मकवानपुर गोल्डकपको हिसाब किताब डेढ वर्षपछि सार्वजनिक, हिसाब किताब छैन पारदर्शी 

६ वैशाख, हेटौंडा । प्रतियोगिता सम्पन्न भएको डेढ वर्षमा मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक भएको छ । शनिबार मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक गरेको हो ।

संघको आयोजनामा गत २०८० माघमा सम्पन्न प्रतियोगिताको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो । मकवानपुरको १० वटा स्थानीय तहको आर्थिक सहयोगमा हुने गरेको उक्त गोल्डकपको आम्दानी खर्च भने हरेक वर्ष अपार्दशी हुने गरेको छ ।

छैठौ संस्करणको ‘सहीद स्मृती मकवानपुर राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगित २०८० को आम्दानी तथा खर्च पनि पारदर्शी हुन सकेको देखिदैन । संघले सार्वजनिक गरेको गोल्डकपको आम्जानी तथा खर्च विवरणमा एकै प्रकृतिका खर्च शिर्षकहरु पटक पटक दोहोरीएका छन् भने नगरेको शिर्षकमा पनि खर्च भएको विवरण सार्वजनिक गरेको हो ।

संघले शनिबार सार्वजनिक गरेको गोल्डकको खर्च विवरणमा खेलाडी यातायात खर्च ४ लाख ३१ हजार ६०० रुपैयाँ देखाइएको छ भने बस भाडा खेलाडी शिर्षकमा पनि २ लाख २८ हजार रुपैयाँ खर्च भएको देखिाइएको छ ।

अतिथी तथा आयोजक खाजा खर्चमा १ लाख ९५ हजार रुपैयाँ खर्च भएको संघको विवरण रहेको छ भने स्वयसेवक खर्च शिर्षकमा १ लाख १९ हजार रुपैयाँ देखाइएको छ । संघले फ्लेक्स प्रिन्ट, गेट व्यानर खर्च शिर्षक २ पटक समावेश गरी प्रत्यक पटक २ लाख ६३ हजार ८८२ रुपैयाँ खर्च समावेश गरेको छ ।

प्रचार प्रशास अन्तर्गत विज्ञापन खर्चमा २ लाख ९७ हजार रुपैयाँ खर्च भएको संघको विवरणमा उल्लेख छ । जबकी उक्त समयमा गोल्डकपको विज्ञापन कुनै पनि माध्यमबाट औपचारिक रुपमा प्रचार प्रसार भएको थिएन ।

पत्रकार ट्रेनिङ शिर्षकमा ३ दिनको तालिम संचालन, टिसर्ट वितरण गर्दा १ लाख ५० हजार रुपैयाँ खर्च भएको संघको विवरणमा उल्लेख छ । जबकी उक्त ट्रेनिङमा न उपस्थितहरुलाई कुनै सुविधा प्रदान गरिएको थियो । न नै टिसर्ट वितरण गरिएको थियो ।

संघको खर्च विवरणमा मसलन्द वापत ३६ हजार ८७० रुपैयाँ खर्च भएको विवरण समावेश भएको छ भने सोही प्रकृतिको अर्को शिर्षक मसलन्द तथा अन्य शिर्षकमा १ लाख ७७ हजार १९८ रुपैयाँ खर्च भएको विवरण समावेश भएको छ । फुटबल संघले उक्त प्रतियोगिताको लागि ९१ लाम ४८ हजार ९४९ रुपैयाँ खर्च गरेको विवरण देखाएको छ ।

फुटबल प्रतियोगिता आर्थिक रुपमा घाटा भएको संघका कोषाध्यक्ष अमृत लुङबाले बताए । प्रतियोगिता आयोजना गर्न ९१ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ भने जम्मा ८९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको उनले बताए । प्रतियोगिताबाट २ लाख २४ हजार रुपैयाँ घाटा भएको कोषाध्यष लुङ्वाले बताए ।

स्थानीय तहले पत्याउनै छोडे

विवाद र अपादर्शीताका बिच फुटबल संघलाई सो प्रतियोगिता अन्तर्गत दिँदै आएको बजेट कटौती भएको देखिन्छ । २०८० को उक्त प्रतियोगिताको लागि मकवानपुरका गाउँपालिकाहरुले ३ लाख देखि ५ लाख रुपैयाँसम्म बजेट विनियोजन गर्ने गरेका थिए ।

हेटौंडा उपमहानगरपालिकाले २५ लाख रुपैयाँ र बागमती प्रदेश खेलकुद विकास परिषदले ५० लाख रुपैयाँ आर्थिक सहयोग दिएर सो गोल्डकप सम्पन्न हुने गरेको थियो । तर, पछिल्लो समय उक्त बजेट निरन्तर कटौटी भएको संघको आम्दानी विवरणमा उल्लेख छ ।

सो प्रतियोगिताको लागि मकवानपुरका ८ गाउँपालिका मध्ये ५ वटाले मात्र आर्थिक सहयो उपलब्ध गराएका छन् । ३ लाखदेखि ५ लाखसम्म आर्थिक समयोग दिने गाउँपालिकाहरुले न्युनमत १ लाख ७० हजार रुपैयाँ देखि अधिकतम ४ लाख ९२ हजार रुपैयाँ आर्थिक सहयोग दिएका छन् ।

गोल्डकपका लागि भीमफेदी गाउँपालीकाले ४ लाख ९२ हजार रुपैयाँ, कैलाश गाउँपालिकाले २ लाख ९५ हजार रुपैयाँ, बागमती गाउँपालिकाले २ लाख ७८ हजार रुपैयाँ, इन्द्रसरोबर गाउँपालिकाले २ लाख ४७ हजार रुपैयाँ र मकवानपुरगढी गाउँपालिकाले १ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग दिएको छ ।

त्यसबाहेक २५ लाख रुपैयाँ आर्थिक सहयोग दिँदै आएको हेटौंडा उपमहानगरपालिकाले १८ लाख ७५ हजार रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषदले ४५ लाख ९१ रुपैयाँ सहयोग उपलब्ध गराएको छ । मकवानपुरको बकैया गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, थाहा नगरपालिकाले प्रतियोगिताको लागि दिँदै आएको बजेट कटौती गरेका छन् ।

संघका कोषाध्यक्ष लुङ्वाका अनुसार प्रतियोगिताको खर्च विवरणमा केही त्रुटिहरु रहेको बताए । केही खर्च शिर्षकहरु दोहोरिएको र केही खर्च शिर्षक मिलानमा प्राविधिक कमजोरी भएको बताए । खर्च मिलान गर्न केही शिर्षकहरु उस्तै प्रकृतिको देखिएको उनले बताए ।

गोल्डकपको आम्दानीका क्षेत्रहरु उठाउन समय लागेकाले हिसाब किताब सार्वजनिक गर्न समय लागेको उनले बताए । अझैपनि केही खर्चहरु फछ्यौट गर्न बाँकी रहेको र त्यसलाई पनि खर्चको विवरणमा समावेश गरिएको उनको भनाई छ । पत्रकार तालिम, विज्ञापन तथा प्रचार प्रसार लगायतका खर्चहरु पठाउन बाँकी नै रहेको उनले बताए ।

पछिल्लो समय प्रतियोगिताको लागि स्थानीय तहबाट बजेट उपलब्ध हुुनेक्रम घटिरहेको उनले बताए । स्थानीय हत आफै प्रतियोगिता आयोजना गर्ने कार्यमा अग्रसर रहेकाले प्रतियोगिताको बजेट घटेको उनको भनाई छ । पछिल्लो सयम स्थानीय तहको स्रोत पनि घटेकाले प्रतियोगिताको बजेट स्वतः गिरावट आएको उनले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...