कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकः समाजमा शान्ति र सद्भाव कायम गर्न आह्वान
१ असोज, हेटौंडा । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले जेनजी आन्दोलनपछि उत्पन्न अस्तिर परिस्थितिको अन्त्य गरी समाजमा शान्ति र सहकार्य कायम गर्न सबैलाई आह्वान गरेको छ । सुशासनको मागसहित जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दे घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
बैठकले आन्दोलनकै क्रममा संघीय तथा प्रदेश तहका संरचना, सुरक्षा निकायका कार्यालय, सञ्चार गृह, औद्योगिक प्रतिष्ठान, व्यापारी केन्द्र, विभिन्न राजनीतिक दलका कार्यालय, नेतृत्वको निजी आवास तथा सवारी साधनमा भएको तोडफोड र आगजनीप्रति बैठकले कडा आपत्ति जनाएको छ ।
प्रदेश सभापति एवं प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु देउवा राणामाथि भएको भौतिक आक्रमणको भत...

















