८ फागुन, हेटौंडा । मकवानपुरको थाहामा भीरबाट लडेर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका वडा नम्बर ५ नलिबन बस्ने श्याम बहादुर पाख्रिनको ३२ वर्षीय छोरा राज कुमार पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुर प्रहरी प्रहरी डिएसपी श्यामु अर्यालका अनुसार बुधबार राति १:५० बजे थाहा नगरपालिका-८ दामगढीबाट बिवाहको भोज खाई फर्कदै गर्दा थाहा नगरपालिका-७ भट्टीडाँडा स्थित पार्वती गोलेको खाजाघरमा चुरोट किनी सोही खाजाघर पछाडी पिसाब गर्न जादा भिरबाट अन्दाजी २ सय मिटर तल लडी घटनास्थलमा मृत्यु भएको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको कमाण्डमा अनुसन्धान टोली खटी गई घटनास्थल मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेको प्रवक्ता अर्यालले बताए ।
पाख्रीनको घटनाको सम्बन्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।