८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्यांकर ठोक्किँएर भएको दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पर्वतको मोदी गाउँपालिका–६ की ३५ वर्षीया लक्ष्मी रानाको मंगलबार राति हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोमबार दिउँसो भएको दुर्घटनामा ३९ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर थियो भने अन्य मध्यम र सामान्य घाइते थिए । अधिकांश घाइते उपचारपछि घर फर्किसकेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
अस्ति सोमबार चितवनबाट वीरगन्जतर्फ आउँदै गरेको ना ६ ख २११९ को यात्रुबाहक बस टायर पड्किँदा अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० मालबाहक ट्रक सँग ठोक्किएको थियो । सोही क्रममा ट्रक पनि अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ हेटौँडातर्फ आउँदै गरेको तेल बोक्ने ना ७ ख १७७४ खाली ट्यांकरसँग ठोक्किएको थियो ।
घाइतेहरुलाई तत्कालै उद्धार गरी हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । प्रवक्ता अर्यालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
थ्यग कभलत
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।