मकवानपुरगढी

मकवानपुर–२ मा बुद्ध लामाको अभियान तीव्र विकास र सुशासनका लागि कांग्रेसलाई जिताउन आग्रह

मकवानपुर–२ मा बुद्ध लामाको अभियान तीव्र विकास र सुशासनका लागि कांग्रेसलाई जिताउन आग्रह

Breaking News 1, samachar, इन्द्रसरोवर, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, थाहा, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
७ फागुन, हेटौंडा । आसन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेस का उम्मेदवार बुद्ध लामा ले आफ्नो चुनावी अभियान तीव्र पारेका छन् । कघरदैलो तथा भेटघाट कार्यक्रममा सहभागी हुँदै लामाले विकास, सुशासन र राजनीतिक स्थायित्वका लागि कांग्रेसलाई जिताउनुपर्ने बताएका छन् । उनले लामो समयदेखि क्षेत्र नं. २ मा विद्यमान सुकुम्बासी, भूमिहीन, शिक्षा, स्वास्थ्य, सडक तथा बेरोजगारीलगायतका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । लामाले यस क्षेत्रमा कम्युनिष्ट दलहरूले पटकपटक निर्वाचन जित्दै आए पनि स्थानीयस्तरमा अपेक्षाअनुसार विकासको गति बढाउन नसकेको दाबी गरे । रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सेवा प्रवाह सुदृढीकरणमा कमजोरी देखिएको उनको भनाइ छ । निर्वाचन जितेमा पूर्वाधार विकास, सडक सञ्जाल विस्तार तथा सामाजिक क्षेत्रका समस्याको समाधानका लागि नीतिगत पहल गर...
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, भीमफेदी, मकवानपुरगढी, समाचार
३० कात्तिक, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार दुर्घटना राति भएको हो। बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई झण्डै ४०÷५० मिटर तल बुङ्दल खोलामा खसेको प्रहरीले जनाएको छ। घटनास्थलमै दुबै जनाको मृत्यु भएको र उनीहरूको पहिचान खुलाउने कार्य जारी रहेको प्रहरीको भनाइ छ। आइतबार बिहान स्थानीयले मोटरसाइकल खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएसँगै प्रहरी टोली घटनास्थल पुगेको र दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरी उपरीक्षक बोहोराले जानकारी दिए।...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

Breaking News 1, अर्थ, इन्द्रसरोवर, कैलास, ताजा अपडेट, थाहा, बकैया, बागमती, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकामा रहेको छ। बकैया गाउँपालिकाको बेरुजु प्रतिशत ०.६० मात्र रहेको छ, जुन जिल्लाभरकै सबै स्थानीय तहहरूमध्ये सबैभन्दा कम हो। दोस्रो स्थानमा ०.७५ प्रतिशत बेरुजुका साथ राक्सिराङ गाउँपालिका रहेको छ। त्यसैगरी, थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० पुगेको छ, जुन सबैभन्दा उच्च हो। यसपछि २.३३ प्रतिशत बेरुजु रहेको हेटौँडा उपमहानगरपालिका दोस्रो स्थानमा पर्छ । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वर्षेनि बेरुजु रकम बढ्दै गएको र वित्तीय पारदर्शिता तथा अनुशासनमा कमजोरी देखिएको औँल्याएको छ। यस्तो अवस्था...
मकवानपुर गोल्डकपको हिसाब किताब डेढ वर्षपछि सार्वजनिक, हिसाब किताब छैन पारदर्शी 

मकवानपुर गोल्डकपको हिसाब किताब डेढ वर्षपछि सार्वजनिक, हिसाब किताब छैन पारदर्शी 

Breaking News 1, इन्द्रसरोवर, कैलास, खेलकुद, बागमती, भीमफेदी, मकवानपुरगढी, समाचार, स्थानीय, स्वास्थ्य, हेटौँडा
६ वैशाख, हेटौंडा । प्रतियोगिता सम्पन्न भएको डेढ वर्षमा मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक भएको छ । शनिबार मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक गरेको हो । संघको आयोजनामा गत २०८० माघमा सम्पन्न प्रतियोगिताको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो । मकवानपुरको १० वटा स्थानीय तहको आर्थिक सहयोगमा हुने गरेको उक्त गोल्डकपको आम्दानी खर्च भने हरेक वर्ष अपार्दशी हुने गरेको छ । छैठौ संस्करणको ‘सहीद स्मृती मकवानपुर राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगित २०८० को आम्दानी तथा खर्च पनि पारदर्शी हुन सकेको देखिदैन । संघले सार्वजनिक गरेको गोल्डकपको आम्जानी तथा खर्च विवरणमा एकै प्रकृतिका खर्च शिर्षकहरु पटक पटक दोहोरीएका छन् भने नगरेको शिर्षकमा पनि खर्च भएको विवरण सार्वजनिक गरेको हो । संघले शनिबार सार्वजनिक गरेको गोल्डकको खर...
इभी गाडी दुर्घटना हुँदा गढीमा २ जना महिलाको मृत्यु, १४ जना घाइते

इभी गाडी दुर्घटना हुँदा गढीमा २ जना महिलाको मृत्यु, १४ जना घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मकवानपुरगढी, समाचार
५ वैशाख, हेटौँडा । मकवानपुरमा विद्युतीय गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै १४ जना घाइते भएका छन् । मकवानपुर प्रहरिका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानीस्थित कान्तिलोक पथ सडक खण्डमा शुक्रबार राति १ बजेको इभी गाडी दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको हो । मृत्युु हुनेमा सर्लाहीको बागमती नगरपालिका– ७ की १३ वर्षीया मानुसी मगर र को रौतहट दुर्गा भवानिपुर गाउँपालिका–५ की ५० वर्षीया निलम देवी राउत रहेका छन् । मगरको घटनास्थलमा र राउतको उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको यात्रुबाहक इभी माइक्रो गाडी सडकबाट करिव २०० मिटर तल खसेको थियो । गाडीमा चालकसहित १६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा रौतहट दुर्गा ...