राक्सिराङमा जसपा र एमालेका नेता–कार्यकर्ता कांग्रेस प्रवेश
क्षेत्र नम्बर २ मा कांग्रेसलाई बलियो बनाउने दाबी
१८ फागुन, हेटौँडा – मकवानपुरको राक्सिराङ गाउँपालिका–५ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् । आज वडा नम्बर ५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका कांग्रेस मकवानपुरका सभापति तथा क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामाको उपस्थितिमा उनीहरू पार्टी प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टी ९जसपा०का पूर्व वडाध्यक्ष राजु प्रजा, पूर्व केन्द्रीय सदस्य राजेन्द्र प्रजा, पूर्व प्रदेश सदस्य सागर प्रजा तथा नेकपा एमालेका स्थानीय नेता होमराज प्रजा, मदनकुमार मोक्तान, निरोज मोक्तान र तिलक प्रजा रहेका छन् ।
नवप्रवेशीहरूलाई कांग्रेस सभापति लामा, पार्टी सचिव ईश्वर पाठक तथा नेता भरत पराजुली लगायतले खादा तथा माला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै सभापति लामाले र...






















