Day: २०८२, ७ बैशाख आईतवार २१:५६

राप्रपा अध्यक्ष लिङ्देनसहित पक्राउ परेका ७ जना छुटे

राप्रपा अध्यक्ष लिङ्देनसहित पक्राउ परेका ७ जना छुटे

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
७ वैशाख, हेटौँडा । प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना छुटेका छन् । आइतबार दिउँसो पक्राउ परेका उनीहरू झन्डै ४ घण्टापछि छुटेका हुन् । प्रहरीले राप्रपा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई सिंहदरबार र अन्य तीन जनालाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ भद्रकालीमा राखिएको थियो ।...
राप्रपाका अध्यक्ष लिङ्देनसहित तामाङ र शाही पक्राउ 

राप्रपाका अध्यक्ष लिङ्देनसहित तामाङ र शाही पक्राउ 

Breaking News 2, समाचार
७ वैशाख, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाही पक्राउ परेका छन् । उनिहरुलाई निषेधित क्षेत्रमा प्रदर्शनका गर्ने क्रममा पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए । राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो । शीर्ष नेताहरु पक्राउ परेपछि राप्रपाको प्रदर्शन छिन्नभिन्न भएको छ ।...
मकवानपुर गोल्डकपको हिसाब किताब डेढ वर्षपछि सार्वजनिक, हिसाब किताब छैन पारदर्शी 

मकवानपुर गोल्डकपको हिसाब किताब डेढ वर्षपछि सार्वजनिक, हिसाब किताब छैन पारदर्शी 

Breaking News 1, इन्द्रसरोवर, कैलास, खेलकुद, बागमती, भीमफेदी, मकवानपुरगढी, समाचार, स्थानीय, स्वास्थ्य, हेटौँडा
६ वैशाख, हेटौंडा । प्रतियोगिता सम्पन्न भएको डेढ वर्षमा मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक भएको छ । शनिबार मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक गरेको हो । संघको आयोजनामा गत २०८० माघमा सम्पन्न प्रतियोगिताको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो । मकवानपुरको १० वटा स्थानीय तहको आर्थिक सहयोगमा हुने गरेको उक्त गोल्डकपको आम्दानी खर्च भने हरेक वर्ष अपार्दशी हुने गरेको छ । छैठौ संस्करणको ‘सहीद स्मृती मकवानपुर राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगित २०८० को आम्दानी तथा खर्च पनि पारदर्शी हुन सकेको देखिदैन । संघले सार्वजनिक गरेको गोल्डकपको आम्जानी तथा खर्च विवरणमा एकै प्रकृतिका खर्च शिर्षकहरु पटक पटक दोहोरीएका छन् भने नगरेको शिर्षकमा पनि खर्च भएको विवरण सार्वजनिक गरेको हो । संघले शनिबार सार्वजनिक गरेको गोल्डकको खर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज