जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन र पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै औपचारिक प्रक्रिया अघि बढाएको छ ।
मंगलबार बसेको प्रदेश सचिवस्तरीय बैठकले उच्चस्तरीय कार्यदल गठन गरी तत्काल क्षतिको विस्तृत विवरण संकलन गर्ने निर्णय गरेको हो ।

प्रदेशका प्रमुख सचिव भुपाल बरालको अध्यक्षतामा बसेको बैठकले पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्रालयहरूबीच सहकार्य र समन्वय अनिवार्य गर्ने निर्णय गरेको छ ।

बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्ठाको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भूषाल र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी सदस्य रहेका छन् ।

कार्यदललाई आन्दोलनबाट प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा मातहतका कार्यालयमा भएको क्षतिको प्रारम्भिक अध्ययन, मूल्याङ्कन र पुनर्निर्माण सम्भाव्यता विश्लेषण गरी अनुमानित लागतसहितको प्रतिवेदन असोज ५ गतेभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ ।

यस्तै बैठकले आन्दोलनका क्रममा नष्ट वा क्षति भएका सम्पत्ति र कागजातको कानूनी मुचुल्का तत्काल तयार गर्न सुरक्षा निकायसँग समन्वय गर्ने निर्णय गरेको छ । यसका आधारमा क्षतिको प्रकृति र परिमाणअनुसार बिमा दाबी लगायतका प्रक्रिया अघि बढाइने छ ।

सेवा अवरुद्ध हुन नदिने तयारी
आन्दोलनका कारण कार्यालय भवनहरू क्षतिग्रस्त भएका कारण सेवाप्रवाहमा अवरोध देखिएको अवस्थामा सचिव बैठकले वैकल्पिक स्थान पहिचान गरी तत्काल कार्यालय सञ्चालन गर्ने प्रबन्ध मिलाउन मन्त्रालयहरूलाई निर्देशन दिएको प्रमुख सचीव बरालले जानकारी दिए ।

यस्तै क्षति पुगेका भवन तथा कार्यालयको मर्मत तथा पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन आर्थिक मामिला तथा योजना मन्त्रालयसँगको सहकार्यमा गर्न्व उनको भनाई छ ।

बैठकले आन्दोलनका क्रममा क्षति वा नष्ट भएका सरकारी सवारी साधनहरूको विवरण तोकिएको ढाँचामा तीन दिनभित्र उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
बागमती प्रदेश सरकारले आन्दोलनपश्चातको अवस्थालाई सम्बोधन गर्दै पुनर्निर्माण, पुनःस्थापना र आवश्यक सुधारका कामलाई तत्काल प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारका अनुसार संरचना पुनःनिर्माण मात्र नभई सेवाप्रवाहलाई अवरोध नहुने गरी दीर्घकालीन दृष्टिकोणबाट पनि योजनाबद्ध कार्य अघि बढाइनेछ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...