भीमफेदी

बाघझोरामा ओभरब्रिज वा अन्डरपास निर्माण गर्न सांसद बर्तौलाको माग

बाघझोरामा ओभरब्रिज वा अन्डरपास निर्माण गर्न सांसद बर्तौलाको माग

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, भीमफेदी, समाचार
१० भदौ, हेटौँडा । एमालेका प्रमुख सचेतक तथा मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले त्रिभुवन राजमार्गअन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्बर १ मा पर्ने बाघझोरा खहरेको समस्या दीर्घकालीन समाधानका लागि ओभरब्रिज वा अण्डरपास निर्माण गर्न माग गरेका छन्। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्मासँग भेट गरी सांसद बर्तौलाले बाघझोराको ग्राभेलसहितको भेल बाढीले बारम्बार सडक अवरुद्ध गर्ने समस्या हल गर्न ध्यानाकर्षण गराएका हुन्। ‘यो केवल मकवानपुरबासीको मात्र नभई त्रिभुवन राजमार्ग हुँदै देशभर आवतजावत गर्ने सम्पूर्ण यात्रुको साझा समस्या हो। सामान्य वर्षामा समेत खहरे बाढीले सडक घण्टौँसम्म बन्द हुने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि प्राविधिक हिसाबले उपयुक्त अण्डरपास वा ओभरब्रिज निर्माण आवश्यक छ।’ सांसद बर्तौलाले तत्काल अध्ययन सुरु ...
माइक्रो दुर्घटना हुँदा पाँचजना घाइते, तीनको अवस्था गम्भिर

माइक्रो दुर्घटना हुँदा पाँचजना घाइते, तीनको अवस्था गम्भिर

Breaking News 1, ताजा अपडेट, भीमफेदी, समाचार
१९ असार, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा विद्युतीय माइक्रो बस दुर्घटना हुँदा पाँचजना यात्रु घाइते भएका छन्। शुक्रबार दिउँसो हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०५५१ नम्बरको इभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर करिब १५ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा १० जना सवारमध्ये पाँचजना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। गम्भीर घाइतेलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको र गाडीचालक पर्साको परमानीपुर गाउँपालिका– २ निवासी राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार पर्साको जिराभवानी गाउँपालिका– ३ का ३५ वर्षीय चन्द्र सन्जु गौर, भारतको बिहारका ३९ वर्षीय रिसाहद ...
भीमफेदीमा आगलागी: सुनसहित झण्डै १२ लाखको क्षति

भीमफेदीमा आगलागी: सुनसहित झण्डै १२ लाखको क्षति

Breaking News 1, ताजा अपडेट, भीमफेदी, समाचार
२० जेठ, हेटौंडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित धार्की, खन्कालेकमा भएको भीषण आगलागीमा झण्डै १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय शंखरसिं मुक्तानको जस्ताको छाना भएको भुइँतले काठ, ढुङ्गा र माटोले निर्मित घर तथा त्यससँगै जोडिएको गोठमा सोमबार विद्युत् सर्ट भएर आगलागी भएको हो। आगलागीले घर पूर्णरूपमा जलेर नष्ट भएको र करिब ११ लाख ६२ हजार रुपैयाँ बराबरको क्षति भएको मुक्तानले इलाका प्रहरी कार्यालय ठिंगनलाई जानकारी दिएका छन्। प्रहरीका अनुसार मानवीय क्षति र चौपायाको क्षति नभए पनि घरभित्र रहेको नगद एक लाख ५० हजार रुपैयाँसहित मकै १२ मुरी, तोरी चार मुरी, फापर तीन मुरी, सुन दुई तोला, महत्वपूर्ण कागजातहरू तथा लत्ताकपडा जलेर नष्ट भएको छ। स्थानीय बासिन्दाहरूले आगलागी नियन्त्रणमा ल्याउन प्रयास गरे पनि पूर्ण रूपमा निभाउन नसकिएको र दमकल पुगेपछि मात्र आगो नियन्त्रणमा आएको बत...
बागमतीले बगायो तेल ट्यांकर र डब्बा गाडी, टयांकरका चालक हामफालेर बाँचे

बागमतीले बगायो तेल ट्यांकर र डब्बा गाडी, टयांकरका चालक हामफालेर बाँचे

Breaking News 1, ताजा अपडेट, भीमफेदी, समाचार
१५ जेठ, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित बगुवा खोलाले बिहीबार दुई वटा सवारी साधन बगाएको छ । अविरल वर्षाका कारण पानीको बहाव बढेपछि एक तेल ट्यांकर र एक डब्बा ट्रक खोलाले बगाएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार बाराको अमलेखगञ्जबाट डिजेल बोकेर काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क २०३१ नम्बरको ट्यांर पुल नजिकैको चिप्लो र हिलो बाटोमा अनियन्त्रित भइ खोलामा खसेको हो । ट्यांकर चालक वीरगंज महानगरपालिका–२१ का २६ वर्षीय कृष्ण महतो भने गाडी खस्नुअघि नै हामफालेर ज्यान जोगाउन सफल भएका छन् । यस्तै वीरगंज भन्सारबाट सामान बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ५१९६ नम्बरको डब्बा गाडी पनि खोला नजिकै पार्किङ गरेर राखिएको अवस्थामा पानीको तेज बहावले बगाएको प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार दुबै सवा...
भीमफेदी कारागारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भीमफेदी कारागारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, भीमफेदी, समाचार, स्वास्थ्य
१४ जेठ, हेटौँडा । गणतन्त्र दिवस २०८२ को अवसरमा मकवानपुरको भीमफेदीस्थित कारागारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कैदीबन्दी र सुरक्षाकर्मीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय र स्वास्थ्य मन्त्रालयको आयोजनामा तथा कारागार कार्यालय भीमफेदीको समन्वयमा बुधबार उक्त शिविर सञ्चालन गरिएको हो । कारागार प्रशासक सुवास पौडेलका अनुसार शिविरमा हाडजोर्नी तथा नसा, छाला रोग, क्षयरोग, मनोचिकित्सा, स्त्रीरोग, आन्तरिक चिकित्सा, आयुर्वेद, एक्स–रे तथा भिडियो एक्स–रे सेवा प्रदान गरिएको थियो। आठ जना चिकित्सकसहित ३७ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको स्वास्थ्य शिविरमा कुल ५०२ जना सुरक्षाकर्मी र कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा आन्तर...
भिमफेदीको कोगटे खोलामा डुबेर किशोरको मृत्यु

भिमफेदीको कोगटे खोलामा डुबेर किशोरको मृत्यु

ताजा अपडेट, भीमफेदी, समाचार
१४ जेठ, हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा डुबेर एक किशोरको ज्यान गएको छ। काठमाण्डौं महानगरपालिका–१२ लाजिम्पाट निवासी १७ वर्षीय नामसोज हगंजबेगुको पौडी खेल्ने क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मंगलबार दिउँसो हगंजबेगु आफ्ना आठ जना साथीहरूसँग भिमफेदी घुम्न आएका थिए। सोही क्रममा कोगटे खोलामा पौडी खेल्ने क्रममा उनी अचानक डुबेका थिए। साथीहरूले प्रहरी आउनु अघि नै उनलाई पानीबाट निकाली नजिकैको स्थानीय स्वास्थ्य चौकी सिस्नेरीमा पुर्‍याएका थिए। उपचारको क्रममा साँझ ९ बजे उनको मृत्यु भएको डिएसपी अर्यालले बताए । उनका अनुसार, मृतकको शव पोष्टमार्टमका लागि आफन्तको जिम्मा लगाईए शिक्षण अस्पताल, महाराजगञ्ज काठमाण्डौं पठाइएको छ।        ...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

Breaking News 1, अर्थ, इन्द्रसरोवर, कैलास, ताजा अपडेट, थाहा, बकैया, बागमती, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकामा रहेको छ। बकैया गाउँपालिकाको बेरुजु प्रतिशत ०.६० मात्र रहेको छ, जुन जिल्लाभरकै सबै स्थानीय तहहरूमध्ये सबैभन्दा कम हो। दोस्रो स्थानमा ०.७५ प्रतिशत बेरुजुका साथ राक्सिराङ गाउँपालिका रहेको छ। त्यसैगरी, थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० पुगेको छ, जुन सबैभन्दा उच्च हो। यसपछि २.३३ प्रतिशत बेरुजु रहेको हेटौँडा उपमहानगरपालिका दोस्रो स्थानमा पर्छ । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वर्षेनि बेरुजु रकम बढ्दै गएको र वित्तीय पारदर्शिता तथा अनुशासनमा कमजोरी देखिएको औँल्याएको छ। यस्तो अवस्था...
कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

Breaking News 1, इन्द्रसरोवर, ताजा अपडेट, बागमती प्रदेश, भीमफेदी, समाचार
३० बैशाख, हेटौँडा । हेटौंडा काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ । सडक स्तरोन्नती कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सो सडक बन्द गर्ने निर्णय भएको जनाएको हो । सो सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुर मार्फत् ठेक्का लागि हाल मर्मत तथा स्तरोन्नतीको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्रचार बमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्ने प्रयोजनका लागि जेठ २ गतेदेखि २० गतेसम्म ९१९ दिन० बन्द गरिने भएको हो । १९ दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं आवतजावतका लागि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । प्रशासनक कार्यालयले सो अवधिमा कान्ति लोकपथ वा कुलेखानी...
डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध

डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, भीमफेदी, समाचार
२१ वैशाख, हेटौँडा । काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । सवारी साधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध भएको छ । गएरातिदेखि परेको बर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ र ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ तर्फको डाइभर्सन बगाएको मकवानपुर प्रहरीले जनाएको छ । तत्काल प्रहरी र सडक डिभिजक कार्यलयको टोलीले उक्त क्षेत्रबाट अबरुद्ध बाटो खेल्ने प्रयास भइरहेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उनले तत्कालका लागि कान्ति लोकपथ भएर चल्न सवारीसाधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । यसअघि गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग बगाएपछि झण्डै दुईहप्तासम्म उक्त सडक खण्ड अवरुद्ध भएको थियो ।...
कुखुरा आँगनमा आएको निहुँमा छोराले हानेको गोली लागी बाबु घाइते

कुखुरा आँगनमा आएको निहुँमा छोराले हानेको गोली लागी बाबु घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, भीमफेदी, समाचार
१७ वैशाख, हेटौँडा । मकवानपुरमा छोराले हानेको गोली लागेर बाबु घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार घटना जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ९ अघोरमा भएको हो । बुधबार स्थानीय ३५ वर्षीय इमान सिं थिङले आफ्नो ५९ वर्षीय बाबु कान्छाराम थिङलाई भरुवा बन्दुकबाट गोली हानेका थिए । गोली लागेका कान्छारामको अवस्था सामान्य रहेको मकावानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार घाइते कान्छारामको बाँया खुट्टाको तिघ्रा र दाहिने हातमा छर्राले लागेर चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा जानकारी पाएपछि इलाका प्रहरी कार्यलय भीमफेदीबाट प्रहरी निरीक्षक सन्त बहादुर श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले छोरा इमान सिंलाई लाइसेन्स नभएको एक थान एक नाले भरुवा बन्दुसहित नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार कुखुरा आफ्नो आँगन तर्फ आएको भन्ने बिषयम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज