इन्द्रसरोवर

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

Breaking News 1, अर्थ, इन्द्रसरोवर, कैलास, ताजा अपडेट, थाहा, बकैया, बागमती, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकामा रहेको छ। बकैया गाउँपालिकाको बेरुजु प्रतिशत ०.६० मात्र रहेको छ, जुन जिल्लाभरकै सबै स्थानीय तहहरूमध्ये सबैभन्दा कम हो। दोस्रो स्थानमा ०.७५ प्रतिशत बेरुजुका साथ राक्सिराङ गाउँपालिका रहेको छ। त्यसैगरी, थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० पुगेको छ, जुन सबैभन्दा उच्च हो। यसपछि २.३३ प्रतिशत बेरुजु रहेको हेटौँडा उपमहानगरपालिका दोस्रो स्थानमा पर्छ । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वर्षेनि बेरुजु रकम बढ्दै गएको र वित्तीय पारदर्शिता तथा अनुशासनमा कमजोरी देखिएको औँल्याएको छ। यस्तो अवस्था...
कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

Breaking News 1, इन्द्रसरोवर, ताजा अपडेट, बागमती प्रदेश, भीमफेदी, समाचार
३० बैशाख, हेटौँडा । हेटौंडा काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ । सडक स्तरोन्नती कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सो सडक बन्द गर्ने निर्णय भएको जनाएको हो । सो सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुर मार्फत् ठेक्का लागि हाल मर्मत तथा स्तरोन्नतीको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्रचार बमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्ने प्रयोजनका लागि जेठ २ गतेदेखि २० गतेसम्म ९१९ दिन० बन्द गरिने भएको हो । १९ दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं आवतजावतका लागि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । प्रशासनक कार्यालयले सो अवधिमा कान्ति लोकपथ वा कुलेखानी...
मकवानपुर गोल्डकपको हिसाब किताब डेढ वर्षपछि सार्वजनिक, हिसाब किताब छैन पारदर्शी 

मकवानपुर गोल्डकपको हिसाब किताब डेढ वर्षपछि सार्वजनिक, हिसाब किताब छैन पारदर्शी 

Breaking News 1, इन्द्रसरोवर, कैलास, खेलकुद, बागमती, भीमफेदी, मकवानपुरगढी, समाचार, स्थानीय, स्वास्थ्य, हेटौँडा
६ वैशाख, हेटौंडा । प्रतियोगिता सम्पन्न भएको डेढ वर्षमा मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक भएको छ । शनिबार मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक गरेको हो । संघको आयोजनामा गत २०८० माघमा सम्पन्न प्रतियोगिताको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो । मकवानपुरको १० वटा स्थानीय तहको आर्थिक सहयोगमा हुने गरेको उक्त गोल्डकपको आम्दानी खर्च भने हरेक वर्ष अपार्दशी हुने गरेको छ । छैठौ संस्करणको ‘सहीद स्मृती मकवानपुर राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगित २०८० को आम्दानी तथा खर्च पनि पारदर्शी हुन सकेको देखिदैन । संघले सार्वजनिक गरेको गोल्डकपको आम्जानी तथा खर्च विवरणमा एकै प्रकृतिका खर्च शिर्षकहरु पटक पटक दोहोरीएका छन् भने नगरेको शिर्षकमा पनि खर्च भएको विवरण सार्वजनिक गरेको हो । संघले शनिबार सार्वजनिक गरेको गोल्डकको खर...
सुमो दुर्घटना हुँदा मकवानपुरका ९ जना घाइते, ३ को अवस्था गम्भिर

सुमो दुर्घटना हुँदा मकवानपुरका ९ जना घाइते, ३ को अवस्था गम्भिर

Breaking News 1, इन्द्रसरोवर, ताजा अपडेट, समाचार
२० चैत, हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार अपरान्ह रौतहटबाट हेटौँडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ५४८५ नम्बरको सुमो ब्रेक फेल भएर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ बतासे स्थित भीमफेदी कुलेखानी सिस्नेरी सडक खण्डमा दुर्घटनामा परेको हो । सुमो सडकाबाट झण्डै एकसय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले चालक सहित १० जना रहेको सुमोमा ३ जनाको गम्भिर, १ जना मध्यम र ५ जना सामान्य घाइते भएको जानकारी दिए ।उनका अनुसार प्रहरी सहा यक निरीक्षक खगेन्द्रलाल गुभाजुको नेतृत्वको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ । सुमो चालक प्रहरीको सम्पर्कमा रहेको र घाइतेहरुको पहिचान खुल्न बाँ...
मकवानपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर ३ बालक मृत्यु 

मकवानपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर ३ बालक मृत्यु 

Breaking News 1, इन्द्रसरोवर, ताजा अपडेट, समाचार
१८ चैत, हेटौंडा । मकवानपुरको सिस्नेरीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको ज्यान गएको छ । इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित सिस्नेरी खोलामा जमेको पानीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेर अचेत अवस्थामा उद्धार गरिएको थियो । मृत्यु हुनेमा स्थानीय सुन्दर आचार्यका छोरा १४ वर्षका सुशान्त आचार्य र काभ्रेको फुलबारी दाप्चाबाट मामा घर (सुन्दर आचार्य) को घरमा आएका १५ वर्षका प्रमेश घोरसैनी र १४ वर्षका प्रभात घोरासैनी रहेका छन् । प्रमेश र प्रभात दाजुभाइ रहेको प्रहरीले जनाएको छ । उपचारको लागि ललितपुर अस्पताल पुर्‍याएका उनिहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरिक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए । खोलाको पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा स्थानीय  सुशान्तसहित प्रमेश  र प्रभात अचेत बनेका थिए । उनिहरुलाई उद्धार गरी उपचारको लागि काठमाडौं पठाइ...
चोरी गर्न गर्न गएका व्यक्ति घरधनीको प्रतिकारबाट गम्भीर घाइते

चोरी गर्न गर्न गएका व्यक्ति घरधनीको प्रतिकारबाट गम्भीर घाइते

Breaking News 1, इन्द्रसरोवर, ताजा अपडेट, समाचार
१६ फागुन, हेटौँडा । घरधनीले प्रतिकार गर्दा मकवानपुरमा चोरी गर्न घर भित्र छिरेका एकजना व्यक्ति गम्भीर घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ अदुवा बारीमा बिहीबार राति स्थानीय मिन बहादुर भ्लोनको घरमा चोरी गर्न छिरेका व्यक्ति प्रतिकारबाट घाइते भएका हुन् । चोरी गर्ने उदेश्यले घरभित्र छिरेका व्यक्तिले घरधनी मिन बहादुर र उनकी श्रीमती देवी माया भ्लोनलाई आँखामा खुर्सानीको धुलो छरी चोरीको प्रयास गरेका थिए । तर देवीमायाले नजिकै रहेको घरेलु औजारले प्रतिकार गर्दा चोरी गर्न आएका अन्दाजी ४० वर्षीय पुरुष गम्भीर घाइते मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । चोरी गर्न आएका व्यक्तिको पहिचान नखुलेको र उनको टाउको, मुख र शरिरमा बिभिन्न भागमा चोट लागेको छ । उनलाई हेटौँडामा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको छ । यस्तै भ्लोन दम्पती पनि घाइते ...
महालक्ष्मी–चखेल–मातातीर्थ सकड स्तरोन्नतिका लागि डेढ महिना बन्द

महालक्ष्मी–चखेल–मातातीर्थ सकड स्तरोन्नतिका लागि डेढ महिना बन्द

Breaking News 1, samachar, इन्द्रसरोवर, ताजा अपडेट, समाचार
५ फागुन, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट काठमाडौं जोड्ने महालक्ष्मी–चखेल–मातातीर्थ सडक डेढ महिनाका लागि बन्द गरिएको छ । उक्त सडक खण्डको विभिन्न स्थानमा रतरोन्नति गर्नका लागि आइतबारदेखि डेढ महिनाका लागि बन्द गरिएको हो । इन्द्रसरोवर गाउँपालिका–५ कार्यालयले सूचना जारी गर्दै आइतबारदेखि आगामी २१ चैतसम्म उक्त सडक बन्द रहने जानकारी गराएको हो । वडा अध्यक्ष दुतराज तितुङले उक्त सडक हुँदै आवतजावत गर्ने सवारीसाधनको आवागमन बन्द रहने बताए । उनका अनुसार गाउँपालिका–५ स्थित महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकअन्तर्गतको देउराली मातातीर्थ खण्डको सडकको मोडहरूमा सडक ढलानको काम गर्नुपर्ने भएकोले उक्त सडक बन्द गरिएको हो । उनले यसअवधिमा उक्त सडक भएर चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे । यस्तै, हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक खण्ड कुलेखानी–फा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज