भीमफेदीमा आगलागी: सुनसहित झण्डै १२ लाखको क्षति

२० जेठ, हेटौंडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित धार्की, खन्कालेकमा भएको भीषण आगलागीमा झण्डै १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय शंखरसिं मुक्तानको जस्ताको छाना भएको भुइँतले काठ, ढुङ्गा र माटोले निर्मित घर तथा त्यससँगै जोडिएको गोठमा सोमबार विद्युत् सर्ट भएर आगलागी भएको हो।

आगलागीले घर पूर्णरूपमा जलेर नष्ट भएको र करिब ११ लाख ६२ हजार रुपैयाँ बराबरको क्षति भएको मुक्तानले इलाका प्रहरी कार्यालय ठिंगनलाई जानकारी दिएका छन्।

प्रहरीका अनुसार मानवीय क्षति र चौपायाको क्षति नभए पनि घरभित्र रहेको नगद एक लाख ५० हजार रुपैयाँसहित मकै १२ मुरी, तोरी चार मुरी, फापर तीन मुरी, सुन दुई तोला, महत्वपूर्ण कागजातहरू तथा लत्ताकपडा जलेर नष्ट भएको छ।

स्थानीय बासिन्दाहरूले आगलागी नियन्त्रणमा ल्याउन प्रयास गरे पनि पूर्ण रूपमा निभाउन नसकिएको र दमकल पुगेपछि मात्र आगो नियन्त्रणमा आएको बताइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...