जेन जी आन्दोलनबाट क्षती पुगेका संरचनाको मुख्यमन्त्री बानियाँले गरे निरिक्षण दोषीलाई कारवाहिको दायरामा ल्याइने

२ असोज, हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी आन्दोलनका क्रममा २४ मा भएको तोडफोड र आगजनीबाट सरकारी र नीजि संरचनाहरुमा पुगेको क्षतिको बिहीबार स्थलगत निरीक्षण गरेका छन् । प्रदेशका मन्त्रीहरुसहित पुगेका उनले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निरीक्षण गरेका छन् ।

यस्ते मुख्यमन्त्री बानियाँले भौतिक पूर्वाधार मन्त्रालय, कृषी तथा पशु पन्छि मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, खानेपानी तथा उर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा हेटौँडा १ चौकिटोलमा रहेको भाटभटनीको समेत निरीक्षण गरेका छन् । आन्दोलनको क्रममा बागमती प्रदेश सरकार अन्तर्गतका ९ वटा मन्त्रालय र मातहतका कार्यालयहरुमा तोडफोड तथा आगजनी भएको थियो । त्यस क्रममा सरकारी भवनहरु, फर्निचर, फाइल कागजात र सवारी साधनमा ठूलो क्षति पुगेको छ ।

निरीक्षणसँगै मुख्यमन्त्री बानियाँले मन्त्रालयका सचिव तथा कार्यालयका प्रमुखहरुसँग संरचनागत अवस्थाको बारेमा जानकारी लिएका थिए । क्षतीग्रस्त संरचनाहरुको स्थल अवलोकनपछि मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनका नाममा भएको अराजक गतिविधिले प्रदेशमा ठूलो क्षति पुगेको बताए । उनले यथासिघ्र क्षतिको मूल्यांकन गरेर पुनःनिर्माणको प्रक्रिया अघि बढाउने स्पष्ट पारे । भौतिक संरचना पुनःनिर्माणको प्रभावकारी कार्यान्वयन र सेवाग्राही प्रभावित नहुने गरी आवश्यक कदम चालिने उनको भनाई छ ।

‘जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीका कारण प्रदेशमा ठूलो क्षति पुगेको छ । क्षति पुगेका संरचनाको पुनःर्निर्माणका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक छ,’ उनले भने, ‘प्रदेश मातहतका भौतिक संरचना पुनर्निर्माणमा संघ सरकारले लिने नीति र प्रदेशलाई विनियोजन हुने बजेटअनुसार थप योजना बनाएर अघि बढ्नेछौं ।’ धेरै कार्यालयहरु तत्काल सेवा दिन सक्ने अवस्थामा नरहे पनि नागरिकलाई असुविधा नहोस् भन्नका लागि जतिसक्दो छिटो काम गरेर निकास दिने मुख्यमन्त्री बानियाँको दावी छ । ‘कुनैपनि वाहानामा काम रोकिँदैन,’ उनले भने ।

यस्तै मुख्मयन्त्री बानियाँले जेनजी युवाले अघि सारेका मागहरू जायज भएपनि त्यसको आडमा गैरराजनीतिक तत्वहरूले लुटपाट र आतंक मच्चाएको भन्दै त्यस्तो कार्य अस्वीकार्य भएको बताए । उनले त्यस्ता अराजनीतिक गतिविधि गर्नेहरूलाई छोड्न नहुने भन्दै राज्यले कानुनको दायरामा ल्याएर कडा कारबाही गर्ने चेतावनी पनि दिए । साथै, मुख्यमन्त्री बानियाँले जेनजीका जायज मुद्दा र माग सम्बोधनमा सबै तहका सरकार गम्भीर हुनुपर्नेमा पनि जोड दिए

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...