नेपालको संविधानको धारा ५६ ९५० बमोजिम चेपाङ समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक स्तरोन्नतिका लागि ‘चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र’ घोषणा गर्न सम्भाव्यता अध्ययन गरी नीतिगत व्यवस्था गर्न माग गरे। उनीहरुले ने...
रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

Breaking News 2, कैलास, ताजा अपडेट, थाहा, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
८ भदौ, हेटौंडा । बागमती प्रदशेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरुसँग जोड्न ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासंग सिमाना जेडिएका अन्य ३ पालिका समेटेर ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने बताएका हुन् । थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए । रुट निर्धारण गरी ‘रुपचन्द विष्ट थाहा मार्ग’ नामकरण सहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै उक्त मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उनको भनाई छ । सो कार्य थाहा नगरपालिका तथा सम्बन्धित ३ वटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाहरुको पूर्ण सहमति...
मनहरीका विपन्न परिवारलाई काजकिरिया खर्चसहित घरमै पुगेर घटना दर्ता

मनहरीका विपन्न परिवारलाई काजकिरिया खर्चसहित घरमै पुगेर घटना दर्ता

Breaking News 2, ताजा अपडेट, मनहरी, समाचार
६ साउन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक अभावका कारण काजकिरिया रोक्नुपर्ने अवस्थालाई अन्त्य गर्न थालेको सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ । पालिकाले मृतकका घरमै पुगेर श्रद्धाञ्जलीसहित काजकिरिया खर्च र घटना दर्ता सेवा उपलब्ध गराइरहेको छ । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र वडा नं. ८ का अध्यक्ष नारायण उप्रेतीसहितको टोलीले मंगलबार मनहरी–८ का चार जना मृतकका परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ काजकिरिया खर्च तथा श्रद्धाञ्जली पत्र प्रदान गरेका हुन्। काजकिरिया खर्च प्राप्त गर्नेमा कृष्णबहादुर प्रजा, लोकप्रसाद सुवेदी, बाबुराम स्याङ्तान र बिमन विकका परिवार छन् । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरेको यस कार्यक्रम अन्तर्गत परिवारको सदस्यको निधन भएको सूचना प्राप्त भएलगत्तै पालिका प्रतिनिधि मृतकका घरमै पुग्ने, मृत्यु दर्ता गर्ने र नगद सहयोग उपलब्ध गराउने गर्छन् ।...
आन्तरिक स्रोतबाट मनहरीले बनायो ५ वटा पक्की पुल, प्रदेश सांसद बानियाँले गरे उद्घाटन

आन्तरिक स्रोतबाट मनहरीले बनायो ५ वटा पक्की पुल, प्रदेश सांसद बानियाँले गरे उद्घाटन

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, मनहरी, समाचार
३१ जेठ, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाको ४ वटा वडाहरुलाई जोड्नको लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट ५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ । आफ्नो आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर गाउँपालिकाले निर्माण सम्पन्न गरेको पक्की पुलको शनिबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा गत वर्ष नै सम्पन्न गरी उद्घाटन गरिसकिएको छ । बाँकी २ वटा पुलको शनिबार उद्घाटन गरिएको हो । मनहरी ३ स्थित ठाडोखोला र हाँडीखोलामा निर्मित पुलको सांसद बानियाँले उद्घाटन गरेका हुन् । ८ दशमलव ४० मिटर चौडाई र ९० मिटर लम्बाईको ३ स्पानको ठाडोखोला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी सम्पन्न गरेको हो । त्यस्तै ३५ मिटर लामो एक स्पानको हाँडीखोला पुल भैरव नारायणम् जेभ...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

Breaking News 1, अर्थ, इन्द्रसरोवर, कैलास, ताजा अपडेट, थाहा, बकैया, बागमती, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकामा रहेको छ। बकैया गाउँपालिकाको बेरुजु प्रतिशत ०.६० मात्र रहेको छ, जुन जिल्लाभरकै सबै स्थानीय तहहरूमध्ये सबैभन्दा कम हो। दोस्रो स्थानमा ०.७५ प्रतिशत बेरुजुका साथ राक्सिराङ गाउँपालिका रहेको छ। त्यसैगरी, थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० पुगेको छ, जुन सबैभन्दा उच्च हो। यसपछि २.३३ प्रतिशत बेरुजु रहेको हेटौँडा उपमहानगरपालिका दोस्रो स्थानमा पर्छ । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वर्षेनि बेरुजु रकम बढ्दै गएको र वित्तीय पारदर्शिता तथा अनुशासनमा कमजोरी देखिएको औँल्याएको छ। यस्तो अवस्था...
बाटो बनेपछि सदरमुकाम र पालिका आउजाउ गर्न सहज

बाटो बनेपछि सदरमुकाम र पालिका आउजाउ गर्न सहज

Breaking News 1, ताजा अपडेट, मनहरी, राक्सिराङ्ग, समाचार
२३ बैशाख, हेटौँडा। मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ३ वटा वडाका स्थानीयहरु आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय आउनसमेत अर्को जिल्ला हुँदै आउनुपर्ने बाध्यता हटेको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटरबाटो खुलेपछि राक्सिराङका ३ वटा वडाका बासिन्दासहित मनहरी–६ का स्थानीय हर्षित बनेका छन् । राक्सिराङ गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाका बासिन्दाले यसअघि चितवनको भण्डाराबाट राप्ती नगरपालिकाको विभिन्न वडा हुँदै आवतजावत गर्नुपर्ने बाध्यता थियो । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका मकवानपुर क्षेत्र नम्बर २ ९ख० का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको व्यक्तिगत पहलमा लोथर–पाङ्थली सडकले पूर्णता पाएसँगै राक्सिराङका ३ वटा वडाका बासिन्दाका लागि छोटो र छिटो यात्राको पहुँच वृद्धि भएको हो । २०७४ को निर्वाचन प...
चट्याङ लागेर मनहरीका अबिरलको मृत्यु, दुईजना घाइते

चट्याङ लागेर मनहरीका अबिरलको मृत्यु, दुईजना घाइते

Breaking News 2, ताजा अपडेट, मनहरी, समाचार
३१ चैत, हेटौँडा । आइतबार अपराह्न पानीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ। यस्तै, दुईजना घाइते भएका छन्। मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–५, दरदराका २८ वर्षीय अबिरल थिङ रहेका छन् । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मनहरी– ५, वसन्तपुरस्थित राप्तीखोलाको किनार हुँदै आफन्तको घर मनहरी– ५, डिल्लीपुरबाट आफ्नो घर दरदरातर्फ जाने क्रममा चट्याङ लागेर थिङको मृत्यु भएको हो । चट्याङ लागेर थिङको तत्कालै मृत्यु भएको प्रवक्ता अर्यालले बताए । उनका अनुसार थिङको साथमा रहेका उनका बुबा ५६ वर्षीय सिंहबहादुर थिङ र हिरामान गोलेका १० वर्षीय छोरा सौगात गोले घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।...
बसको ठक्करबाट युवाको मृत्युपछि मनहरीमा राजमार्ग अवरुद्ध

बसको ठक्करबाट युवाको मृत्युपछि मनहरीमा राजमार्ग अवरुद्ध

Breaking News 1, ताजा अपडेट, मनहरी, समाचार
१५, चैत, हेटौंडा । मकवानपुरको मनहरीमा रात्रि बसको ठक्करबाट एकजना युवाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तरगत मकवानपुरकाे मनहरी गाउँपालिका ६ लाेथरस्थित प्रहरी चौकी अगाडी प्रदर्शन गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । गएराति करिब ३ बजेकाे समयमा यात्रु बसले म्याजिकलाई ठक्कर दिदा म्याजिक चालक राक्सिराङ गाउँपालिका ४ का ३२ वर्षीय सन्देश काेइरालाकाे मृत्यु भएकाे थियो । चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट  चितवनतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च ३०१२ नम्बरको  म्याजिक गाडी एक आपसमा ठक्कर खाई दुर्घटना भएकाे थियाे । म्याजिकमा चालकबाहेक अन्य कुनै यात्रु नरहेकाे प्रहरीले जनाएकाे छ ।  दूर्घटनामा म्याजिक चालक कोइरालाको खुट्टा, टाउको र शरिरहरुमा चोट लागी गम्भीर घाईते भई उपचारको लागी चितवन नयाँ मेडिकल क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज