राक्सिराङ्ग

चेपाङ संस्कृति संरक्षणमा प्रदेश सरकार तत्पर स् मन्त्री श्रेष्ठ

Breaking News 2, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
२२ भदौ, चितवन । बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले चेपाङ समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ प्रतिबद्ध रहने बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आज आयोजित चेपाङ समुदायको मौलिक पर्व न्वागी विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चिउरी, चमेरो र चेपाङ एकीकृत बस्ती जस्ता कार्यक्रमलाई निरन्तरता दिने आश्वासन दिए । ‘हाम्रो संस्कार, संस्कृति, भाषा र भेषभूषा जोगाउन सकेनौँ भने अरूले जोगाइ दिँदैनन । त्यसैले यसलाई जीवित राख्न सरकारले विशेष प्राथमिकताका साथ काम गर्नेछ,’ मन्त्री श्रेष्ठले भने । उनले चेपाङ समुदायको भाषा संकटमा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै ८४ हजारभन्दा बढी जनसंख्या भएको समुदायमध्ये आधाभन्दा कमले मात्र मातृभाषा बुझ्ने तथ्य गम्भीर रहेको उल्लेख गरे । ‘यो पहिचान जोगाउन मन्त्रालय निरन्तर सहयोग गर्...
सुमनसिंको घर बनाउन पहिलो किस्ताबापत मुख्यमन्त्री बानियाँले दिए २ लाख

सुमनसिंको घर बनाउन पहिलो किस्ताबापत मुख्यमन्त्री बानियाँले दिए २ लाख

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राक्सिराङ्ग, राजनीति, समाचार
१६ भदौ, हेटौँडा । राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि र नेपाली काँग्रेसका स्थानीय नेताहरुको रोहबरमा बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई सोमबार २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सुत्केरी श्रीमतीलाई खुवाउने कुरा पनि केही नभएको र बस्ने घर पनि नभई झुप्रोमा बस्दै आएको थाहा पाएपछि राक्सिराङ गाउँपालिका र नेपाली काँग्रेस राक्सिराङ गाउँपालिकाको सिफारिसमा बानियाँले व्यक्तिगत खर्चमै घर निर्माण गरिदिने घोषणा गर्दै काम थालनी गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै बानियाँले आफ्नो तलब भत्ताको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेक...
मुख्यमन्त्रीको तलब भत्ताबाट सुमनसिंह चेपाङले पाउने भए नयाँ घर

मुख्यमन्त्रीको तलब भत्ताबाट सुमनसिंह चेपाङले पाउने भए नयाँ घर

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राक्सिराङ्ग, राजनीति, समाचार
१० भदौ, हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ इन्द्रुङका २६ वर्षीय सुमनसिंह प्रजा अब छाप्रोमा होइन, पक्की घरमा बस्ने भएका छन् । सुमनसिंका दम्पतीलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा घर निर्माण गरिदिने भएका छन् । मुख्यमन्त्री बानियाँले सुमनसिंको घर निर्माणका लागि गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कांग्रेस राक्सिराङका सभापति बिरेन्द्र जिम्बालाई जिम्मेवारी समेत दिएका छन् । बुधबार मुख्यमन्त्री कार्यलयमा अध्यक्ष मल्ला र सभापति जिम्बा लागएतको टोलीलार्ई भेट्दै मुख्यमन्त्री बानियाँले सुमनसिं दम्पतीले दशैं अघिनै घरमा बस्न पाउनेगरी काम गर्न निर्देशन दिएका हुन् । यसअघि गत २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले पदभार ग्रहण गर्दै प्रदेश सरकारबाट आफुले प्राप्त गर्ने तलब भत्ताबाट निर्वाचन क्षेत्रका अति विपन्न परिवारका लागि घर बनाइद...
चेपाङ बसोबास क्षेत्रलाई स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणा गर्न माग

चेपाङ बसोबास क्षेत्रलाई स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणा गर्न माग

कैलास, ताजा अपडेट, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
९ भदौ, हेटौँडा । बागमती प्रदेशका तीन जिल्ला मकवानपुर, धादिङ र चितवन तथा गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य बसोबास रहेको सीमान्तकृत चेपाङ समुदायले बागमती सरकारसँग आफूहरु बस्दै आएको क्षेत्रलाई ‘चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र’ घोषणा गर्न माग गरेको छ। बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै नेपाल चेपाङ संघ मकवानपुरले नेपालको संविधानले व्यवस्था गरेबमोजिम चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणाको प्रक्रिया अघि बढाउन माग गरेको हो। संघका मकवानपुर अध्यक्ष महेश कुमार चेपाङ नेतृत्वको टोलीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै नेपालको संविधानको धारा ५६ ९५० बमोजिम चेपाङ समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक स्तरोन्नतिका लागि ‘चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र’ घोषणा गर्न सम्भाव्यता अध्ययन गरी नीतिगत व्यवस्था गर्न माग गरे। उनीहरुले ने...
रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

Breaking News 2, कैलास, ताजा अपडेट, थाहा, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
८ भदौ, हेटौंडा । बागमती प्रदशेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरुसँग जोड्न ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासंग सिमाना जेडिएका अन्य ३ पालिका समेटेर ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने बताएका हुन् । थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए । रुट निर्धारण गरी ‘रुपचन्द विष्ट थाहा मार्ग’ नामकरण सहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै उक्त मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उनको भनाई छ । सो कार्य थाहा नगरपालिका तथा सम्बन्धित ३ वटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाहरुको पूर्ण सहमति...
राक्सिराङले ल्यायो ६३ करोड ५२ लाखको बजेट ल्यायो

राक्सिराङले ल्यायो ६३ करोड ५२ लाखको बजेट ल्यायो

Breaking News 2, अर्थ, ताजा अपडेट, राक्सिराङ्ग, राजनीति, समाचार
१० असार, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्ष २०८१र०८२ को तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो। राक्सिराङले चालु आर्थिक वर्ष २०८१र०८२ मा राक्सिराङको कुल बजेट ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ थियो । राक्सिराङको मंगलबार बसेको गाउँसभामा उपाध्यक्ष बनस्तम थिङले पेस गरेको बजेटमा चालु तथा पूँजीगत खर्च समेट्दै संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतमार्फत जुटाइने आम्दानीको विवरणसहित सार्वजनिक गरेको हो। राक्सिराङले आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ । राक्सिराङ गाउँपालिकाले बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट प्राप्त अनुदान ४३ करोड ...
प्रदेश सांसद पाठकमार्फत चेपाङ समुदायले प्रधानमन्त्रीलाई पठाए चिउरी उपहार

प्रदेश सांसद पाठकमार्फत चेपाङ समुदायले प्रधानमन्त्रीलाई पठाए चिउरी उपहार

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राक्सिराङ्ग, समाचार
२५ जेठ, हेटोँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले आफ्ना प्रतिनिधिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई परम्परागत वनउपज ‘चिउरी’ उपहारस्वरूप प्रदान गरेका छन् । बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत पठाइएको उक्त उपहार विशेष बाँसको टोकरी ‘पेरुङ्गो’ मा राखेर पठाइएको थियो । आइतबार उपहार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त उपहारले केवल चिउरी मात्र नभई समुदायको विश्वास, संस्कृति र आशा पनि सँगै आएको अनुभूति भएको बताएको प्रदेश सांसद पाठकले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्रीले चिउरी प्रवद्र्धनमार्फत चेपाङ समुदायको आर्थिक समृद्धिको मार्ग खोल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘चेपाङ समुदायको जीवनशैली, परम्परा र जीविकोपार्जनसँग गहिरो सम्बन्ध रहेको चिउरीलाई प्रवद्र्धन गर्दै समृद्धिको आधार बनाउने सोचमा छु,’ प्रधानमन्त्री ओलीले भने, ‘वन स्रोतको दीगो उपयोग, जैविक विविध...
प्लास्टिक विस्थापनका लागि राक्सिराङमा दुना–टपरी उत्पादन सुरु

प्लास्टिक विस्थापनका लागि राक्सिराङमा दुना–टपरी उत्पादन सुरु

Breaking News 1, ताजा अपडेट, राक्सिराङ्ग, समाचार
५ जेठ, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले प्लास्टिकजन्य भाँडाकुँडालाई विस्थापित गर्ने लक्ष्यसहित सालको पातबाट दुना, टपरी र कचौरा उत्पादन सुरु गरेको छ। गाउँमै उपलब्ध सालको पातको सदुपयोग गर्दै वातावरणमैत्री सामग्री उत्पादन गर्न थालिएको हो। गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्यमा दुना–टपरीको व्यावसायिक उत्पादन सुरु गरिएको हो। यसका लागि गाउँपालिकाले १५ दिने तालिम संचालन गरी दक्ष जनशक्ति तयार पारिसकेको छ। तालिममार्फत सहभागीहरूले पातबाट विभिन्न सामग्री बनाउने सीप, गुणस्तर कायम गर्ने तरिका, मेसिनको प्रयोग विधि तथा बजार व्यवस्थापनबारे ज्ञान हासिल गरेका छन्। गएको आइतबार सम्पन्न तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ र प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले दुना–टपरी बनाउने आधुनिक मेसिन ...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

Breaking News 1, अर्थ, इन्द्रसरोवर, कैलास, ताजा अपडेट, थाहा, बकैया, बागमती, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकामा रहेको छ। बकैया गाउँपालिकाको बेरुजु प्रतिशत ०.६० मात्र रहेको छ, जुन जिल्लाभरकै सबै स्थानीय तहहरूमध्ये सबैभन्दा कम हो। दोस्रो स्थानमा ०.७५ प्रतिशत बेरुजुका साथ राक्सिराङ गाउँपालिका रहेको छ। त्यसैगरी, थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० पुगेको छ, जुन सबैभन्दा उच्च हो। यसपछि २.३३ प्रतिशत बेरुजु रहेको हेटौँडा उपमहानगरपालिका दोस्रो स्थानमा पर्छ । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वर्षेनि बेरुजु रकम बढ्दै गएको र वित्तीय पारदर्शिता तथा अनुशासनमा कमजोरी देखिएको औँल्याएको छ। यस्तो अवस्था...
राक्सिराङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर

राक्सिराङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर

Breaking News 1, ताजा अपडेट, राक्सिराङ्ग, समाचार
२४ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा परेका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार राक्सिराङको खैराङबाट मनहरीतर्फ आउदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप आज बिहान करिब ८स्१५ बजे अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो। इलाका प्रहरी कार्यालय कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी मनहरी अस्पताल पठाइएको हो। बोलेरोमा चालकसहित ९ जना सवार रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राक्सिराङ ९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वरिपरि बुद्धिमान घलान, ७५ वर्षीय डिल ब। घलान, ६५ वर्षीय फूलमाया घलान, ३८ वर्षीय रूपबहादुर राउत र ४८ वर्षीय दीपक खड्काको अवस्था गम्भीर रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज