२० जेठ, हेटौंडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित धार्की, खन्कालेकमा भएको भीषण आगलागीमा झण्डै १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय शंखरसिं मुक्तानको जस्ताको छाना भएको भुइँतले काठ, ढुङ्गा र माटोले निर्मित घर तथा त्यससँगै जोडिएको गोठमा सोमबार विद्युत् सर्ट भएर आगलागी भएको हो।
आगलागीले घर पूर्णरूपमा जलेर नष्ट भएको र करिब ११ लाख ६२ हजार रुपैयाँ बराबरको क्षति भएको मुक्तानले इलाका प्रहरी कार्यालय ठिंगनलाई जानकारी दिएका छन्।
प्रहरीका अनुसार मानवीय क्षति र चौपायाको क्षति नभए पनि घरभित्र रहेको नगद एक लाख ५० हजार रुपैयाँसहित मकै १२ मुरी, तोरी चार मुरी, फापर तीन मुरी, सुन दुई तोला, महत्वपूर्ण कागजातहरू तथा लत्ताकपडा जलेर नष्ट भएको छ।
स्थानीय बासिन्दाहरूले आगलागी नियन्त्रणमा ल्याउन प्रयास गरे पनि पूर्ण रूपमा निभाउन नसकिएको र दमकल पुगेपछि मात्र आगो नियन्त्रणमा आएको बताइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।