Day: January 4, 2026

भीमफेदीमा सुमो दुर्घटना: ६ जनाको ज्यान गयो, ३ जना घाइते 

भीमफेदीमा सुमो दुर्घटना: ६ जनाको ज्यान गयो, ३ जना घाइते 

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, भीमफेदी, समाचार
२० पुस, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरीखेतमा शनिबार भएको सुमो दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १ महिला र ५ जना पुरुष छन् । मकवानपुर प्रहरीका अनुसार उनीहरुको पहिचान खुलेको छैन । मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी पुष्कर बोगटीले घटनामा ३ जना घाइते भएको जानकारी दिए । घाइते हुनेमा १ जना पुरुष र २ जना बालबालिका छन् । उनकाअनुसार भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा शनिबार साँझ करिब ५:३० बजे काठमाडौँबाट हेटौँडातर्फ आउदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो । सुमोमा सवार ९ जनालाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी हेटौँडा अस्पताल ल्याई पुर्‍याइएको थियो। उद्धारपछि अस्पताल ल्याइएका १ महिला र ५ जना पुरुषलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा घाइते भएका ३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उन...