थाहा

उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सांसद बर्तौलाको माग

उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सांसद बर्तौलाको माग

Breaking News 2, ताजा अपडेट, थाहा, राजनीति, समाचार
१० भदौ, हेटौँडा । देशभरका विभिन्न २३ स्थानमा प्रशासनिक सेवा विस्तार गर्ने सरकारको निर्णयपछि उत्तरी मकवानपुरको थाहा नगर र मश्चिम मकवानपुरको मनहरी क्षेत्रमा पनि इलाका प्रशासन कार्यलय स्थापना गर्नुपर्ने बिषय उठेको छ । यसैबिच मकवानपुरको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौलाले उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाउँदै सांसद बर्तौलाले यस्तो आग्रह गरेका हुन् । उनले थाहा नगरपालिकासहित आसपासका गाउँपालिकाका बासिन्दाले प्रशासनिक सेवा लिन हेटौँडासम्म पुग्नुपर्ने बाध्यता रहेको भन्दै तत्कालै सुविधा सम्पन्न इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका हुन् । उनले देशभरका २३ स्थानमा प्रशासनिक सेवा विस्तार गरी जनतालाई सहज बनाउन सरकारले अघि स...
रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

Breaking News 2, कैलास, ताजा अपडेट, थाहा, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
८ भदौ, हेटौंडा । बागमती प्रदशेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरुसँग जोड्न ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासंग सिमाना जेडिएका अन्य ३ पालिका समेटेर ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने बताएका हुन् । थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए । रुट निर्धारण गरी ‘रुपचन्द विष्ट थाहा मार्ग’ नामकरण सहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै उक्त मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उनको भनाई छ । सो कार्य थाहा नगरपालिका तथा सम्बन्धित ३ वटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाहरुको पूर्ण सहमति...
पुरानो रिसवीले थाहामा देवरले गरे भाउजुको हत्या

पुरानो रिसवीले थाहामा देवरले गरे भाउजुको हत्या

Breaking News 1, ताजा अपडेट, थाहा, समाचार
५ असार, हेटौँडा । घरेलु विवादका कारण मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा नातामा देवर पर्ने एकजना युवाले धारिलो हतियारको प्रयोगबाट भाउजुको विभत्स हत्या गरेका छन् । बिहीबार दिउँसो २ः२० बजेतिर ५० वर्षीया स्थनीय तुलमाया गोपालीको छिमेकी आफ्नै देवर पर्ने बिमलमान गोपालीले खुकुरी प्रहार गरी निर्मम ढंगबाट हत्या गरेका हुन् । बिमलमानको खुकरी प्रहारबाट तुलमायाको शरिरबाट टाउको छुट्टिएको प्रहरीले जनाएको छ । घटनाबाट स्थानीय स्तब्ध भएका छन् । घटनाको जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सबिनबाबु अर्याल र अस्थायी प्रहरी पोस्ट बज्रबाराहीका प्रहरी निरीक्षक सन्तु कुमार लामाको नेतृत्वमा प्रहरी टोली तुरुन्तै घटनास्थल पुगेको थियो । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार हत्या गरेपछि फरार भएका ३५ वर्षीय बिमलमानलाई प्रह...
पालुङमा बसको ठक्करबाट, ३ को मृत्यु, ३ जना घाइते

पालुङमा बसको ठक्करबाट, ३ को मृत्यु, ३ जना घाइते

Breaking News 1, ताजा अपडेट, थाहा, समाचार
१२ जेठ, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ त्रिभुवन राजपथ सडकखण्डमा ब्रेक फेल भएको यात्रुबाहक बसको ठक्करबाट ३ जनाको मृत्यु भएको छ । घटनामा ३ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार थाहा नगरपालिका वडा नम्बर ९ का लेखापढी व्यवसायी ४० वर्षका कृष्ण बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर भई हाल झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर र सोही विद्यालयका अर्का शिक्षक ३५ वर्षीय रघुनन्दन यादवको मृत्यु भएको छ । उनीहरूको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै घटनामा मालपोत कार्यलय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार साह गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

Breaking News 1, अर्थ, इन्द्रसरोवर, कैलास, ताजा अपडेट, थाहा, बकैया, बागमती, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकामा रहेको छ। बकैया गाउँपालिकाको बेरुजु प्रतिशत ०.६० मात्र रहेको छ, जुन जिल्लाभरकै सबै स्थानीय तहहरूमध्ये सबैभन्दा कम हो। दोस्रो स्थानमा ०.७५ प्रतिशत बेरुजुका साथ राक्सिराङ गाउँपालिका रहेको छ। त्यसैगरी, थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० पुगेको छ, जुन सबैभन्दा उच्च हो। यसपछि २.३३ प्रतिशत बेरुजु रहेको हेटौँडा उपमहानगरपालिका दोस्रो स्थानमा पर्छ । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वर्षेनि बेरुजु रकम बढ्दै गएको र वित्तीय पारदर्शिता तथा अनुशासनमा कमजोरी देखिएको औँल्याएको छ। यस्तो अवस्था...
भीरबाट लडेर थाहामा युवकको मृत्यु

भीरबाट लडेर थाहामा युवकको मृत्यु

Breaking News 2, ताजा अपडेट, थाहा, समाचार
८ फागुन, हेटौंडा । मकवानपुरको थाहामा भीरबाट लडेर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका वडा नम्बर ५ नलिबन बस्ने श्याम बहादुर पाख्रिनको ३२ वर्षीय छोरा राज कुमार पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुर प्रहरी प्रहरी डिएसपी श्यामु अर्यालका अनुसार बुधबार राति १:५० बजे थाहा नगरपालिका-८ दामगढीबाट बिवाहको भोज खाई फर्कदै गर्दा थाहा नगरपालिका-७ भट्टीडाँडा स्थित पार्वती गोलेको खाजाघरमा चुरोट किनी सोही खाजाघर पछाडी पिसाब गर्न जादा भिरबाट अन्दाजी २ सय  मिटर तल लडी घटनास्थलमा मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको कमाण्डमा अनुसन्धान टोली खटी गई घटनास्थल मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेको प्रवक्ता अर्यालले बताए । पाख्रीनको घटनाको सम्बन्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज