मकवानपुर–२ मा बुद्ध लामाको अभियान तीव्र विकास र सुशासनका लागि कांग्रेसलाई जिताउन आग्रह
Breaking News 1, samachar, इन्द्रसरोवर, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, थाहा, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
७ फागुन, हेटौंडा । आसन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेस का उम्मेदवार बुद्ध लामा ले आफ्नो चुनावी अभियान तीव्र पारेका छन् ।
कघरदैलो तथा भेटघाट कार्यक्रममा सहभागी हुँदै लामाले विकास, सुशासन र राजनीतिक स्थायित्वका लागि कांग्रेसलाई जिताउनुपर्ने बताएका छन् । उनले लामो समयदेखि क्षेत्र नं. २ मा विद्यमान सुकुम्बासी, भूमिहीन, शिक्षा, स्वास्थ्य, सडक तथा बेरोजगारीलगायतका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए ।
लामाले यस क्षेत्रमा कम्युनिष्ट दलहरूले पटकपटक निर्वाचन जित्दै आए पनि स्थानीयस्तरमा अपेक्षाअनुसार विकासको गति बढाउन नसकेको दाबी गरे । रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सेवा प्रवाह सुदृढीकरणमा कमजोरी देखिएको उनको भनाइ छ ।
निर्वाचन जितेमा पूर्वाधार विकास, सडक सञ्जाल विस्तार तथा सामाजिक क्षेत्रका समस्याको समाधानका लागि नीतिगत पहल गर...























