२० पुस, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरीखेतमा शनिबार भएको सुमो दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १ महिला र ५ जना पुरुष छन् । मकवानपुर प्रहरीका अनुसार उनीहरुको पहिचान खुलेको छैन ।
मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी पुष्कर बोगटीले घटनामा ३ जना घाइते भएको जानकारी दिए । घाइते हुनेमा १ जना पुरुष र २ जना बालबालिका छन् । उनकाअनुसार भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा शनिबार साँझ करिब ५:३० बजे काठमाडौँबाट हेटौँडातर्फ आउदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो । सुमोमा सवार ९ जनालाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी हेटौँडा अस्पताल ल्याई पुर्याइएको थियो।
उद्धारपछि अस्पताल ल्याइएका १ महिला र ५ जना पुरुषलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा घाइते भएका ३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए ।
मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।